महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितिमा योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनिन्छ, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयबाट निस्कने हार्मोनहरूले यसलाई संचालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा गितभष्लष्शष्लन luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूकै प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई मुख्यतः तीन चरणमा बाँड्न सकिन्छ।
पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। यतिबेला सामान्यतः ६० देखि ९० मिलिलिटर मात्र रगत जान्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ जसले FSH सँग मिलेर डिम्ब निष्कासनको तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।
दोस्रो चरण (डिम्ब निष्कासन) माः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई
LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।
तेस्रो चरण (Luteal phase) भन्नाले डिम्ब निस्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समय बुझिन्छ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।
महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। यस्ता कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। योनिबाट रगत आउन थालेको पहिलो दिनलाई १ दिन मानिन्छ र साधारणतया ३ देखि ५ दिनसम्म रगत बग्छ। एउटा महत्त्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिन पछि महिनावारी सुरु हुन्छ।
शरीरको तौल र महिनावारी
तपाईं आफैंले आफू साह्रै दुब्ली भएको कुरा गर्नुभएको छ। तौल बढी होस् वा कम, प्रजनन तथा यौन स्वास्थ्यमा त्यसको असर पर्न सक्छ। महिनावारीमा गडबडी हुने अन्य कारण पनि हुनसक्छन् तर यसरी तौल साह्रै कम हुँदा महिनावारीमा गडबडी देखिनसक्छ। महिनावारी नहुनुले तपाईंको डिम्ब निष्कासन ठीक तरिकाले नभएको संकेत गर्छ। महिनावारी नियमित हुन शरीरमा तौल ठीक हुनुपर्छ भने पर्याप्त मात्रामा बोसो पनि हुनुपर्छ। शरीरमा बोसोको मात्रा यति नै होला भनेर नाप्न सजिलो छैन, तर body mass index (BMI) माध्यमबाट तौल सही भए -नभएको थाहा पाउन सकिन्छ। भनिन्छ, BMI २० देखि २५ को बीचमा भएको व्यक्तिले गर्भधारण गर्ने सम्भावना बढी हुन्छ। शरीरमा बोसो निकै कम भए मस्तिष्क, पिटयुटरी ग्रन्थि अनि सम्बन्धित अन्य अङ्गहरूमा हार्मोनको बहाव जसरी हुनुपथ्र्यो त्यसरी सुचारु रूपमा नहुनसक्छ, जसले गर्दा पिटयुटरी ग्रन्थीको सन्देश डिम्बाशयसम्म राम्रोसँग पुग्दैन र डिम्बको विकास एवं निष्कासन हुँदैन।
तौल सामान्यभन्दा कम वा बढी भएको कसरी थाहा पाउने ?
हुन त चार्ट वा तौलका टेबल पनि पाउन सकिन्छ, जसले उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न सकिन्छ। BMI कति भनेर हेरेर पनि तौल सामान्यभन्दा कम वा बढी भएको हेरिन्छ। सामान्यतः हामीले वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति 'बोसो' छ भनेर नाप्छौं। यसैलाई हामी Body Mass Index (BMI) भनिन्छ। हुन त यो पद्धतिका पनि आफ्नै सीमितता छन्। यो Index यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल भएको मानिन्छ। यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा 'मोटो' (obese) मानिन्छ। त्यसैगरी १८ दशमलव ५ भन्दा कम BMI भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ। तपाईंले उचाइ र तौल दुवै लेख्नु नभएकाले यसै भन्न सकिएन। मानौं, तपाईंको उचाइ यस्तै ५ फिट २ इन्च र तौल ४० किलोग्राम छ ,त्यसैले तपाईंको BMI यस्तै १६ दशमलव १ हुन्छ। यो सामान्यभन्दा निकै कम तौल हो।
समाधान के त ?
अस्पतालवाट औषधी दिइनुभन्दा पहिले पक्कै तपाईंलाई के भएको हो पक्का गरिएको होला। त्यस विषयमा लेख्नुभएको भए जवाफ दिन सजिलो हुन्थ्यो। अहिले एक किसिमले हेर्ने हो भने तपाईंको तौल बढाउनु समाधानको महत्त्वपूर्ण पाटो हो। यसका लागि समयमा मात्र होइन, सन्तुलित खाना पर्याप्त मात्रामा खानुपर्छ। पर्याप्त क्यालोरी भएका खानेकुरा आफ्नो खानामा समावेश गर्नुपर्छ। विशेष गरेर पर्याप्त चिल्लो वा बोसो वा तेल युक्त खानेकुरा अन्य खानेकुराका साथ समावेश गर्न सकिन्छ।
Friday, 8 June 2012
महिनावारी कसरी हुन्छ ?

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment