Wednesday 29 August 2012

श्रीमतीको भन्दा थोरै कमाइ जिन्दगीकै लागि हानिकारक

पुरुष मित्रहरु तपाइँको कमाइ कति छ ? तपाइँले आफ्नी जिवनसाथीले भन्दा कतै कम पैसा त कमाइरहनुभएको छैन ? यदि हो भने तपाइँले विचार पूराउनुपर्ने भएको छ । श्रीमतीले भन्दा कम पैसा कमाउने पुरुषको जिवन सुखी बन्न नसक्ने र कम आर्जन सुखी जिवनको मार्गमा बाधक बन्ने मलेसियामा गरिएको एक अध्ययनले देखाएको छ । मलेसियाको जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बढि कमाउने श्रीमतीबाट पीडित हुने लोग्नेहरुको संख्या बढिरहेको छ । बढी पैसा कमाउने श्रीमती वा प्रेमिकाहरुले कम कमाउने लोग्ने वा प्रेमीहरुलाई हेँप्ने तथा विभिन्न दुव्र्यवहार तथा हिंसा गर्ने बताइएको छ । यसरी स्वास्नी तथा प्रेमिकाबाट दुव्र्यवहार भोगेको भन्दै मन्त्रालयमा अघिल्लो वर्ष २५ जना पुरुषले उजुरी गरेका छन् । सन् २०१० मा यस्ता पत्नी तथा प्रेमिकापीडित ३२ जना तथा २००९ मा १४ जनाले उजुरी गरेका थिए । बढि कमाएको घमण्ड गर्ने महिलाहरुले आफ्ना पार्टनरलाई विभिन्न प्रकारका थिचोमिचो तथा हिंसा गर्ने गरेका छन् । कतिपय पुरुषमा पत्नी तथा प्रेमिकाको कुटपिटबाट गम्भीर चोट लाग्ने गरेको पाइएको छ भने संवेगात्मक अर्थात् मनोवैज्ञानिक दुव्र्यवहारका साथै कतिपय अवस्थामा आफ्नो लोग्नेलाई कोठामा थुन्ने गरेको समेत पाइएको छ । मलेसियाको महिला विकाश मन्त्रालयमा गएको वर्ष ४ जना पुरुषले आफु श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका थिए । यसरी पुरुष पीडित हुनुको मुख्य कारण श्रीमतीको कमाइ बढि हुनु नै थियो । बढि कमाउने भएपछि श्रीमती बढि भाले बन्ने तथा दबाउने प्रवृत्ति देखाउने गरेको बताइन्छ । कतिपय महिलाले घर कुर्ने लोग्नेले बढि खर्च गरेको, घर सफा नगरेको भन्नेजस्ता आरोप लगाएर समेत गाली गर्ने तथा दुव्र्यवहार गर्ने गरेका बताइएको छ । महिलाले यदि आफ्नो श्रीमानले भन्दा बढि कमाउन थालिन् वा स्वभाविक रुपमा उनमा घमण्ड बढ्ने र आफ्नो श्रीमानलाई नामर्द, औचित्यहीन तथा प्रयोगवीहिन वस्तुको रुपमा हेर्न थाल्ने भएकाले उनले लोग्नेमाथि हिंसा तथा थिचोमिचो सुरु गर्ने मनोविज्ञहरुको भनाइ छ । यसले अन्ततः दाम्पत्य जीवनमा खटपट आउने मात्र नभई पुरुषमा मनोवैज्ञानिक तथा शारीरिक असर समेत देखिन थाल्छन् र कतिपय अवस्थामा पुरुष हिंश्रक रुपमा देखापर्नसक्छ ।

Monday 27 August 2012

‘सेक्स टुरिजम इभेन्ट’ गर्न खोज्ने पोखरेल प्रहरी


११ भदौ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने तथा सेक्स टुरिजम इभेन्ट आयोजना गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर घर भई काठमाडौंको कुमारीगाल नयाँ वस्ती बस्ने ४० वर्षिय किर्तन पोखरेल छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले भदौ ८ गते कुमारीगाल क्षेत्रबाट पक्राउ गरेको हो ।पोखरेलले युवा युवतीहरुलाई समावेश गरेर ‘बुङ्गा-बुङ्गा’ पार्टी गर्नका लागि फेसबुकमा ‘बुङ्गा-बुङ्गा ईभेन्ट’ क्रियट गरेको सीआइबीले जनाएको छ । १० देखि १७ वर्षका युवा युवती सहभागि हुने बुङ्गा-बुङ्गा पार्टीमा सहभागि हुन २ हजार यूरो खर्च लाग्ने सूचना पोखरेलले फेसबुक मार्फत प्रवाह गरेको र त्यसमा केही फेसबुक प्रयोगकर्ताले लाईक समेत गरेको पाईएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरेलले २० वटा ईमेल आइडी बनाएको र त्यसै मार्फत फेसबुक एकाउन्ट खोलेर फर्जी इभेन्ट राखी अन्तर्राष्ट्रिय संगठिन अपराध गर्न सक्ने, फेसबुकमा क्रियट गरेको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने काममा संलग्न रहेको र आर्थिक लाभका लागि इमेलबाट नग्न तस्विरहरुआदान प्रदान गरेको समेत सीआइबीको दावी छ । पक्राउ परेका पोखरेललाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ । विद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

Friday 24 August 2012

के पहिलो पटक यौनसम्पर्क गर्दा रगत आउनैपर्छ ?

पहिलो यौन सम्पर्कको सन्दर्भमा किन के-कस्तो गाह्रो कुरा खोज्नुभएको स्पष्ट छैन। दुई अपरिचित व्यक्तिबीच यौनसम्पर्कजस्तो अन्तरङ्ग सम्बन्ध राख्नु, पक्कै केही असजिलो हुनसक्छ तर यदि व्यक्ति मानसिक तथा शारीरिक रूपमा तयार छ भने पहिलो यौनसम्पर्कमा कठिनाइ हुनैपर्छ भन्ने केही छैन। त्यसैगरी पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन। त्यसको चर्चा गरिहाल्नु भन्दा पहिले एकछिन यो निक्षेत्रको संरचनाका बारेका चर्चा गरौं। योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्टिमा गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ, जसलाई योनिच्छद (Hymen) भनिन्छ। योनि तथा मूत्रद्वारलाई दुवैतिरबाट छोप्ने छालाका पत्रहरू हुन्छन् जसलाई सानो भगोष्ठ भनिन्छ। भगक्षेत्रमै मूत्रद्वार (पिसाब आउने प्वाल) भन्दा माथि अलि उठेको मासुको भाग हुन्छ, जसलाई भगांकुर भनिन्छ। महिलाको सबै बाहिरी प्रजनन् अंगहरू जस्तै योनि, मूत्रद्वार, भगांकुर समेतलाई दुवै तिरबाट छोप्ने छालाको बाहिरी पत्र हुन्छ, त्यसलाई ठूलो (बाहिरी) भगोष्ठ भनिन्छ। सामान्य अवस्थामा यी भगोष्ठहरूले महिलाको यौन तथा प्रजनन अङ्गलाई सुरक्षा प्रदान गर्छ र चोट लाग्न दिँदैन। विशेषगरी नव दुलहीको कुमारित्व (कौमार्य) नतोडिएको हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ। हुन त केटामा पनि यो कुरा लागू हुनुपर्ने हो। वास्तवमा यौनसम्पर्क राख्नु नै कुमारित्व वा कुमारत्व तोडिनु हो। केटाहरूको सन्दर्भमा धेरै चासो नदिए पनि केटीको सन्दर्भमा धेरै चासो दिइन्छ। पहिले-पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिन गई रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए वा नभएको आधार बनाइन्थ्यो, तर यो कुरा वैज्ञानिकतामा आधारित छैन। कतिपय युवती योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ। महिलाहरूमा यो निच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारिरीक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन। पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ। के लिंग सानो भएर असन्तुष्टि भएको हो ? सन्तान उत्पादन गर्ने र यौनसुख दिने अङ्ग भएकाले लिङ्गको विशेष सांकेतिक महत्व छ। यसको लम्बाइ वा मोटाइसँग व्यक्तिको आत्मसम्मान जोडिएको हुन्छ। लिङ्गको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ। सानो भन्नुभए पनि साइज नलेख्नुभएकाले यसै भन्न सकिएन। बुझ्नुपर्ने कुरा के हो भने महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग 'भगांकुर' बाहिरतिरै हुन्छ। यसको घर्षणका लागि पुरुष माथि र महिला तल हुने आसनमा योनि-लिङ्ग मैथुनले खासै सहयोग गर्दैन। फेरि योनिको योनिद्वार (बाहिर) तिरको भाग यौन संवेेदनशील हुन्छ। लिङ्ग केही सानै भए पनि त्यसले योनिको बाहिरतिरको भागमा घर्षण गर्न पुग्छ। अर्को कुरा, भगांकुरलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउनेजस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य नयाँ प्रयोगहरू गर्न सकिन्छ। पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ। साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन। साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालैपालो गरेर यौन चरमसुख प्राप्त गर्न एक-अर्कालाई सहयोग गरे पनि हुन्छ। साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् 'संभोग' जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्-श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो। मुख्य समस्या के होला ? तपाईंको सन्देशमा भएको सीमित जानकारीका आधारमा यसै भन्न नसकिए पनि तपाईंको श्रीमान्मा पहिलो यौनसम्पर्कमा तपाईंको योनिबाट रगत नआउनु वा तपाईंलाई गाह्रो नहुनुले तपाईंले विवाह पूर्वयौनसम्पर्क राख्नुभएको आशंका नै मूल समस्या हुन सक्छ। सन्देशअनुसार तपाईंको पहिलो यौनसम्पर्क तपाईंको श्रीमान्सँगै भएको आधारमा जवाफ दिने प्रयास गरेको छु। माथि भनिएजस्तै रगत नआउनु वा गाह्रो नहुनुलाई कौमार्य भंग भए-नभएको आधार बनाइनु हुँदैन भन्ने कुरा उहाँले बुझ्नुपर्छ। यस्ता आशंकाको समाधानको उपाय सजिलो भन्ने हुँदैन, तर ' शंकाले लंका जलाउँछ' भने उखानलाई मनन गर्नुपर्छ। अहिले यस्तै उपाय अवलम्बन गरिहालौं भनिहाल्नुभन्दा पहिले तपाईंको श्रीमान्ले यस्तो शंका गर्नुहुन्छ भन्ने तपाईंलाई लागेको मात्र हो कि साँच्चिकै यस विषयमा कुराकानी भएको छ, तपाईंलाई नै थाहा होला। श्रीमान्लाई यस्तो शंका भएको स्पष्ट रूपमै भन्नुभएको छ भने रगत नआउनु वा गाह्रो नहुनुबाहेक अन्य केही आधार छन् कि छैनन् भन्ने कुरा पनि खोतल्ने प्रयास गर्नुहोस्। उहाँको यौनसम्बन्धी दृष्टिकोण कति फराकिलो वा संकुचित छ भन्ने कुरा पनि तपाईले अध्ययन गर्नुभएकै होला। महिलाप्रति त्यसमा पनि यौनको दृष्टिकोण कस्तो छ विचार गर्नुहोस्। प्रथम रात्रिदेखि नै यस्ता कुरा उठेका थिए वा पछि बढी भएर आएको छ भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुहोस् ? जीवनका अन्य पक्षमा तपाईंभन्दा उहाँले आफूलाई कमजोर त मान्नुभएको छैन भन्नेतिर पनि विचार गर्नुहोस्। कतिपय स्थितिमा पुरुषले आफ्नो कमजोरीपनलाई ढाक्न अनि आफूलाई महिला भन्दा उच्च स्तरको सावित गर्न यौनका कुरा प्रयोग गर्छन्। यस्ता विविध पक्षलाई केलाई पुनः प्रश्न पठाउनुभए तपाईंको समस्याको गहिराइमा पुगेर विश्लेषण गरी सहयोग गर्न सकिन्थ्यो।

Thursday 23 August 2012

दाइजोको निहुँमा आगो लगाइयो

जनकपुर, भाद्र ७ - एक विवाहित महिलाले जिउमा मट्टीतेल खन्याएर जलाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा श्रीमान् र सासूविरुद्ध जाहेरी दिएकी छन् । २१ महिनाअघि जनकपुर नगरपालिकाको सीमावर्ती बसहिया गाविस-९ कटैयाचौरी बस्ने गणेश साह कसेराका छोरा मुन्ना भन्ने मनोजकुमार साहसँग बिहे गरेकी भारत मधवापुर माइती भएकी २१ वर्षीया रिनादेवीले श्रीमान् र सासू फुलियादेवीले आफूलाई मट्टीतेल खन्याएर जलाउन लागेको भन्दै उजुरी गरेकी हुन् । रिनाले आफूलाई साउन २५ गते कुटपिट गरी बेहोस बनाएर मट्टीतेल खन्याएर जलाउने प्रयास गरेको बताएकी छन् । चिकित्सकहरूले रिनाको छातीमुनिको अधिकांश भाग जलेको बताएका छन् । रिनाका मामा महोत्तरी मठिहानी-७ का ओमप्रकाश साहका अनुसार जिउँमा आगो लगाई ससुरा पक्षका सबै जना घरबाट फरार भएका थिए । छिमेकीले उनलाई जनकपुर अञ्चल अस्पताल ल्याएका थिए । पछि माइती पक्षकाले थप उपचारका लागि दरभंगा लगेका थिए । दरभंगामा ९ दिन उपचार गराई उनीहरू उजुरी दर्ता गराउन मंगलबार जनकपुर आएका थिए । रिनाका मामा ओमप्रकाशले चिकित्सकको प्रेसक्रिप्सन देखाउँदै भने, 'चिकित्सकहरूले थप उपचारका लागि पटना लान भनेका छन् । जिप्रकामा उजुरी दर्ता गराउन रिनालाई यहाँ ल्याएका हौं ।' २१ महिनाअघि ५० हजार नगद तथा एक तोला सुन दाइजो दिएर रिना र मुन्नाबीच विवाह भएको थियो । विवाहपछि मुन्नाले ससुराली पक्षसँग थप ५० हजार मागेकामा दस हजार मात्र दिएपछि उक्त घटना भएको माइती पक्षको आरोप रहेको छ । रिनाकी आमा चिन्तादेवीका अनुसार मागेको थप दाइजो दिन नसकेपछि रिनालाई यातना दिने क्रम सुरु भयो र अन्ततः हत्या प्रयास पनि भयो । 'मेरो चार सन्तानमध्ये रिनाको मात्र बिहे भएको छ । अर्को छोरीको पनि बिहे गर्नुपर्छ । अन्य सन्तानलाई पनि पालनपोषण गर्नुपर्छ । अनि पटक-पटक दाइजो कहाँबाट दिने ?,' उनी भन्छिन् । धनुषा प्रहरीले मंगलबार उजुरी दर्ता गरेको थिएन । प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेलले एक जनाको हत्या प्रयास मुद्दामा झन्डै एक दर्जन व्यक्तिलाई आरोपी बनाइएकाले मंगलबार मुद्दा दर्ता नगरिएको बताए । बुधबार भने श्रीमान् र सासूविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दिएको उनले बताए ।

महिला आफ्नो स्वार्थका लागी केके गर्छन् हेरौ

एजेन्सी । यो विश्वमा मानिन्छ पुरुष महिलालाई जागिर खान देखी लिएर हरेक क्षेत्रमा सजिलो हुन्छ । भनिन्छ महिला जहाँ गए पनि केहिकेहि गर्छन् । आखिर उनीहरुले यसका लागी कति सम्झौता गर्छन आफैसंग । यस्तै एक अध्ययनले के देखाएको छ भने.. -महिला जब कार्यालयमा अन्तवार्ता दिन जान्छ हरेक सात जनामा एक महिला आङ्खनो बोसलाई आकर्षित गर्न दुइ स्तनको बिच भाग मा जोतिने गरी सिक्रि लगाउछन् । -पचास महिला जागिरको लागि अन्तरवार्ता दिन जाँदा आङ्खनो वनस्थल जतिसक्दो बढि प्रदर्शन गर्न चाहन्छन् ता की स्तनबाट मोहित भएर अन्तरवार्ता लिने व्यक्ति उसलाई जागीर दिन तयार होस । -महिला सेक्सी देखिन लुकाउनुपर्ने अङहरु विभिन्न बहानामा देखाउछन् । -महिलाले सधै अरुको स्तन हेरेर आङ्खनासंग तुलना गर्छन् । -यदि कहिले काँही लामो लाइन बस्नु पर्ने भयो तर उनलाई ढिला भइरहेको छ भने १६ प्रतिशत महिला आङ्खनो स्तनले लाइनमा रहेका पुरुषहरुलाई धक्का दिदै लाइन मिचेर अगाडी बस्ने गर्छन ।

[स्तन बारेका ८ तथ्य]


=> महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो ।यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र आरिसको विषय बन्ने गरेको बताइन्छ ।महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ८ रोचक तथ्य हामीले खोजिनीति गरेर तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ । ·महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत बोसो रहेको हुन्छ ।लिंग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ । · महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ । ·विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २जना पुरुषले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए । · विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् ।उनका स्तन यति ठूला थिए ती दुबैमा १-१लिटर पानी अट्नसक्थ्यो । · इशापूर्वको ७ औँ सताब्दीदेखि नै महिलाले स्तन छोप्ने ब्रा लगाउने गरेको पाइएको छ । अहिले विश्वमा वर्षेनी १६ अर्ब डलर बराबरका ब्रा बिक्रि हुने गरेका छन् । · विश्वका केही सहर त्यस्ता पनि छन् जहाँ महिलालाई बुबु देखाएरै हिड्ने कानुनी स्वतन्त्रता छ । · धूमपानले महिलाको स्तनलाईखुकुलो पार्दछ, त्यसैले गठिला स्तन चाहनेले धूमपानबाट टाढै रहनुपर्छ ।

Sunday 1 July 2012

हप्ताको ३ पटक सेक्स, सफल जिवनको रहस्य


हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ। यसको साथै पती वा पत्नीलाई दिनको ३ देखी ४ पटक सम्म गरीने किस र कम्तीमा दिनको एक पटक एक ले अर्कालाई ‘आई लभ यु’ भन्ने गरेमा वैवाहिक जिवन सुखी बन्दछ। यस बाहेक आफ्नो पार्टनरलाई दैनिक तिन पटक सम्म अँगालो हालेमा र महिनामा २-३ पाक सँगै दुवै जना रोमान्टिक तरिकाले बाहिर खाना खान गएमा वैवाहिक जिवन निकै सफल हुने दावी अनुशन्धान कर्ताहरुको छ।यो सर्भेमा कम्तीमा तिन महिना देखी विवाह गरेर सँगै बसेका ३१-३२ वर्ष सम्मका विवाहित जोडीहरु लाई उनीहरुको वैवाहिक जिवन र उनी हरुको सुखी वैवाहिक जिवनको बारेमा सोधिएको थियो।

Thursday 21 June 2012

सुहागरात???


तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है। सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। यसै सम्बन्धमा एउटा लेख तयार पारेको छु। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ। कृपया मित्रहरु प्रतिक्रिया दिन नबिर्सनु ल। भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो। सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने अर्को आफ्नो बाबु, आमा, इष्टजनसँगको विछोडको पीडा। दीनभरको थकान त छदैँछ साथमा डर, संकोच अनि त्रास। उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा पति बनेर आएको यस व्यक्तिले यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्, उनको दु:ख बुझ्ने प्रयास गरोस्। उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त हुन्छ नि जसको नातामा, आडमा नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्। जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई लुट्दछ, बलात्कार गर्दछ भने कस्तो मानसिकता निर्माण होला जब पतिले उनलाई होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ, अर्धांगिनी होइन केवल वासना मेटाउने मेशिन ठान्दछ। अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन, राम्ररी खुली सकेकी हुदिनन्। यस्तो अवस्थामा यौन सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् । हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त होइन, अश्लील सिनेमा हेरेर, भिडियो हेरेर, वेभ साइटबाट, पत्रपत्रिका पढेर, साथी संगीको अनुभव सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर ती पाएको ज्ञानलाई पहिलो रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले उनलाई चालू केटी नठानोस्, अनुभवी नठानोस् भनेर। जब यस्तो मानसिकतामा दुलहालाई पूरा सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष त झर्दछ अनि एकतर्फ पल्टन्छ। तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन भावना जागृत गराइदिन्छ, वासनाको आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न यो कुरा भन्न नै सक्दछिन् न त शान्त हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु बाहेक विकल्प रहन्न जुन निकै पीडादायक हुन्छ। कुमारीत्व परीक्षण गर्नु पत्नीको अविश्वास गर्नु नै हो। फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु बाट कुमारीत्व प्रमाणित हुन सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ। यसको आधारमा उनीमाथि लांछना लाउनु, अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग त्यस्तो सम्बन्ध रहेको नै रहेछ भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर, नबुझेर गरेको सम्झी क्षमा गर्नसक्नुपर्दछ। बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ ताकि उनले विगतलाई बिर्सन सकुन्। सुहागरातमा के गर्ने त ? माथि नै भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ। आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ। जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -'समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ। तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ' आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्। उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्। दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्‌हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ। हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो।

Monday 11 June 2012

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ ।


अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

नायिका सोनिया केसी सेक्स फिल्ममा काम गर्न तयार !!

नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन । “सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ। ० आजकल कता व्यस्त हो ? - भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ । ० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ? - मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन । ० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ? - बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन ० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ? -सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ० तपाईको पनि कमजोरी देखियो नि हैन ? - त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो । ० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ? - हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन । ० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ? - हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् । ० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ? - म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् । ० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ? - सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र । ० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ? - भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ । ० कथाले मागे कतिसम्म दिने त ? - कथाको विषयबस्तु हेरि गर्ने । ० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ? - विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन । ० ब्वायफ्रेण्ड त होलान् नि ? - छैन, छैन अहिलेसम्म । ० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? ० यत्रो उमेरमा पनि छैन ? - छैन, छैन, भए पो त छ भन्ने । - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु । ० उमेर कति भयो नि ? - हत्तेरिका उमेर पनि सोध्ने ? ० हिरोइनहरु उमेर भन्न किन डराउँछन ? - त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ । ० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ? - सेक्सी नै ठान्छु, अरुले पनि भन्छन । ० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? - यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो । ० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? - नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु । ० विवाहपूर्वको सेक्स उचित हो ? - हैन जस्तो लाग्छ । ० सेक्सको अनुभव छ कि ? - आइ एम सरी, मलाई अनुभव छैन

Friday 8 June 2012

नियमित यौनसम्बन्धले फाइदा

स्वस्थ रूपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडीका लागि खुसीको खबर हुन सक्छ, हालैको एक अनुसन्धानले देखाएको नतिजा । इटालीका अनुसन्धानकर्ताहरूले गरेको उक्त अनुसन्धानले नियमित रूपमा यौनसम्पर्क गर्ने पुरुषहरूको शरीरमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि गराउने देखाएको हो । नियमित र प्राकृतिक रूपमा गरिने यौनसम्पर्कले महिलाको शरीर पनि स्वस्थ रहने अनुसन्धानले पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार नियमित यौनले शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउनुका साथै मुटुसम्बन्धी रोगसमेत कम गर्छ । प्रायः पुरुषहरू मुटुसम्बन्धी रोगले बढी प्रभावित हुने भएकाले नियमित यौनसंसर्गले महिलाको दाँजोमा उनीहरूलाई तुलनात्मक रूपमा बढी फाइदा पुग्छ । नियमित यौनको सकारात्मक प्रभाव मधुमेहको रोगीमा समेत पर्छ । यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकोले यसका रोगीलाई समेत राहत मिल्ने अनुसन्धानकर्ताल- जनाएका छन् । अनुसन्धानमा संलग्न डा. रोजेलिनका अनुसार नियमित यौनले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर पार्न पनि सक्नेतर्फ उनको चेतावनी छ । विवाहेत्तर सम्बन्ध राख्ने पुरुष तथा एकभन्दा बढी साथीसँग यौनसंसर्ग गर्ने पुरुषलाई भने कम लाभ हुने अध्ययनमा देखिएको छ । एकभन्दा बढी साथीसँग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुने हुँदा त्यसबाट हुने लाभ कम भएको हो । त्यसो त त्यस्ता व्यक्तिमा विभिन्न यौनरोगको खतराको सम्भावना पनि बढी रहन्छ । यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने बि्रटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धानअनुसार बिहानको यौनले व्यक्तिलाई तन्दुरुस्त बनाउनेछ । यसले हृदयाघात, रक्तचाप, वाथ र माइग्रेनलाई नियन्त्रण गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार बिहानको यौनले ३ सय क्यालोरी खर्च हुन्छ, जसले गर्दा मधुमेहको खतरा समाप्त हुन्छ । नियमित यौनसम्बन्धले शुक्रकीटको गुणस्तरमा सुधार हुनुका साथै प्रजनन क्षमतासमेत वृद्घ िहुने अस्ट्रेलियाली वैज्ञानिकद्वारा सन् २००७ मा गरिएको एक अध्ययनले पनि देखाइसकेको थियो । अध्ययनअनुसार धेरैजसो पुरुषमा हुने शुक्रकीटको डीएनएमा हुने क्षतिलाई नियमित स्वस्थ यौनले हटाउने गर्छ । नियमित यौन रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुनुको साथै मोटोपनालाई समेत कम गर्छ । बि्रटेनमा करिब ३ हजार व्यक्तिमा गरिएको हालैको सर्वेक्षणअनुसार १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । आफ्नो यौनजीवन रुखो भएको बताउने उनीहरूले वर्षभर यौनसम्पर्क नगरेको पनि खुलाए ।

महिला यौनसुख


आफ्नो यौनअ·हरु अफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौनव्यवहारलाई नै हस्तमैथुन भन्ने गरिन्छ । महिलाहरूको हस्तमैथुनबारेमा पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीरोक्ति मात्र व्यक्त गरेका छैनन् बरु यसबारे खोजीनीति गर्न थालेका छन् । यो एक सकारात्मक कुरा हो । महिलाको यौनिकताप्रति सकारात्मक धारणा बन्नुको साथै महिलाले गर्ने हस्तमैथुनप्रतिको नकारात्मक धारणा पहिलेको तुलनामा कम भएको छ । महिला यौनअङ्गहरु: शायद महिलाको यौना· विशेष गरेर अलि भित्रतिर हुने भएको हुनाले होला कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौना·हरूलाई राम्ररी नियालेर हेरेका पनि हुँदैनन् । आफ्नै अ·हरूको बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो । महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौना· ठानिए पनि महिलाका अन्य अ·हरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । भगक्षेत्रः पुरुषको तुलनामा महिलाको यौना· बाहिरबाट हर्ेदा त्यति स्पष्ट हुँदैन । झट्ट हेदा छालाको दुइ पत्रहरू एक-अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई समग्रमा भग भनिन्छ र यसैको भित्रतिर नै सबैजसो अन्य अ·हरू हुन्छन् । महिलामा यही भगको माथिपट्ट िबोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अ·हरूलाई सुरक्षा प्रदान गर्दछ । यौना· क्षेत्रको यस भागलाई अंगे्रजीमा मोन्स प्युबिस (Monspubis) भनिन्छ । ठूलो भगोष्ठः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो र दायाँ र बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुइ पत्रहरू हुन्छन् । यी ठूला भगोष्ठहरूलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुइ साना भगोष्ठहरू देखिन्छन् । यही साना भगोष्ठहरूले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्दछ । यी ठूला तथा साना भगोष्ठका छेउहरू माथि र तलपट्ट िएक-अर्कामा जोडिएका हुन्छन् । यी भगोष्ठहरूको आकृति व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ । यी दुवै भगोष्ठहरू यौनसंवेदनशील हुन्छन् र यौन उत्तेजनाको बेलामा सामान्य अवस्थाभन्दा आकार पनि केही ठूलो हुने गर्दछ । भगाड्ढुरः महिला शरीरमा भएको यो नै शायद सबैभन्दा महत्वपुर्ण यौनाङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर स्थित हुन्छ, जहाँनिर भगोष्ठ दुवैतिरबाट एक-आपसमा जोडिन्छ । यसको कार्यको कुरा गर्ने हो भने महिलालाई यौनसुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ । भगाड्ढुरको टुप्पोलाई पनि पुरुषको जस्तै अंग्रेजीमा ग्ल्यान्स (नबिलक) नै भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक हुन सक्छ । प्रायः यसको आकार केराउको दाना जत्रो हुन्छ । यस भगाड्ढुरलाई छालाको एक पत्रले छोपेको हुन्छ । यस भगाड्ढुरको ग्ल्यान्स अति नै यौनसंवेदनशील हुन्छ र र्स्पर्श गर्दा वा यौन उत्तेजनाको बेलामा आकारमा तुलनात्मकरुपमा निकै सानो हुने भए पनि पुरुषको लि·जस्तै उत्तेजित हुने गर्दछ । योनिः योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो करिब ३-४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छद -जymभल) भनिन्छ । यौनउत्तेजनाकोे बेलामा योनिको भित्ताबाट रस निस्कन्छ । यसरी योनिरस आउनुले युवकको लि· उत्थित भएजस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्दछ । यस योनिमार्गको बाहिरी एक तिहाइ भाग यौनसंवेदनशील हुन्छ । स्तनः महिलाका स्तनहरू शारीरिक तथा मानसिक सुखका स्रोत हुन् । प्रायः सबैजसो समाजमा स्तनलाई महिलाको आकर्षाको एक प्रमुख कुरा मान्ने गरिन्छ । यो एक महत्त्वपर्ूण्ा यौना· पनि हो । विशेष गरेर स्तनको मुन्टो निकै संवेदनशील हुन्छ र यौनउत्तेजनाको बेला यो उत्थित -कडा र केही उठ्नेे) हुने हुन्छ । महिलालाई मात्र यौनआनन्द दिने नभई पुरुषहरू पनि यसलाई देख्दा, र्स्पर्श गर्दा वा सुम्सुम्याउँदा विशेष गरी आनन्द प्राप्त गर्दछन् । कतिपय स्थितिमा पुरुष ठूला स्तनप्रति आकषिर्त हुने भए पनि आकार तथा आकृतिको वास्तवमा यौनसम्बन्ध प्रदान गर्नमा कुनै प्रत्यक्ष भूमिका हुँदैन । महिलामा स्तनको आकारबारे निकै चासो हुने गर्दछ र यसलाई बढाउन उनीहरु विभिन्न उपाय गर्न उद्यत् हुन्छन् । हस्तमैथुन: महिलाहरूले विभिन्न यौना·हरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ । हस्तमैथुन गर्दा यौनपरिकल्पना एक महत्वपुर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौनक्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबलरुपमा जोडिएर आनन्द झन् थपिन्छ । भगाड्ढुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने शायद सबैभन्दा महत्वपुर्ण यौनक्रियाकलाप हो । करिब ९० प्रतिशत महिलामा यौनसंवेदनशीलताको केन्द्रको रुपमा यो नै रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । यसलाई यसरी नै चलाउनर्ुपर्छ वा र्घष्ाण गरिनर्ुपर्छ भन्ने कुनै एक ठीक तरिका भने छैन । आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउन सकिन्छ । चलाउने वा र्घष्ाण गर्नेदेखिबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्ने गरिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुरामा लिएका छन् । चरमसुख प्राप्त गर्ने कुरामा भगाड्ढुरको महत्वपुर्ण स्थान भए पनि योनिमा केही पसाएर यौनआनन्द अर्को प्रमुख तरिका हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनर्ुपर्दछ र यौनउत्तेजना हुँदा यो स्वाभाविक रुपमा नै हुने गर्दछ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । भगाड्ढुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपुर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकोले नै चाहेअनुरुपका दबाब, गति, तरिका गर्न सकिन्छ, जसले आनन्द थप्छ नै । यीबाहेक शरीरका अन्य अ·हरूको र्स्पर्श, मर्दन वा सुम्सुम्याइ पनि यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन् । तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौनप्रशाधन वा अन्य वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लि· आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्दछन् । अंग्रेजीमा भाइब्रेटर भनिने यौनप्रशाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मकरुपमा यसको प्रयोगले यौनआनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यो कैयौं महिलाले मन पराएका पनि छन् । भगाड्ढुर, योनि, योनिमा हुने भनिएको जी स्पट वा गुदद्वारअनुसार यी वस्तुहरु फरक-फरक हुन सक्छन् । विद्युत् वा ब्याट्रीबाट चल्ने यस्ता यौनप्रशाधनको प्रयोग चरम यौनसुख प्राप्त गर्नलाई गरिन्छ । कसै-कसैलाई त यसको प्रयोग गर्दा पीडा भएको कुरा उल्लेख छ । यसको अत्यधिक प्रयोगले महिलाहरूमा लत नै लाग्न सक्ने सम्भावना हुन्छ । कतिपय महिलाले पुरुषसँग यौनसर्म्पर्क गर्दा त्यही किसिमको अनुभूति नहुने भएकोले खिन्न हुने गरेको पनि पाइएको छ । हस्तमैथुनले हानि गर्छ ? हस्तमैथुन एउटा स्वाभाविक यौनव्यवहार हो । यौनआनन्द पाउने उपायहरुमध्ये सबैजसोको लागि यौना·को र्घष्ाण नै प्रमुख हो । यौनसर्म्पर्क गर्दा यौना·हरुको एक-आपसमा र्घष्ाण हुन्छ । मानिसले आफ्नो यौना·को र्घष्ाण अरु कसैको यौना·मा गराए मात्र यौनआनन्द पाउँछ भन्ने होइन । यौनसर्म्पर्क नगरीकनै भए पनि यौना·को र्घष्ाण गरेर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्ने तरिका हस्तमैथुन हो । सिद्वान्ततः यौनसर्म्पर्क गर्दा र हस्तमैथुन गर्दा यौना·को घर्षणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै नै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने भन्न मिल्दैन । हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ । योनि एक विशेष किसिमले बनेको मांसपेशीको नली आकारको अ· हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरुप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन लि·को प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लि·ले थाहा पाउँछ भन्ने पनि छैन । वैवाहिक जीवनमा असर : हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेष गरी यौना·बारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ । यी कुरा आफैंलाई आनन्द पाउने कार्यमा सहयोगी हुने मात्र होइन, आफूलाई कसरी यौनसुख प्रदान गर्ने भन्ने कुरा आफ्नो यौनजोडीलाई पनि सिकाउन सकिन्छ । लामो समयसम्म छुट्टएिर बसेपछि पुनः सँगै बस्दा दुवैको पारिवारिक तथा यौनसर्म्पर्कसम्बन्धी कुरामा केही तालमेल मिलाउनु जरुरी हुन्छ । श्रीमान्-श्रीमती दुवै जना मिलेर कसरी यौनआनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अवलम्बन गर्न सकिन्छ । यस्ता उपायहरूको निरन्तररुपमा खोजी गरिए वैवाहिक जीवनमा लामो समयसम्म यौनसुखलाई राम्ररी उपभोग गर्न सकिन्छ । श्रीमान्लाई आफूलाई कसरी यौनआनन्द प्राप्त हुन्छ भन्ने कुरा राम्रोसँग थाहा दिए यौनसुख प्राप्त गर्न मद्दत मिल्छ । हस्तमैथुन गरेर आनन्द लिँदैमा हानि हुने केही होइन । हस्तमैथुनको फाइदा : हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने भन्नेजस्ता भ्रमहरु व्याप्त छन् । तर हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । यसलाई मनबाट निकाल्न सकेमा फाइदा नै पुग्छ । र् र्सवप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मकरुपमा सिर्जनशील हुन सक्छ । यसरी यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकोले कतिपय यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरु पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसर्म्पर्क नै नहुने भएकोले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरु लाग्नबाट पनि बचावट हुने भयो ।

महिनावारी कसरी हुन्छ ?

महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितिमा योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनिन्छ, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयबाट निस्कने हार्मोनहरूले यसलाई संचालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा गितभष्लष्शष्लन luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूकै प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई मुख्यतः तीन चरणमा बाँड्न सकिन्छ। पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। यतिबेला सामान्यतः ६० देखि ९० मिलिलिटर मात्र रगत जान्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ जसले FSH सँग मिलेर डिम्ब निष्कासनको तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ। दोस्रो चरण (डिम्ब निष्कासन) माः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ। तेस्रो चरण (Luteal phase) भन्नाले डिम्ब निस्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समय बुझिन्छ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ। महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। यस्ता कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। योनिबाट रगत आउन थालेको पहिलो दिनलाई १ दिन मानिन्छ र साधारणतया ३ देखि ५ दिनसम्म रगत बग्छ। एउटा महत्त्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिन पछि महिनावारी सुरु हुन्छ। शरीरको तौल र महिनावारी तपाईं आफैंले आफू साह्रै दुब्ली भएको कुरा गर्नुभएको छ। तौल बढी होस् वा कम, प्रजनन तथा यौन स्वास्थ्यमा त्यसको असर पर्न सक्छ। महिनावारीमा गडबडी हुने अन्य कारण पनि हुनसक्छन् तर यसरी तौल साह्रै कम हुँदा महिनावारीमा गडबडी देखिनसक्छ। महिनावारी नहुनुले तपाईंको डिम्ब निष्कासन ठीक तरिकाले नभएको संकेत गर्छ। महिनावारी नियमित हुन शरीरमा तौल ठीक हुनुपर्छ भने पर्याप्त मात्रामा बोसो पनि हुनुपर्छ। शरीरमा बोसोको मात्रा यति नै होला भनेर नाप्न सजिलो छैन, तर body mass index (BMI) माध्यमबाट तौल सही भए -नभएको थाहा पाउन सकिन्छ। भनिन्छ, BMI २० देखि २५ को बीचमा भएको व्यक्तिले गर्भधारण गर्ने सम्भावना बढी हुन्छ। शरीरमा बोसो निकै कम भए मस्तिष्क, पिटयुटरी ग्रन्थि अनि सम्बन्धित अन्य अङ्गहरूमा हार्मोनको बहाव जसरी हुनुपथ्र्यो त्यसरी सुचारु रूपमा नहुनसक्छ, जसले गर्दा पिटयुटरी ग्रन्थीको सन्देश डिम्बाशयसम्म राम्रोसँग पुग्दैन र डिम्बको विकास एवं निष्कासन हुँदैन। तौल सामान्यभन्दा कम वा बढी भएको कसरी थाहा पाउने ? हुन त चार्ट वा तौलका टेबल पनि पाउन सकिन्छ, जसले उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न सकिन्छ। BMI कति भनेर हेरेर पनि तौल सामान्यभन्दा कम वा बढी भएको हेरिन्छ। सामान्यतः हामीले वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति 'बोसो' छ भनेर नाप्छौं। यसैलाई हामी Body Mass Index (BMI) भनिन्छ। हुन त यो पद्धतिका पनि आफ्नै सीमितता छन्। यो Index यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल भएको मानिन्छ। यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा 'मोटो' (obese) मानिन्छ। त्यसैगरी १८ दशमलव ५ भन्दा कम BMI भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ। तपाईंले उचाइ र तौल दुवै लेख्नु नभएकाले यसै भन्न सकिएन। मानौं, तपाईंको उचाइ यस्तै ५ फिट २ इन्च र तौल ४० किलोग्राम छ ,त्यसैले तपाईंको BMI यस्तै १६ दशमलव १ हुन्छ। यो सामान्यभन्दा निकै कम तौल हो। समाधान के त ? अस्पतालवाट औषधी दिइनुभन्दा पहिले पक्कै तपाईंलाई के भएको हो पक्का गरिएको होला। त्यस विषयमा लेख्नुभएको भए जवाफ दिन सजिलो हुन्थ्यो। अहिले एक किसिमले हेर्ने हो भने तपाईंको तौल बढाउनु समाधानको महत्त्वपूर्ण पाटो हो। यसका लागि समयमा मात्र होइन, सन्तुलित खाना पर्याप्त मात्रामा खानुपर्छ। पर्याप्त क्यालोरी भएका खानेकुरा आफ्नो खानामा समावेश गर्नुपर्छ। विशेष गरेर पर्याप्त चिल्लो वा बोसो वा तेल युक्त खानेकुरा अन्य खानेकुराका साथ समावेश गर्न सकिन्छ।

Monday 4 June 2012

" पन्ना घर फर्कियो " (लघु कथा)


धर्मराज गाँउका धनिमानि ब्यत्ति थिए । उनको ठुलो घर थियो ।उनको घरबाट हिमाल र पहाड देखिन्थ्ये ।उनको घरमा एउटा कुकुर थियो । जसको नाम पन्ना थियो ।पन्ना ईमान्दार थियो । उ खेतिबारी दुबैको रेखदेख गर्थ्यो ।त्यसैले पन्नाले घरमालिक-मालिक्निबाट भरपुर माया पाएको थियो ।एकदिन बुढि रातिगाई र कालो गोरु मिलेर आफनो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिश उठ्यो ।पन्ना दौड्दै गयो र गाईगोरुनिर पुगेर भुक्दै भन्यो ।हैन तिमिहरुले यो धर्मराज साहुको खेत हो ।त्यसको रक्षक म हू भन्ने पनि भुल्यौ कि क्या हो? कि मेरो अपमान गर्न खोजेको हौ ? पन्नाको कुरा सुनेर रातिगाईले रुदै भनि,पन्ना तिमिलाई हेपेर बालि खाएको हैन ।साचो कुरा त यो हो कि धानबालि खाएको देखेर तिमि यहाँ आउछौ अनि मनको दुख पोखौला भनेर मात्र हो । पन्ना अचम्म मान्दै, 'हैन के दुख भो राति? दुब्लाउन पनि तिमि दुबै दुब्लाएछौ। किन हा ? गोरुले लामो सास फेर्दै भन्यो- सन्चो भए किन एक्लाएक्लै हीडथ्यौ ?मेरो खुट्टा भाचिएपछि यो गोरुले खेतबारी जोत्न सक्दैन भनेर घरबाट निकालिए । रातिगाईले कुरा थपि 'हेर पन्ना,मलाई पनि यो बुढि गाई भई दुधभात खान पाईने होइन ।थारो गाईलाई किन घाँस हाल्ने? भन्दै घरमुलिले निकालिदिए।यि गोरुले आफुले सक्दासम्म दिनरात नभनि काम गरे । म दश बेत ब्याए ।कति धेरै दुध दिन्थे ।दुध पाउन्जेल रातिगाई कति लच्छिनकि छे भन्थे । दुध दिन छोडापछि कसैले एकमुठि घाँसपनि दिएनन ।यो मान्छेको जात स्वार्थि रहेछ ।खान र काम पाउन्जेल बास्ता गर्छन । काम पाउन छोडेपछि तिमिलाई हामि जस्तै निकाल्नेछन ।बुझ्यौ? भन्दै गाईगोरु बाटो लागे ।पन्नालाई दुबैको कुरा सुनेर नमजा लाग्यो ।पिर मान्दै थुचुक्क भुईमा बस्योँ । त्यसै बेला एईटा बुढि कुखुरि दौड्दै आएर धानभित्र लुक्यो । पन्नाले कुखुरि तिर हेर्दै भन्यो ।कुखुरि तिमि किन लुकेकि? फेरी आँखामा आशुपनि छ। स्यालको डरले त होइन ।कुखुरिले मसिनो स्वरमा भन्यो ।पन्ना मैले कति फुल पारे चल्ला कोरले तर आज म केहि गर्न सक्दैन भनेर आज मालिकहरु मलाई मारेर कबाफ बनाएर खाने कुरा गर्दै थिए। त्यसैले लुक्न आएको ।हामि पशुपन्छि मालिक भनेर कति माया गर्छौ तर उनिहरु त केबल स्वार्थमा अडेका छन ।बुझ्यौ ? कुखुरिको कुरा सुनेर पन्ना झनै उदास भयो ।के गर्ने कसो गर्ने केहि सोच्नै सकेन । त्यतिकैमा पन्नाको आखाँ पनुःअपरिचित मान्छेसँग हिडेको कालि बाख्रिमा पय्रो।कुकुर दौड्दै कालि बाख्रि नजिक गएर भन्यो ।बाख्रि दिदि! तिमिलाई अन्तै बेचिदिए कि क्या हो ?यो मान्छे त तिम्रो मालिक हैन नि !बाख्रिले पुलुक्क पन्नातिर हेरेर भन्यो पन्ना म एक बेत मा तिन ओटा पाठापाठि पाउथे ।मेरो पाठापाठिबाट घरमुलिलाई ठुलो आर्थिक टेवा पुगेको थियो ।आज म बच्चा पाउदा पाउदै अशत्त भेए ।उनिहरुले मेरा सबै गुण बिर्से ।आज नाथे पाच सय लिएर बगरे(माशु बेच्ने मान्छे)लाई बेचे ।यो मान्छे ले मलाई भोलि काटेर बेच्छ ।हेर तिमिलाई पनि अशत्त भएपछि घरबाट निकाल्छन ।मालिक मालिक्नि भनेर ज्यान नै नदेऊ ठिक्क मात्र गर भन्दै कालि रुदै बगरेको पछि गई ।सबैको कुराले पन्ना साह्रै निराश भयो ।उसलाई पनि आफनो घरमालिक देखि घृणा लाग्यो ।ज्यादै चिन्ताले गर्दा उसलाई ज्वरो आए जस्तो पनि भयो ।मालिकको धान बालिको बास्तै नगरी रुदै लुरुलुरु हिड्यो ।बिच बाटोमा पाङ्ग्रे मिल्यो ।पाङ्ग्रे ले पन्नातिर हेर्दै भन्यो - हैन के भो पन्ना?सन्चो छैन कि क्या हो ? कहाँ हिडेको ? खोला पनि देखैनौ कि क्या हो ? पन्नाले गाईगोरु कुखुरी बाख्रिको सारा कुरा सुनाउदै भन्यो- म त मर्न हिडेको पाङग्रे ।खोलाको पानि पनि कम छ ।कसरी पो मर्ने? पाङग्रेले सम्झाउदै भन्यो- पन्ना तिमि त मुर्ख नै रहेछौ। 'गुनि पनि बैगुनि'दुबै मानिस छन ।यहाँ ल मलाई नै हेर ।म अशत्त भएपछि घरमुलिले निकालेको कुरा तिमिराई थाहै नै छ। म हिड डुल गर्न नसकेर भोकले लखतरान भएर सुर्यकुमारी बजैको घरनिर लडिरहेको थिए ।बजैले मेरो मालिकलाई गालि गर्दै ,आ पाङग्रे मरे मेरै घर मर्लास भनेर घर लैजानु भो ।उपचार गर्नुभो ।हेर अहिले म कति हेस्टपुस्ट छु ।त्यहा सबैले माया गर्छन ।सबैलाई एउटै आखाले हेर्नु हुदैन ।जाउ हिड घर । पन्ना पाङग्रेको कुराको बास्तै नगरी बगरमा बस्यो ।त्यसै बेला धर्मराज साहु हस्याङफस्याङ गर्दै आको देखेर पाङ्ग्रे खुशि भयो ।धर्मराजले पन्नालाई छामछुम गर्दै भने- तैले त हाम्रो सातो नै खाईस।कहाँ कहाँ खोजेन ।कतै पाङग्रेसँग त भगडा परेन? हेर है पाङ्ग्रे तैले पन्नालाई छोईस मात्र भने तेरो खैरियत छैन ।पन्नालाई केहि भयो भने हामि त टुहुरो नै हुन्छौ । मालिकको कुरा सुनेर पन्नाले पुलुक्क पाङ्ग्रेतिर हेय्रो ।पाङ्ग्रेले पन्नाको मालिक को ब्यवहार देखेर खुशि हुदै पुच्छर हल्लायो । त्यस्तै पन्नाले पनि खुसि हुदै पुच्छर हल्लायो । समाप्त

Sunday 3 June 2012

एटिएम प्रोमो हटाईयो/ निर्माताले माफी मागे


समग्र फिल्म उद्योगकै बेईज्जत गराउने प्रकृतिको प्रोमो सार्वजनिक गरेका कारण समाजबाट बहिस्कृत हुने अवस्था आएपछी निर्माता दिनेश थापाले आधिकारिक अकाउण्टबाट सो फिल्मको प्रोमो हटाएका छन् । तीन दिनमै प्रोमो भिजिटर संख्या साढे दुई लाख पुगेको थियो । अन्य निजि एकाउन्टमा भने सो फिल्मको प्रोमो अझै भेटिएको छ । ब्लु फिल्म सरह निर्माण भएको सो फिल्मलाई प्रतिबन्ध लगाउन चौतर्फी दवाव बढेपछी थापाले प्रोमो हटाएका हुन् । यस्तै थापाले भद्धा प्रोमोको बिषयमा शनिबार न्यूज २४ मा अर्न्तवार्ता दिने क्रममा माफी पनि मागेका छन् । उनले फिल्मीखबरसंगको सम्बादमा पनि मागी मागे । अश्लिल फिल्म बनाएकाले उनलाई केही निर्देशक स्वयम निर्माता संघ लगायतका सरोकारवाला निकायले कारबाही गर्नुपर्ने आवाज उठाएका थिए जस अनुरुप चौतर्फी दबाव झेल्न नसकेपछी उनी लच्किदै प्रोमो हटाउन बाध्य भएका हुन् । यसैगरी अर्न्तराष्ट्रिय स्तरमा रहेका नेपालीहरुले एटिएम प्रोमोका कारण नेपाली फिल्म उद्योगको बेईज्जती भएको भन्दै लिखित रुपमै चलचित्र बिकास बोर्डमा उजुरी दिएकाले पनि बोर्ड एटिएम कारबाहीको बिषयमा थप अग्रसर भएको छ । जस अनुरुप सेन्सर बोर्डले आफ्नो कारबाही प्रक्रिया यो फिल्म माथि कसरी अघि बढाउछ भन्दै बोर्ड कारबाहीको नतिजामा छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार भोली आईतबार अपरान्ह सम्म सेन्सर बोर्डले यो बिषयमा आफ्नो आधिकारिक धारणा तय गर्ने छ । बुझिएको खबर अनुसार आईतबार बस्ने सेन्सर बोर्डको बैठकले आचारसंहिताको विषयमा नयाँ नियम अघि सार्दैछ । सम्भवत: समग्र फिल्मको सेन्सर नभई सामाजिक संजाल र संचारमाध्यमबाट पहिले नै प्रोमो सार्वजनिक गर्न नपाईने कडा नियम सेन्सर बोर्डले ल्याउने तयारी गरेको बताईएको छ । यता सो फिल्मका मुख्य पात्र भएर खेलेका दिनेश थापाले आफूलाई चर्को दवाव आएकाले प्रोमो हटाएको बताएका छन् । फिल्मीखबरलाई उनले यो ईश्युलाई नचर्काउन आग्रह गर्दै सेन्सरले चालेको कदम अनुरुप फिल्म चलाउने लचकता देखाएका छन् । फिल्मीखबरसंग कुरा गर्दै दिनेशले भने, 'हिजो अस्ति सम्म सेन्सरले कति सम्मको दृश्य र सम्बाद सेन्सर गरेको थियो सोही अनुरुप मेरो फिल्मको पनि सेन्सर गरेर रिलिज गर्न म तयार छु । तर थापाले यसो भने पनि सम्भवत: उनको फिल्मको सेन्सर नहुने अवस्था छ । किनकि प्रोमोको बिषयमा यति ठूलो कन्ट्रोभर्सी नेपाली फिल्मी ईतिहासमा कहिलै भएको थिएन तसर्थ सो फिल्मको सेन्सर गराउने भन्दा पनि प्रतिबन्ध लगाईन चौतर्फी माग बढेकाले सेन्सर बोर्डले जनताको मत सुन्न सक्ने प्रबल सम्भावना रहेको बुझिएको छ । यसैगरी थापाले निर्माता संघले दिएको ४८ घण्टे अल्टिमेटमको १२ घण्टा पुग्न नपाई शनिबार लिखित जवाफ पनि दिएका छन् । उनले लिखित जवाफमा डविङ बिनाको प्रोमो साथीको हातबाट सार्वजनिक भएको भनी तर्क दिएका छन् । सेन्सर पश्चात यो फिल्म चलाउन दिनुपर्छ वा फिल्मलाई सेन्सर नै नगरी रिलिजमा प्रतिबन्ध लगाउनु पर्छ । कमेन्ट बक्समा गई मत ब्यक्त गर्नु होला ।

Saturday 2 June 2012

एटीएम फिल्म होईन, विकृतिको पराकाष्ठ ?


नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्र कपडा खोल्छ र चुम्वन गर्दछ । यसलाई आम दर्शकले प्राय कि त सी ग्रेडका हिन्दी फिल्ममा देखेका छन् या त ‘टु एक्स’ भनिने पोर्न फिल्ममा देखेका छन् । तर, यदि सेन्सर वोर्डले आँखा चिम्लीयो भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ । ए.टि.एम सिनेमा चलचित्र क्षेत्रमा सेक्स विक्न थाल्यो भनेर वनाईएको एउटा विकृतिको पराकाष्ठ हो । जहाँ, नायक तथा नायिकाले अभिनय भन्दा पनि आफ्ना अंग देखाउन र जर्वजस्ती सेक्स विकाउने कोशिश गरेका छन् । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा । यि तीन नायिका नेपाली सिनेमालाई अगाडि वढाउनलाई यो क्षेत्रमा आएका नै होईनन्, ए.टि.एम को प्रोमो मात्र पनि हेरिसकेपछि तपाई पनि यही भन्नु हुनेछ । यि तिनको अभिनयमा न कुनै वास्तविबता छ, न त यिनीहरुलाई अभिनयको कुनै ज्ञान नै रहेको देखिन्छ । मात्र यि तीन नायिका सिनेमामा आफ्नो सस्तो जवानी वेचेर केही दिन टिक्ने कोशिश गरिरहेका छन् । निर्माता समेत रहेका दिनेश थापाले ए.टि.एम सिनेमा क्षेत्रमा केही योगदान पुर्‍याउ भनेर वनाएका भन्दा पनि तीन नायिकासंग पर्दामै भएपनि मोज गरौ भनेर वनाएको स्पष्ट झल्कन्छ । चलचित्रको कुन कथाले माग्छ, कि नायकले नायिकको स्तनमा मज्जैले समात्नु पर्छ जुन वन्द कोठाभित्र एक श्रीमान र श्रीमतिवीचमा हुने गर्दछ या कुनै व्लु फिल्ममा मात्र देख्न पाईन्छ । सिनेमाको निर्माण पैसा कमाउनका लागि त अवश्य पनि गरिन्छ, तर पैसा कमाउने नाममा समाजमा विकृति निम्त्याउनु अपराध हो । यो सिनेमालाई चलचित्र सेन्सर वोर्डले कडा कदम चाल्नु आवश्यक छ । किनकी, चलचित्र वनाउनेले त जे पनि वनाईदिन सक्छन् तर यसलाई नियन्त्रण गर्ने सेन्सर वोर्डले पनि आँखा चिम्लीयो भने यस्ता सिनेमा वनाउनेका लागि त्यो प्रशय दिने माध्यम वन्दछ । सिनेमा भन्दा पनि विकृतिको पराकाष्ठको रुपमा रहेको ए.टि.एमको यो प्रोमो हेर्नुहोस् र तपाई आफै भन्नुहुनेछ, साच्चै यो सिनेमा नै होईन ।

Wednesday 30 May 2012

सावधान ! फेसबुककै कारण जेल परिएला


- तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने, एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो । केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ । सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो । गृहमन्त्रालयका एक अधिकारीले भने ‘सूचना प्रविधिको बिकाससंगै पछिल्लो समय देश भित्र र बाहिर बसेर सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामग्री, अपमानित गर्ने खालका सामग्री, एनिमेशन गरेका फोटो राख्ने क्रम बढेको छ । त्यसैले अब केहीदिन भित्र कारबाही गरेको सार्वजनिक हुनेछ ।’ के हुन्छ त कारबाही ? विद्युतीय कारोबार ऐन २०६३ अनुसार त्यस्ता सामग्रीहरु प्रशारण, प्रदर्शन, बिक्री वितरण र प्रवाह गर्नेलाई ऐनको दफा ४७ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय हुने उल्लेख छ । गृहमन्त्रालयले पछिल्लो पटक फेसबुक र ट्वीटर मार्फत एनिमेशन हुने फोटो तथा सार्वजनिक जीवनमा असर पुराउने काम नेपाल बाहिरबाट समेत हुने भएपछि कारबाहीको दायरा फरक तरिकाले तय गरेको छ । विदेशमा बस्ने नेपालीले त्यस्तो काम गरेमा उनीहरुको भिषा रद्ध गर्ने, नेपाल फिर्ता पठाउन पहल थाल्ने र नेपाल फर्कदा काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाही गर्नेसम्मको योजना गृह मन्त्रलयले बनाएको छ । गृह मन्त्रालयका सह—प्रवक्ता एकमणी नेपालले पनि सामाजिक सञ्जालमा आइरहेका अश्लिल सामग्री तथा घृणा फैलाउने वा कसैको मानहानी गर्ने सामग्री नियन्त्रण गर्न गृह मन्त्रालयले पहल थालेको बताउनुभयो । नेपालले भन्नुभयो ‘नेपाल दुरसञ्चार प्राधिकरण, सुचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरेर थालेको यो कामको नतिजा चाँडै देखिनेछ ।’ यसका लागि देशभित्र वा बाहिरबाट कुनैपनि सामाजिक संजाल मार्फत अपमानित गरिएमा गृहमन्त्रालयको शान्ति सुरक्षा शाखा, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण वा प्रहरी प्रधान कार्यालयमा उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ । by UNN.COM

नङ्ग्यायो एटीएमले नेपाली नायीकालाई


सुटिङ देखि नै विवाद मुछिएको एटिएमको प्रोमो अनलाईन मार्फत सार्वजनिक भएपछि झन् विवाद बढेको छ । सि ग्रेटको हिन्दी चलचित्र भन्दा पनि अस्लील र भद्धा दृश्य मात्र नभएर समाजमै अपाच्य हुने खालका शब्दहरुको प्रयोगले यसको विवाद झनै चुलिदै गएको हो । नायकले नायिका जिया केसी, सविना कार्की र सोनिया शर्माको खुलेआम आफ्नो स्तन समातेका दृश्यलाई समेत बोर्डले दिएको छुटका कारण विवाद झनै चुलिदै गएको बताईन्छ । पछिल्लो समयमा लुट र चपली हाईट जस्ता चलचित्रमा बोलिएका अस्लील शब्दको प्रयोग सँगै यी चलचित्रले राम्रो ब्यवसाय गरेपछि भविश्य नै नहेरी सस्तो लोकप्रियताको लागि ब्लु (निलो चलचित्र) झै बन्न क्रम ह्वात्तै बढेको छ । नाम नबताउने शर्तमा एक चलचित्रकर्मी भन्छन् “यो नायक(निर्माता) दिनेश थापाले नायीकासँग रमाईलो गर्न बनाएका हुन्।” थापाको यो चलचित्रले नेपाली चलचित्रको ईतिहासमा कालो दाग मात्र होईन नायीकाहरुको चरित्रमा समेत ह्रास पुर्याएको चलचित्र विश्लेषक एवम् निर्देशक रविन श्रीले बताए । श्री थप्छन्–“यस्तो चलचित्र खेल्ु भन्दा निलो चलचित्र खेल्न गए भईहाल्थ्यो नी ।” यता बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्तो चलचित्रलाई कारवाही गर्ने वा प्रदर्शनमा रोक लगाउने भने पनि यो उनको आफू बच्ने मेलो मात्र हो भन्ने बझ्नमा आएको छ । अर्कोतीर यस्ता आपत्तीजनक दृश्य र आपत्तीजनक संवादको विषयमा नायीकाहरुसँग कुरा गर्दा आफूहरुले कथाले मागेको दिएका बताएर तर्किछन् । साथै उनीहरु भन्छन् कथाले मागे नाङ्गीन समेत उनीहरु पछि नपर्ने बताउँछन् । उनीहरुको यो कथनले यो प्रष्टै हुन्छ की ब्लु(निलो) चलचित्र खेल्न तयार छन् । नेपाली चलचित्र उद्योगमा अब त्यो दिन पनि आउन धेरै छैन ब्लु (निलो) चलचित्र बनाएर यी नायीकाहरुलाई नङ्ग्याउने । एटिएमको प्रोमो र नायीकाहरुको कथनले कोही छ ब्लु(निलो) चलचित्र बनाउने? भन्ने प्रश्न उब्जिएको छ ।

Wednesday 23 May 2012

बोक्सी मन्त्र सिक्न भान्जाको हत्या

रौतहटको समनपुर गाविसमा आफ्नै माईजुले नाबालक भान्जाको हत्या गरेकी छिन् । हत्यापछि नाबालकको शव घरको आँगनमा गाडेर टाउको बागमती नदीको किनारमा फालेको अबस्थामा प्रहरीले फेला पारेको छ । समनपुर गाविस–८ कि महदेवी यादवले सर्लाही मानपुर–३ का आफ्नै भान्जा तीन बर्षिय नितेशकुमार यादवको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । एक महिनादेखि माईजुको घरमा बस्दै आएका बालक नितेश दुई दिन अघि बेपत्ता भएका थिए । बेपत्तापछि खोजतलास गर्दा महदेवी यादवले मारेको खुलेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी हिरासतमा रहेकी यादवले बोक्सी मन्त्र सिक्ने क्रममा आफ्नै भान्जालाई वली दिएको स्वीकारेकी छिन्|

कुरकुरे बैँसको सेक्सले गराउँछ डिभोर्स


किशोरावस्थाबाटै सम्भोगको अनुभव बटुल्न थालेका महिलाको वैवाहिक जिवन धेरै नटिक्ने र त्यस्ता महिलामा सम्बन्ध विच्छेदको दर बढि हुने गरेको एक अध्ययनले देखाएको छ । किशोरावस्थाकोसे क्स र डिभोर्सको दरबीचको अन्तरसम्बन्धका विषयमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अमेरिकाकोइओवा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनको क्रममा किशोरावस्थामै सम्भोगको अनुभव बटुलेका ३१ प्रतिशत महिलाको वैवाहिक जिवन केवल पाँच वर्ष मात्र टिकेको पाइएको छ । त्यस्तै ४७ प्रतिशतको १० वर्षमै डिभोर्स भएको छ । त्यस्तै परिपक्व भएपछि मात्र सेक्सको अनुभव लिएका महिलामा भने सम्बन्ध विच्छेदको दर कम पाइएको छ । परिपक्व भएपछि अर्थात् किशोरावस्था पार गरेपछि मात्र सेक्स गरेका महिलामध्ये केवल सयमा १५ जनाको ५ वर्षभित्रमा डिभोर्स भएको पाइएको छ । त्यस्तै ढिलो सेक्स गर्नेहरुमा केबल २७ प्रतिशत महिलाको बिहेको १० वर्षभित्रमा सम्बन्ध विच्छेद भएको पाइयो । किशोरावस्थाबाटै सेक्स गर्न थाल्ने महिलाहरुमा सम्बन्ध विच्छेदको दर बढि हुनुमा मनोवैज्ञानिक तथा यौनिक दुइ कारण रहेका बताइएको छ । सानै उमेरदेखि सेक्सको लत लागेका महिलाहरु बिहेपछि एकजना पुरुष वा लोग्नेसँग मात्र सेक्स गर्दा सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ उनीहरुमा सानैदेखि केटा फेर्ने बानी परेको हुन्छजसले बिहेपछि पनि डिभोर्स गर्ने कामलाईउनीहरुले सहज रुपमै लिइदिन्छन् ।

Tuesday 22 May 2012

Monday 21 May 2012

फेसबुक संस्थापकको भूमिगत विवाह.


फेसबुकका अर्बपति संस्थापक मार्क जुकरबर्गले बिहे गरेको खबरले विश्वभर सनसनी फैलिएको छ । सनसनी फैलनुको कारण चाहिँ ठूला मान्छेले गरेको भूमिगत शैलीको विवाह नै हो । जुकरबर्गले अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा पुरानी गर्लफ्रेन्ड २७ वर्षीया प्रिस्सिला चानसित बिहे गरेका हुन्। जुकरबर्ग उनीभन्दा एक वर्षले जेठा छन। शनिबार भएको विवाह समारोहमा उनले एक सय जनालाई बोलाएका थिए । उनको बिहेको खबर यस्तो बेला आएको छ जति बेला फेसबुकले आफ्नो सेयर सर्वसाधारणका लागि बिक्री सुरु गरेको थियो ।बिहेमा उनले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको बीबीसीले जनाएको छ। दुवैको भेट नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो, जुन बेला उनले भर्खरै फेसबुक सुरु गरेका थिए। नवविवाहित चान चिकित्सक हुन् । दुबैले विवाह गरेको जानकारी आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन ।उनले विवाहको फोटो सार्वजनिक गरेको आधा घण्टामै डेढ लाख जनाले लाइक गरेका थिए।सन् २००४ मा सुरु भएको फेसबुक अहिले संसारकै सबै भन्दा चर्चित सामाजिक सञ्जालको रुपमा विकास भएको छ ।

Sunday 20 May 2012

रेखाबाट ‘सेक्स पिडीत’ भएँ: छवि ओझा


नायिका रेखा थापा र निर्माता छविराज ओेझा विचको सम्वन्ध बिग्रनेक्रम उत्कर्षमा पुगेको छ । रेखाले आफुलाई श्रीमान्को व्यवहार नगरेको भन्दै पति छवि ओझाले सार्वजनिकरुपमा दुखेसो पोख्न थालेका छन् । उनीहरुकै कुरा पत्याउने हो भने दुवैवीच बोलचाल नभएको १० महिनाभन्दा बढि भइसक्यो । रेखाले गुहृश्वरी स्थित छवि र उनको घर छोडेर वाहिर वस्न थालेको २ महिना भैसक्यो । रेखाले छविलाई आफ्नो श्रीमान् भन्दा पनि बाबु आर्थात अभिभावकको रुपमा हेरेको बताउँछिन् । पत्नी रेखासँग सम्बन्ध बिग्रकोबारे अनलाइनखबरसँग छविले लामै कुराकानी गर्दै केही नयाँ रहस्यहरु खोलेका छन् । दुई वीचको सम्बन्ध बिग्रनुमा सेक्ससम्बन्ध ठिक नहुनु जति जिम्मेवार छ, त्यो भन्दा बढि सम्पत्तिको लफडा रहेको छविले प्रष्टै खुलाएका छन् । प्रस्तुत छ अनलाइनखबरका लागि बिजय आवाजसँग उनले पोखेको पीडा उनकै भाषामाः रेखाका लागि अहिले मेरो घर माईती जस्तै भएको छ भने उसको घर घर जस्तै भएको छ । उ दुई महिना भयो घर नआएको । अव, भन्नुहोस् यसलाई मैले के भन्ने ? यदि, उसले मलाई श्रीमान् मान्ने हो भने, घरमा आउनु पर्यो, श्रीमान् श्रीमतीको सम्वन्धमा वस्नुपर्यो । उसले मलाई अभिभावक मान्ने हो भने, अव उसले मलाई हेर्नु पर्छ कि पर्दैन ? अव वुढेसकाल लाग्दै गरेको मेरो जिन्दगीलाई उसले हेर्नुपर्छ कि पर्दैन ? मसग त आज केही पनि छैन । न त मसँग रेखा नै छ, छोराछोरीले पनि उमेरमा तरुनी च्यापीस् भनेर मलाई रुचाउँदैनन् । रेखाले पनि नहेर्ने, छोराछोरीले पनि नहेर्ने हो भने, अव मेरा लागि त सवैभन्दा ठुलो कुरा पैसा नै हो । यसैले मलाई वाउ भन्ने हो भने उनको नाममा मैले पास गरिदिएको घर मेरो नाममा पास गरिदिनुपर्यो नि । उनले त केही पनि उतरदायित्व निर्वाह गरेकी छैनन् । अव मेरो वुढेसकालको साहारा के त ? मेरो प्रष्ट भनाई, उनको नाममा भएको सम्पत्ती मेरो नाममा पास गरिदिनुपर्यो, अनि मलाई बाबा भन्नु पर्यो । उनीसँग त उमेर छ, नेपालको नम्वर १ नायिका हुन, अझै पनि कमाउन सक्छिन् । तर मसँग केही छैन, जे कमाएँ सवै उनकै नाममा गरिदिएँ । यदि लोग्ने नै भन्ने हो भने त, रातको १२ वजे आउँदा मैले किन सोध्न नपाउने कि उनी कहाँ गएकी थिइन ? म कुनै केटीसँग वोल्दा उनी गलफ्रेन्डको आरोप लगाउँछिन भने, मैले उनलाई त्यति सोध्ने अधिकार पनि पाउँदिन ? रेखाले एकपटक छविसँग मेरो संसर्ग नभएको ६ महिना भएको थियो भनेर अन्र्तवार्ता दिएकी थिईन् । यदि यस्तो हो भने त म रेखावाट कत्तिसम्म सेक्स पिडित भएको रहेछु, सवैले अनुमान गर्न सक्छन् । रेखाबाट मैले श्रीमतीका रुपमा बेडमा जे पाउनुपर्ने हो त्यो पाउन सकिन् । रेखाले मबाट पिडीत भएको भन्छिन । खासमा म रेखाबाट सेक्सको मामिलामा पिडीत छु । विहे गरेपछि पनि रेखाको हातवाट मैले १ कप चिया खान पाएको छैन । विहान म चाडै उठ्थें, उनी १० वजे मात्र उठ्थीन् । तर, विस्तार मै मिलाउँथे, म रेखाको श्रीमान् भन्दा पनि नोकर जस्तो भएँ । रेखाले अहिले मलाई एउटा आरोप लगाईरहेकी छिन् । मेरो यसभन्दा अघिका दुई श्रीमती पनि मसँग टिकेनन् भनेर । तर, विहे गर्ने वेलामा त मैले सवै कुरा भनेको थिएँ । उसको ममि, ड्याडिलाई सवै कुरा थाहा थियो । यदि सवै कुरा थाहा हुँदा हुँदै पनि रेखाले मसँग किन विहे गरेको त ? म त भन्छु, राम्रो केटासँग विहे गर । म अहिले ट्यावलेट खाएर सुतिरहेको छु । रेखालाई कहिले छवि मर्ला र सम्पत्ती खाउँला भन्ने छ । मैले सिनेमा क्षेत्र त वचाएँ, तर आफ्नो घरपरिवारलाई वचाउन सकिन । यसमा म दुखित छु । पहिला विहे गर्ने अनि अहिले आएर सकिएको कुरा उक्काएर मलाई गलत देखाउन खोज्ने चाल मात्र हो रेखाको । उनको दाईको विहेमा पनि कसैले मलाई वोलाएन । यो परिवारको योजना नै थियो । योजना वुनेर मवाट रेखा टाढा हुने र मलाई नै दोषी देखाउने खेल भईरहेको छ रेखाको परिवार भित्र । मैले त विहे गर्दा गाडि किनीदिन्छु, घर पास गरीदिन्छु भनेको थिएँ, जुन मैले पुरा गरे । तर, उसले यदि मलाई अभिभावक मान्छे भने, अव मेरो साहारा भनेको पैसा नै हो । मेरो सारा सम्पत्ति उनैसँग छ । त्यो मलाई फिर्ता चाहिन्छ /

किन गर्ने सेक्स ?


यदि तपाईलाई 'सेक्स'को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ। नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ... १. सेक्सले पार्छ हृदय रोग चट् भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ। २. रोगप्रतिरोग क्षमता बढाउँछ सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ। ३.तनाव गर्दछ कम नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ। ४.आयु बढ्दछ सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ। ५. रक्त सञ्चार राम्रो बनाउँदछ सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ। र ६. निद्रा लाग्दछ ७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ ८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ ९.दुखाइ पनि कम गर्दछ

Wednesday 16 May 2012

दाइजो नल्याएको निहुमा परीवारको यातना सहन नसकी रुवीले गरीन आत्महत्या


४ जेष्ठ , काठमाडौं,–दाइजो नल्याएको निहुमा परीवारले दिएको यातना सहन नसकेपछी एक युवतिले आत्महत्या गरेकी छन् । माइतीघरबाट दाइजो नल्याएको भन्दै आफ्नै पति सहितका परीवारका अन्य सदस्यहरुले निरन्तर यातना दिएकोले काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकी झुन्डिएर आत्महत्या गरेकी हुन् । रुविले परीवारका सदस्यहरुले दिएको यातनाकै कारण आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्ण बहादुर कल्ली मगरले जानकारी दिए । रुविले आत्महत्या गर्न पहिला परीवारका सदस्यहरुले कुटपिटगरी शारिरीक याताना दिएको र यातना सहन नसकेपछी झुण्डीर आत्महत्या गरेको डीएसपीे मगरले प्रष्ट पारे । मगरका अनुसार पोस्टमार्टम रिपोर्टमा समेत शरीरभरि नीलडाम र चोट भेटिएको छ । रिर्पोटमा ढाडको करङ भाचिएको, नीलडाम भएको देखिएको छ । प्रहरीले मृतकका पति प्रशान्त तण्डुकारलाई किटानी जाहेरीका आधारमा पक्राउ गरेको छ । रुविले तण्डुकारसग २०६३ मा प्रेमविवाह गरेकी थिइन् । शनिबार दिउसो दुई बजे कोठाको ङ्खयानमा सलको पासो लागेको अवस्थामा रुवि फेला परेको प्रशान्तले बताएका छन् । उनले अघिल्लो दिन सामान्य विवादमा आफूले कुटपिट गरेको समेत स्वीकार गरेको बालाजु प्रहरी वृत्तले जनाएको छ । मृतकका पति प्रशान्त अस्पतालसमेत गएका थिएनन् । ससुराली पक्षले कुटपिट गर्ने डरले नगएको उनले प्रहरीलाई वताएका थिए । प्रशान्तका अनुसार परीवारले सलको पासो काटेर नभिर्क अस्पताल लगेका थिए । अस्पतालले आइतबार बिहान मृत घोषणा गरिदिएको थियो । परीवारले झुन्डिएको देखिएपछि प्रहरी र माइती पक्षलाई खबरै नगरी अस्पताल लगेका थिए । मुखले बोलाउदा सुनिने माइतीलाई खबर नगरीएको र राति साढे ८ बजे गाउका मान्छेले भनेपछि मात्र थाहा पाएको रुवीका बावु राजेन्द्र मालाकारले जानकारी दिए । माइती र घर ५० मिटरमात्र वरपर छ । तण्डुकारसग विवाह गरेपछि रुष्ट भएका माइतीले रुविलाई ७ महिनापछि मात्र बोलाएका थिए । बोलाएर टीकाटालो गरी एक सरो कपडादेखि सुन लगाएर पठाएको बाबु मालाकारले बताए । ”भागेर विवाह गरेकी थिई, अरु दाइजो दिने कुरा भएन, सुन र कपडा दिएका थियौं,” उनले भने, ”त्यही सम्पत्ति नपुगेका कारण पटक–पटक यातना दिएको रहेछ ।” विवाह गरेको दुई वर्षपछी २०६५ मा समेत आङ्खनी छोरीलाई यातना दिएको उनले बताए । दाइजोको निहुमा मरणासन्न हुने गरी पिटेको उनले बताए । ”त्यो बेला छोरी भाग्न सफल भएर हामीलाई फोन गरेकी थिई, हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,” उनले भने, ”त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुरक्षा माग गर्दै उजुरी दिएका थियौं ।” माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले दुवै जनालाई बोलाएर छलफल गराएकी थिइन् । प्रेमविवाह गरेर गएकाले छोरीले दाइजोका लागि खासै केही नभनेको मालाकारले बताए । ”प्रशान्तले कोठाका सबै सामान खाट, दराज लगेकाले भुईमा सुुतेकी छु भनेकाले हामीले ५० हजार रुपैया“ दिएका थियौं,” उनले भने, ”अरु पनि उसले के के माग गरेको हुन्थ्यो, छोरीले प्रेमविवाह गरेर गएकाले भन्न नसकेकी रहिछ ।” उनले छोरीको मृत्युमा ज्वाईको हात भएकाले कानुनी कारबाहीको माग गरेका छन् । अपराधशास्त्री माधव आचार्यले मृत्यु जसरी भएको भए पनि अपराधीलाई कारबाहीका लागि कारण नै मुख्य आधार हुने बताए । ”शरीरमा नीलडाम, पहिले भएका झगडा र यातनाले मर्न बाध्य बनाइनु अपराध हो,” उनले भने, ”दाइजोकै कारण राजधानीमा यो प्रकारको अपराध हुनु दुर्भाग्यपुर्ण हो ।” घरेलु हिसांका कारण कोही महिलाले ज्यान गुमाउनु स्वाभाविक मृत्यु नभई ठूलो सामाजिक समस्या भएको उनले बताए । राजधानीमा दाइजोकै कारण हत्या गरिएको घटना यो पहिलो भने होइन यसअघि पनि यस्ता किसिमका घटनाहरु घटेका छन् । गत फागुनदेखि अहिलेसम्म राजधानीमा ५ महिलाले ज्यान गुमाएका छन् ।

Sunday 6 May 2012

सेक्सको स्वाद छिटो लिनेमा केटीहरु अघि


बेलायतमा गरिएको एक अध्ययनले केटाहरु भन्दा केटीहरुले सानै उमेरमा सेक्सको अनुभव लिने गरेको देखाएको छ । अध्ययनले १६ वर्षे जोवन अघि नै सेक्सको स्वाद लिनेमा किशोर भन्दा किशोरीहरु अघि रहेको देखाएको हो । १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटीहरुमा गरिएको सर्भेको नतिजा अनुसार सयमा २७ जना केटीहरुले १६ वर्ष अगावै सम्भोगको स्वाद चाखेका छन् । तर १६ वर्षअघि नै सेक्स गर्ने केटाहरुको संख्या भने कम छ । नतिजा अनुसार सयमा २२ जना केटाहरुले मात्र १६ वर्ष नपुग्दै सम्भोगको अनुभव लिन पाएका छन् । अध्ययन अनुसार केटीहरुमा सानै उमेरमा सेक्स गर्ने दर पुस्तै पिच्छे बढ्दै गएको छ । तर केटाहरुको हकमा भने सानो उमेरको सेक्सको दरमा खासै बढोत्तरी भएको नपाइएको बताइएको छ । अझ अर्को रोचक कुरा त के भने १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटी मध्ये हरेक दशमा १ जनाले आफ्ना १० जनाभन्दा बढि सेक्स पार्टनर रहेको बताएका छन् । बेलायतको लेबर पार्टीको छायाू सरकारका स्वास्थ्य मन्त्रीले पछिल्लो रिपोर्टले अनुसार बेलायती संमाज अश्लील बन्दै गएको तथा कम उमेरका किशोरीहरुमा यौनिकता चरम भएको देखिएको बताए ।

Friday 4 May 2012

सूइसाइड का ड्रामा कर रहा था, लग गई फांसी


बेंगलुरु।। सूइसाइड करने का ड्रामा करना एक 22 वर्षीय युवक की जान पर भारी पड़ा। अपनी गर्लफ्रेंड के सामने युवक फांसी लगाने का नाटक कर रहा था कि अचानक कुर्सी हिल गई और युवक को सच में फांसी लग गई। गुरुवार को बनरगटा रोड के एक फ्लैट में इंजिनियरिंग का यह स्टूडेंट अपनी 19 साल की गर्लफ्रेंड के साथ था। हादसा उस समय घटा जब वह प्लास्टिक की कुर्सी पर चढ़ कर नाइलोन की रस्सी का एक सिरा युवक ने सीलिंग फैन से बांधा और दुसरा सिरा अपनी गर्दन में। इसी बीच कुर्सी हिल गई और लड़के को फांसी लग गई। इम्फाल के ये दोनों युवक-युवकी पिछले तीन साल से डेटिंग कर रहे थे और अपनी पढ़ाई खत्म होने के बाद दोनों का शादी का प्लान था। लेकिन, पिछले कुछ दिनों से दोनों के रिश्ते में तनाव था और युवक को लग रहा था कि युवती उसे इग्नोर कर रही है। सप्ताह भर से युवती न तो उसके फोन उठा रही थी और न ही उसके मेसेजेस का रिप्लाई कर रही थी। गुरुवार को दोनों रात 11 बजे के करीब युवक के घर पहुंचे और काफी लड़े। इस दौरान युवक के तीन अन्य साथी जो साथ रहते थे दूसरे कमरे में चले गए। दोनों के बीच बहसबाजी जारी थी और युवक ने लड़की को कहा कि यदि वह उसे 'डिच' करेगी तो वह आत्महत्या कर लेगा। युवती ने बताया कि वह बहुत पजेसिव था और अक्सर इस तरह की धमकियां दिया करता था। उस दिन युवक ने युवती से कहा कि वह जो कुछ कह रहा है वह सच है और अगर युवती ने तौर तरीके नहीं सुधारे तो वह जान दे देगा। यह कहते हुए वह कुर्सी पर चढ़ गया और बाकायदा रस्सी बांध ली। तभी कुर्सी हिल गई और वह पंखे से झूल गया। कुर्सी के गिरते ही वह जोर जोर से सांसे लेने लगा। युवती ने पुलिस को बताया, 'मैंने दोस्तों को आवाज लगाई, किचन में दौड़ी और चाकू लेकर आई, रस्सी काटी लेकिन तब तक उसकी सांस उखड़ चुकी थी।' युवक के लोकल गार्जियन ने बताया,'हमने कमरे में देखा कि उसकी सांसे उखड़ रही हैं। पड़ोसियों और पुलिस को हमने बुलाया। हॉस्पिटल ले गए लेकिन वहां डॉक्टरों ने उसे मृत करार दे दिया।' युवक एक आरटीओ अधिकारी हैसना चो का बेटा था। किराए के एक घर में वह तीन मणिपुरी दोस्तों के साथ रहता था। साउथ-ईस्ट के डीसीपी पीएस हर्षा ने कहा कि ऐसा लगता है कि युवक युवती को आत्महत्या करने की धमकी दे रहा था औऱ धमका रहा था कि चीजें अचानक हाथ से बाहर हो गईं। पहली नजर से देखने पर यह खुदकुशी का मामला लगता है।

५० सेक्सी फ्याक्टर्स


१. यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ । २. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ । ३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् । ४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् । ५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ । ६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ । ७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् । ८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैर्न । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ । ९. एङ्कलबोनको तलतिर कुर्कच्चामा सर्कुलर मसाज गर्नाले उत्तेजना बढ्छ । १०. मानिसजस्तै पक्षी एवं अन्य जनावरमा पनि होमोसेक्सुयल व्यवहार देख्न पाइन्छ । एउटा चिडियाघरमा दुईवटा भाले पेंगुइन कैयन वर्षसम्म कपलका रूपमा रहे र तिनले बेबी पेंगुइनलाई एक साथ हुर्काए पनि । ११. मास्टर्स एन्ड जोन्सनका अनुसार एक प्रतिशत महिला मात्र ब्रेस्ट स्टिम्युलेसनबाटै चरम सुख प्राप्त गर्न सक्षम हुन्छन् । १२. अधिकांश महिलामा यौनसम्पर्कको चाहना गर्ने समय महिनावारीको बीच अर्थात् ११-१५ दिनमा हुन्छ, किनभने यो समयमा शरीरमा इस्ट्रोजन र टेस्टोरोन हार्मोनको मात्रा बढ्छ । अतः शरीर स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छ । १३. एक अनुसन्धानअनुसार पुरुषलाई लेवेन्डर तथा पम्पकिनपाई परपmयुमको कम्बिनेसनले उत्तेजित गर्छ । १४. कैयन महिलामा परसिस्टेन्स सेक्सुयल एराउजल सिन्ड्रोमको समस्या हुन्छ । यो समस्याबाट पीडित महिलामा सेक्सयुल उत्तेजना आर्गेज्मपश्चात पनि कायम रहन्छ तर यस्ता महिलाको संख्या भने अत्यन्त न्यून हुन्छ । १५. यौन संसर्गका बखत लगभग १ सयदेखि १ सय ५० क्यालोरी खर्च हुन्छ । १६. पुरुषहरू राति निद्रामा औसतमा ४-५ पटक उत्तेजना अनुभव गर्छन् । १७. उत्तेजित लिंग र सामान्य अवस्थाको लिंगको आकारमा परस्पर सम्बन्ध हुँदैन । १८. अनुसन्धानअनुसार यदि युवतीहरू साइकल रेसमा भाग लिन्छन् वा हरेक साता १ सय माइल साइकल चलाउँछन् भने तिनको बाह्य जनेन्दि्रयको उत्तेजना कम हुन्छ । १९. लिंगको लम्बाइको चरम सुखसित कुनै सम्बन्ध हुँदैन किनभने योनिको १/३ भाग मात्रै संवेदनशील हुन्छ । यदि यौनआसन ठीक भएमा सानो आकारको लिंगले पनि चरम सुख प्रदान गर्छ । २०. अनुसन्धानअनुसार केफिनको सेवनले यौनिक सक्रियता बढ्छ । २१. जर्मन अनुसन्धानकर्ताहरूका अनुसार सुरक्षित सम्बन्धमा महिलाको यौन इच्छा कम हुन्छ । ४-५ वर्ष सँगै रहेपश्चात् महिलाहरू पुरुषको इच्छाअनुसार यौन प्रक्रियामा संलग्न हुन्छन् । २२. एक सर्वेक्षणअनुसार अस्ट्रेलियनहरू यौनसम्पर्कपूर्व क्यान्डल लाइट डिनर गर्न र राम्रोसँग कुराकानी गर्न रुचाउँछन् । २३. जुन पुरुषले धेरै महिलासित सम्बन्ध राख्छन् उनीहरू यौनसम्पर्कलाई धेरै महत्त्व दिन्छन्, तर आफ्नो सम्बन्धबाट पूर्ण रूपमा सन्तुष्ट भने हुँदैनन् । २४. एक सर्वेक्षण अनुसार यौनसम्पर्कका लागि जोडीलाई सबैभन्दा मनपर्ने स्थान बेडरुम हुन्छ भने दोस्रो स्थान कारको छ । २५. युनिभर्सिटी अफ ट्राम्सको अनुसन्धानअनुसार नीलो आँखा भएका पुरुष, नीलो आँखा भएकी महिलालाई नै मन पराउँछ । यदि तिनको सन्तान खैरो आँखा भए पुरुषहरू श्रीमतीले आफूलाई धोका दिएको मान्छन् । आनुवंशिकताको नियमले पनि यही भन्छ । २६. एक सर्वेअनुसार पश्चिमी मुलुकका जोडी पूर्वी मुलुकका जोडीको तुलनामा बढी सन्तुष्ट हुन्छन् । २७) महिलाहरू महिनावारीका बखत वा त्यसको ठीक पहिले सुखद चरमसुखको अनुभव गर्छन् । पेल्भिक एरियामा यति बेला रक्त सञ्चार बढ्ने भएकाले तिनहरूले यस्तो महसुस गर्ने हो । २८. यौनसम्पर्कका बखत पुरुषको तुलनामा महिला धेरै कल्पनाशील हुन्छन् । यस प्रकारको यौनिक कल्पनाले तिनलाई सन्तुष्टि प्राप्त हुनुका साथै आपसी सम्बन्ध पनि मजबुत हुन्छ । २९. जुन पुरुष धेरैजसो यौनिक कल्पनामा रहन्छ ऊ आफ्नो रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट हुन्छ । ३०. कैयन पुरुषमा स्खलनपश्चात पनि लिंगमा उत्तेजना कायम रहन्छ । जुन पीडादायक हुन्छ र यसलाई पि्रएटिस्ज्म भनिन्छ । ३१. एक अनुसन्धानअनुसार कलेज अध्ययनकै समयमा बेला जुन पुरुष यौनसम्पर्कमा लिप्त रहन्छ ऊ प्रायः डिप्रेशनमा पुग्छ । उसको तुलनामा यौनसम्पर्क नगर्ने विद्यार्थी नर्मल हुन्छन् । ३२. मोटो शरीरको पुरुषले आफ्नो वजन कम गरे उसको लिंगको लम्बाइ तुलनात्मक रूपले बढी देखिन्छ । ३३. केही महिलालाई वीर्यबाट एलर्जी हुन्छ । वीर्यमा भएको प्रोटिनका कारण तिनको जननाङ्ग एवं शरीरका अन्य भागमा जलन र चिलाउने समस्या हुन्छ । ३४. स्टेस र पेल्भिक टेन्सनबाट पुरुषको लिंगको लम्बाइ कम हुने सम्भावना रहन्छ । ३५ अनुसन्धानअनुसार यौनसम्पर्कबाट टाउको एवं जोनीहरूको पीडा कम हुन्छ । वास्तवमा चरम सुखपश्चात अक्सिटोसिन हार्मोनको लेभल ५ गुणा बढ्छ जसबाट एन्डोरफिन हार्मोन श्राव हुन्छ र यसले पीडा कम गर्छ । ३६. गर्भावस्थामा महिलाको यौन इच्छा हराउँछ भन्ने सोचाइ रहे पनि यो अवस्थामा प्रायः यौन इच्छा अझ बढ्छ वा पहिले जत्तिकै कायम रहन्छ । ३७. सातामा तीन पटक यौन सम्बन्ध कायम गर्नु ५ माइल जगिङ बराबर हुन्छ । ३८. सिगरेट नपिउने व्यक्तिको यौन इच्छा, आनन्द र सन्तुष्टि पिउनेको भन्दा बढी हुन्छ । ३९. अमेरिकामा हरेक वर्ष महिलाहरूको १२ हजार ८ सय पेसन पार्टी हुन्छ । यस्ता पार्टीमा उनीहरू यौनका विषयमा चर्चा गर्छन्, आफ्नो अनुभव बाँड्छन् । यी पार्टीम्ाा सेक्सटोयको डेमोन्स्ट्रेसन पनि हुन्छ । ४०. यौनसम्पर्क सामान्यतया ७ देखि ८ मिनेटको हुन्छ । ४१. जनरल अफ सेक्स रिसर्चका अनुसार जोडीहरू सामान्य तथा फोरप्लेमा ११ देखि १३ मिनेट समय दिन्छन् । ४२. एक सवर्ेेक्षण अनुसार सातामा ३ वा ४ पटक यौन सम्बन्ध बनाउने इच्छा राख्ने पुरुष र महिलाको संख्या बढ्दै गएको छ । ४३. जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित प्रतिवेदनअनुसार वर्थ कन्ट्रोल पिल्स खाने महिलामा यौन इच्छा कम हुन्छ । ४४. महिलाहरूको शरीरमा सबैभन्दा बढी ८ हजार नर्व एन्डिग क्लिटोरियर शिरमा हुन्छन् । ४५. लिंगमा ४ हजार एन्डिग हुन्छन् । ४६. घोडाले मनिसको तुलनामा २० प्रतिशत बढी वीर्य एकै पटकमा स्खलित गर्छ । ४७. नेसनल सेन्टर फर हेल्थ स्टेट स्टिक्सका अनुसार टिनएज युवायुवती समान रूपले यौन सक्रिय हुन्छन् । ४८. लगभग ४५ प्रतिशत पुरुष लामो लिंगको इच्छा राख्छन् । ४९. २८ दशमलव ६ प्रतिशत महिला आफ्नो पार्टनरका साथमा चरमसुख महसुस गर्छन् । ५०. पुरुषका १० करोड वीर्यमध्ये मात्र २ सय वीर्य महिला अण्डसम्म पुग्छन् by:तपाइलाई माया गर्ने आफन्तलाई समय दिनु भएको छ ?

Monday 30 April 2012

संबिधानसभा छाडेर होटल साहुनीसँग


१९ बैशाख, काठमाण्डौ । संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् । पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ? प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ । मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् । मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।

Sunday 29 April 2012

Breaking News. ..


जनकपुरको रामानन्द चोकमा बम बिस्फोट, चार जनाको मृत्‍यु, दर्जनभन्दा बढी सर्वसाधारण घाइते ।

१३ महिना जेलमा वाग्लेले के गरे ?


काठमाडौं, वैशाख १८ - १३ महिनाभन्दा अलि बढी दिन जेल बसेर छुटेपछि पूर्वमन्त्री चिरञ्जिवी वाग्लेको अनुहारमा घर जाने कुनै हतारो थिएन। काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाबाट वाग्लेको कैद भुक्तान सकिएपछिको छोडुवा पत्र आउँदै गर्दा उनले पत्रकारसँग आफ्नो जेल-अनुभव बाँडे। सँगै थिए, भ्रष्टाचारी ठहर भई जेल परेका पूर्वसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता। वाग्ले जेलमा सिरक, डस्ना, औषधि र केही पुस्तक बोकेर छिरेका थिए। आइतबार कैद काटेर निस्कँदा उनका पुस्तक बढेका थिए। जेलमा उनलाई धेरैले पुस्तक लिएर भेट्न आउँथे। उनलाई सर्वोच्च अदालतबाट फैसला भएको भोलिपल्टै सुरक्षाकर्मीले कालोपुलस्थित घरबाट डिल्लीबजार सदरखोर जेल ल्याएका थिए। भ्रष्टाचार मुद्दामा जेल जाने वाग्ले पहिलो पूर्वमन्त्री हुन्। त्यसबेला उनले ६० दिनभित्र अदालतसमक्ष आत्मसर्मपण गरेर कैद र जरिवानामा २० प्रतिशत छुट पाउने मौका पाएका थिएनन्। पछि अदालतबाट उनले २० प्रतिशत सजाय छुट पाउने फैसला गर्‍यो। 'जेलमा पढ्ने र लेख्ने काम बढी गरेँ,' वाग्लेले भने, 'एउटा उपन्यासको खेस्रा लेखिभ्याएँ, अब टाइप गरेर प्रकाशनमा पठाउँछु।' राजनीतिक/सामाजिक विषयसँगै जोडिएको भए पनि जुराइसकेको उपन्यासको नाम भने उनले भन्न चाहेन्नन्। क्रिम कलरको सफा कुर्ता सुरुवालमा ठाँटिएका उनले कुनै हतारबिनै झन्डै एक घन्टा कुरा सुनाए। उनले जेलमा लेखनसँगै झन्डै पचास पुस्तक पढिभ्याएको सुनाए। 'सधैँ उज्यालो नहुँदै प्राणायाम गर्थेँ, विपश्यना ध्यान जेलमै सिकेँ,' उनले भने। सँगै बसेका जेपीले थपे, 'हाम्रा ध्यान गुरु बिरामी पर्दा दाइले नै हामीलाई सिकाउनुभयो।' सधैं तीन बजे उठ्ने वाग्ले नित्यकर्मपछि योग, ध्यान गर्ने, रेडियोमा भजन सुन्ने र टिभीमा समाचार हेर्ने गर्थे। १ सय ८० कैदी/बन्दी क्षमता भएको सदरखोरमा अहिले ६ सय २७ राखिएकाले बिहान शौचालयको समस्या हुन्छ, छिटै उठ्ने वाग्लेले भने त्यो व्यहोरिरहनु परेन। जेलमा टिभी हेर्न, पत्रपत्रिका पढ्न, आफन्त र वकिलसँग फोनमा कुरा गर्न पाइन्छ। वाग्ले अहिले मदनमणि दीक्षितको उपन्यास 'माधवी' पढिरहेका छन्। त्यसअघि उनले खप्तड बाबाको 'विचार विज्ञान', लियो टोल्सटोएको 'वार एन्ड पिस', भगत बर्माको 'चित्रलेखा,' ओमशान्ति धर्म र अन्य थुप्रै आध्यात्मिक पुस्तक पढे। जेलका सुरक्षाकर्मी र जेलरले वाग्लेलाई जहिल्यै पढिरहेको र लेखिरहेको मात्रै देखेको सुनाए। 'उहाँ जहिले जाँदा पनि लेखिरहेको मात्रै देखिन्थ्यो,' जेलर कृष्णबहादुर खड्काले भने। अधिकांश समय लेख्न र पढ्नमै बिताएको भएरै होला, उनलाई जेलमा खासै केही मिस गरेजस्तो लागेन। 'कार्ल मार्क्सले भनेजस्तो जीवन चक्र हो घुमिरहन्छ, गाडीको चक्का एउटै स्थानमा रह्यो भने त कहाँ अगाडि बढ्छ र?' वाग्लेले भने, 'मैले जेलमा केही मिस गरेको छैन, बाहिरिने बित्तिकै पनि कसैलाई भेटिहालौं भन्ने सोचेको छैन।' जेलमा बस्दा उनको सम्झनामा बाल्यकालको कुरा धेरै आए। 'घरमुनिको ज्यादु्र खोलामा माछा मारेको, तातो खरानीमा माछा पोलेर खाएको याद आउँछ,' वाग्लेले सम्झे, 'त्यो रमाइलो बेला थियो, जुन अब फर्कँदैन।' जिल्ला अदालतबाट छ बजे छोडुवापत्र आइपुग्दा पनि उनले सपनाका कुरा सुनाउन भ्याए, 'मैले मुलुकको परिस्थिति राम्रो हुने सपना देखेको छैन।' अदालती भाषामा कैदी/बन्दी थपिँदा आम्दानी र छुट्दा खर्च भनिन्छ। वाग्ले एक घन्टा जेल अनुभव सुनाएर छुट्दै थिए। जेलको खर्च बढ्यो। कैदी संख्या घट्यो। उनले झिटीगुन्टासहित बाहिर निस्कन झन्डै एक घन्टा लगाए। कैदी बाहिरिँदा जेलमै रहेकाले फुलमाला, अबिरको टिका लगाएर निकाल्छन्। वाग्ले पनि निधारभरि लामो रातो टिका र खादा लगाएर निस्किए। 'सहयोगका लागि तपाईंहरूलाई धेरै धन्यवाद,' वाग्लेले जेलका कर्मचारीलाई भने। जेलबाट बाहिरिँदा उनलाई लिन गाडी र झन्डा बोकेर आएका केही कार्यकर्ता थिए। 'नेपाली कांग्रेस जिन्दावाद, चिरञ्जिबी दाइ जिन्दावाद,' उनीहरूले नारा लगाए। वाग्लेले फैसलाको पुनरावलोकन गरेको बताए। 'मलाई अन्याय भएको छ, अदालतमा प्राण बाँकी छ भन्ने विश्वास छ, न्याय पाउने आशो छ,' उनले भने। वाग्लेलाई २०६७ चैत २ गते २ करोड ३ लाख भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष कैद सुनाएको थियो। यो सजायमा २० प्रतिशत छुट हुँदा उनले जरिवानाको ४० लाख रुपैयाँ तिर्नुपरेन भने साढे तीन महिना कैद पनि मिनाहा भयो।

वक्षस्थल समाउन पनि कथाले नै मागेको हो ?


दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ माग्छ । अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्‍यो । चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको देखिन्छ न त नायकले नै कुनै सकस माने । चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले चलचित्रमा टङ किस खाएपछि अनलाइनखवरसँग भनिन-’मैले यो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएकी छु ।’ जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला ।’ धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ । मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’ छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समय लाग्ला र ? पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’ ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ । जुन बिषय संकेतमात्र गरे पुग्ने हो त्यसलाई पुरै नंग्याउनु ग्लामर हैन, अश्लिलता हो । वन्द कोठाभित्र यस्ता कुरा सामान्य होलान, सिनेमाको पर्दामा भद्दापनको पराकाष्टा हो ।

दाहालले हिसाब मागेपछि कमान्डर रिसाए

काठमाडौं, १७ वैशाख । शिविरमा रहेका लडाकुबाट मासिक रूपमा उठाइएको रकमको हिसाब–किताबका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र लडाकु कमान्डरहरूबीच तनाव भएको छ । विगत पाँच वर्षमा लडाकुबाट उठाइएको रकममध्ये करिब ६७ करोड रुपियाँको हिसाब नआएको भन्दै अध्यक्ष दाहालले कमान्डरहरूसित आक्रोश पोखेका छन् । अध्यक्ष दाहालले लडाकुबाट उठाइएको सबै रकमको हिसाब–किताब हेडक्वार्टर (आफू)लाई बुझाउन कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले बतायो । कमान्डरहरूले भने अहिले आएर अध्यक्षले हिसाब मागेको भन्दै असन्तुष्टि जनाएका थिए । शिविरबाट बाहिरिएका संस्थापन पक्षधर लडाकुहरूलाई संगठित गर्ने काम पनि त्यही विवादका कारण ढिलो भएको स्रोतको दाबी छ । माओवादीले शिविरमा रहेका लडाकुबाट मासिक हजार रुपियाँका दरले रकम उठाउँदै आएको थियो । सम्बन्धित शिविरका कमान्डरले नै रकम उठाउने गरेका थिए । पाँच वर्षको अवधिमा माओवादीले लडाकुबाट कम्तीमा २ अर्ब ३८ करोड ८१ लाख २० हजार रुपियाँ उठाएको छ । करिब एक साताअघि कमान्डरहरूसितको भेटमा अध्यक्ष दाहालले लडाकुबाट उठाइएको रकममध्ये ६७ करोड रुपियाँको हिसाब अझै पनि हेडक्वार्टरमा नआएको बताएका थिए । लडाकुबाट उठाइएको रकम वाइसिएललाई दिने निर्णय पार्टीले गरेकाले सो रकम तत्काल हेडक्वार्टरमा बुझाउन उनले कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ‘करिब ६७ करोड रुपियाँ अझै पनि हेडक्वार्टरमा आएको छैन, त्यो रकम वाइसिएलका साथीहरूलाई दिने निर्णय गरेका छौँ, त्यसैले चाँडो बुझाऔँ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर, लडाकु कमान्डरहरूले भने अध्यक्ष दाहालले भनेअनुसारको रकम खातामा नरहेको जिकिर गरेका छन् । ‘खातामा पैसा नै छैन त कहाँबाट बुझाउने ?’ भन्दै कमान्डरहरूले रकम दिन अस्वीकार गरेको स्रोतले जनाएको छ । पैसाको विषयमा अध्यक्ष दाहाल र कमाडरहरूबीच अविश्वासको वातावरण बनेको स्रोत बताउँछ । स्रोतका अनुसार तुलनात्मक रूपमा धेरै लडाकु रहेको चितवनस्थित तेस्रो डिभिजन, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनबाट उठाइएको रकमको पूरा हिसाब–किताब अझै हेडक्वार्टरमा आइसकेको छैन । छलफलमा अध्यक्ष दाहालले ती तीनवटै शिविरका कमान्डरहरूको मुखमा हेर्दै ‘हिसाब आएन नि’ भन्दै जिज्ञासा राखेका थिए । लडाकुबाट उठाइएको रकममा तेस्रो, चौथो र छैटाँै डिभिजनमा धेरै हिनामिना भएको समाचार सौर्य दैनिकले यसअघि नै प्रकाशन गरेको थियो । रकम हिनामिना गरेको आरोप लागेका चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली र छैटौँका कमान्डर महेन्द्रबहादुर शाहीले दोस्रो चरणको वर्गीकरणबाट स्वैच्छिक अवकाश लिइसकेका छन् । स्रोतका अनुसार लडाकुबाट मासिक रकम उठाउनुअघि अध्यक्ष दाहालले कमान्डर नन्दकिशोर पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाललगायतसित उठेको रकममध्ये केही अंश कमान्डरहरूले निजी प्रयोजनमा खर्च गर्न सक्ने मौखिक सहमति गरेका थिए । तर, अनुमान गरेभन्दा धेरै रकमको हिसाब नआएपछि दाहालले सोधखोज सुरु गरेका हुन् । उता, कमान्डरहरूले भने अध्यक्ष दाहालले एक/एक रुपियाँको हिसाब मागेपछि चित्त दुखाएका छन् । ‘शिविर बनाउँदा, घाइतेहरूको उपचार गर्दा, चार हजारभन्दा बढी अयोग्य भनिएका लडाकुलाई चार वर्षसम्म पाल्दा लेबीबापत उठेको रकम खर्च भएको छ । अहिले रकम चाहियो भनेर मागेपछि हामीले कहाँबाट दिने ? हिसाब चाहियो भन्दा चित्त दुख्छ,’ एक कमान्डरले सौर्यसँग भने । स्रोतका अनुसार शिविरबाट भागेका लडाकुको मासिक तलब–भत्ताबापतको रकम लडाकु कमान्डरहरूले संकलन गरेको जानकारी पाएपछि त्यतिबेलै शीर्ष नेताहरूबीच त्यो रकम हेडक्वार्टरमा बुझाएर पछि दामासाहीले बाँड्ने सहमति भएको थियो । तर, लडाकु कमान्डरहरूले एकतिहाइ रकम मात्र माथि बुझाउने र बाँकी आफैँले चलाउने गरेको तथा हिसाब चुस्त–दुरुस्त नराखेको पाइएपछि अध्यक्ष दाहाल र कमान्डरहरूको दूरी बढ्न थालेको हो । पूर्वलडाकुहरूलाई कमान्डमा ल्याएर रकमबारे सोधीखोजी गर्न सजिलो हुने भएकाले पनि ‘पूर्वजनमुक्ति सेना संघ’ गठन गरिएको एक माओवादी पोलिटब्युरो सदस्यले बताए । ‘कमान्डरहरूलाई चेन अफ कमान्डमा ल्याएपछि हिनामिनाबारे लाग्दै आएको आरोप के हो बुझ्न सजिलो हुन्छ,’ अध्यक्ष दाहालनिकट ती पोलिटब्युरो सदस्यले भने । माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले लडाकु र अध्यक्षबीच भएको छलफलबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई त्यसबारे केही जानकारी छैन, बुझेर भनौँला,’ उनले सौर्यसँग भने ।

कुनै पनि दृश्य दिएपछि नायिकाहरु भन्ने गर्छन, कथाले माग्यो अनि दिए । अचम्मको छयो कथा पनि , के-के माग्छ माग्छ । तर, नेपाली सिनेमा भित्र कुनै अश्लिल सिनेमाको दृश्य जस्तो लाग्ने गरी त कुनैपनि कथाले माग्दैन होला । तर, यहाँ यस्तैहुन थालेको छ, कथाले माग्यो भन्दैमा जे पनि गर्न मिल्छ र ? एक चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले मज्जैले समातेको देखिन्छ । तर, यो दृश्यमा न त नायिकालाई लज्जा वोध भएको देखिन्छ न त नायकले नै कुनै सकसमानेका छन् । यो त एउटा उदाहरण मात्र हो, तर आज नेपाली सिनेमा भित्र कथाले मागेको भन्दै छाडा प्रवृत्ति वढिरहेको छ । चलचित्रमा टङ किस खानु र वेडसिनका दृश्य दिनु सामान्यजस्तै भएको छ । नायिका जियाले चलचित्रमाटङ किस खाएपछि अनलाइनखवरसँग भनिन्, मैलेयो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएको छु । अनि कति मिनेट सम्म टङ किस दिनुभएको छ त भन्ने प्रश्नमा उनले भनिन्, खाँदा खादै १० मिनेटसम्म खाईयो । चलचित्रमा दृश्य दिनेक्रममा, इमोशनमा आईयो र १० मिनेट भन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला, जिया आफै यो दृश्यमा वारेमा भन्छिन् । यसरी, नायिकाहरु खुलेयाम आफु चर्चामा आउनकै लागि यस्ता दृश्य दिइरहेका छन्, र भनिरहेका छन् मैले यति मिनेट किस गरे, यति मिनेटको वेड सिन दिए । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालिएपछि, धेरैले भनेका छन् नेपालमा अव अश्लिल सिनेमा खुलेयाम वन्न धेरै समय लाग्दैन । एउटा चलचित्रको छायांकन स्थलमा नायकले खुलेयाम नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समयलाग्ला र ? पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागिरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागि परेका छन् । यसले नेपाली चलचित्र सि ग्रेडमा पुगेको भान हुनसक्छ । चलचित्रमा दृश्य दिएर हिट भइन्छ भन्ने नायिकाहरुले सोचेका हुन् पनि यो उनीहरुको दिवा स्वप्न मात्र हो । किनकी, यस्ता किसिमका दृश्यले कुनै पनि सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ । यसवारेमा कलाकारले पनि ध्यान दिनुपर्दछ । कुनै पनि देशमा यस्ता किसिमका दृश्य दिने कलाकार चर्चित भएका र लामो समयसम्म टिकेका देखिदैन । यसैले, पनि नायिका नङ्ग्याएर सिनेमा चल्छ भन्ने सोच कसैले पनि नराखौ अनि यस्ता किसिमका दृश्यमा अभिनय गरेर आफु हिट भइन्छ भन्ने सोच पनि नायिकाहरुले राख्नु गलत हो । यसवारेमा अव चलचित्र सेन्सर वोर्ड पनि सजग हुनु जरुरी छ । सेन्सर वोर्डले चलचित्रको सेन्सर गर्दायस्ता सिनेमा भित्र खवरदारी गर्नु आवश्यक छ । किनकी, सिनेमामा यस्ता दृश्य आवश्य त होला, तर कथा वगेको अनुसार र यसले कुनै सन्देश दिन्छ भने मात्र । केही वर्ष अघि सम्म पनि नायिकाहरु टङ किस खान लजाउथे अनि खाईहाले भने पनि दुइ ओठ मात्र जोडेको पाईन्थ्यो । तर, अहिले तयहा वास्तविक रुपमा नै नायक तथा नायिका मज्जैले किस खाईरहेका छन् । जुन, एउटा वन्द कोठाभित्र हुनसक्ला, सिनेमाको पर्दाभित्र भद्दा हो । यसैले, सिनेमा क्षेत्रमा आफ्नो व्यापार गर्नकै लागी अश्लिलता भित्राउन पाईदैन । यो वारेमा सवैले सजग हुनु जरुरी छ ।