धर्मराज गाँउका धनिमानि ब्यत्ति थिए । उनको ठुलो घर थियो ।उनको घरबाट हिमाल र पहाड देखिन्थ्ये ।उनको घरमा एउटा कुकुर थियो । जसको नाम पन्ना थियो ।पन्ना ईमान्दार थियो । उ खेतिबारी दुबैको रेखदेख गर्थ्यो ।त्यसैले पन्नाले घरमालिक-मालिक्निबाट भरपुर माया पाएको थियो ।एकदिन बुढि रातिगाई र कालो गोरु मिलेर आफनो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिश उठ्यो ।पन्ना दौड्दै गयो र गाईगोरुनिर पुगेर भुक्दै भन्यो ।हैन तिमिहरुले यो धर्मराज साहुको खेत हो ।त्यसको रक्षक म हू भन्ने पनि भुल्यौ कि क्या हो? कि मेरो अपमान गर्न खोजेको हौ ?
पन्नाको कुरा सुनेर रातिगाईले रुदै भनि,पन्ना तिमिलाई हेपेर बालि खाएको हैन ।साचो कुरा त यो हो कि धानबालि खाएको देखेर तिमि यहाँ आउछौ अनि मनको दुख पोखौला भनेर मात्र हो ।
पन्ना अचम्म मान्दै, 'हैन के दुख भो राति? दुब्लाउन पनि तिमि दुबै दुब्लाएछौ। किन हा ?
गोरुले लामो सास फेर्दै भन्यो- सन्चो भए किन एक्लाएक्लै हीडथ्यौ ?मेरो खुट्टा भाचिएपछि यो गोरुले खेतबारी जोत्न सक्दैन भनेर घरबाट निकालिए ।
रातिगाईले कुरा थपि 'हेर पन्ना,मलाई पनि यो बुढि गाई भई दुधभात खान पाईने होइन ।थारो गाईलाई किन घाँस हाल्ने? भन्दै घरमुलिले निकालिदिए।यि गोरुले आफुले सक्दासम्म दिनरात नभनि काम गरे । म दश बेत ब्याए ।कति धेरै दुध दिन्थे ।दुध पाउन्जेल रातिगाई कति लच्छिनकि छे भन्थे । दुध दिन छोडापछि कसैले एकमुठि घाँसपनि दिएनन ।यो मान्छेको जात स्वार्थि रहेछ ।खान र काम पाउन्जेल बास्ता गर्छन । काम पाउन छोडेपछि तिमिलाई हामि जस्तै निकाल्नेछन ।बुझ्यौ? भन्दै गाईगोरु बाटो लागे ।पन्नालाई दुबैको कुरा सुनेर नमजा लाग्यो ।पिर मान्दै थुचुक्क भुईमा बस्योँ । त्यसै बेला एईटा बुढि कुखुरि दौड्दै आएर धानभित्र लुक्यो । पन्नाले कुखुरि तिर हेर्दै भन्यो ।कुखुरि तिमि किन लुकेकि? फेरी आँखामा आशुपनि छ। स्यालको डरले त होइन ।कुखुरिले मसिनो स्वरमा भन्यो ।पन्ना मैले कति फुल पारे चल्ला कोरले तर आज म केहि गर्न सक्दैन भनेर आज मालिकहरु मलाई मारेर कबाफ बनाएर खाने कुरा गर्दै थिए। त्यसैले लुक्न आएको ।हामि पशुपन्छि मालिक भनेर कति माया गर्छौ तर उनिहरु त केबल स्वार्थमा अडेका छन ।बुझ्यौ ?
कुखुरिको कुरा सुनेर पन्ना झनै उदास भयो ।के गर्ने कसो गर्ने केहि सोच्नै सकेन ।
त्यतिकैमा पन्नाको आखाँ पनुःअपरिचित मान्छेसँग हिडेको कालि बाख्रिमा पय्रो।कुकुर दौड्दै कालि बाख्रि नजिक गएर भन्यो ।बाख्रि दिदि! तिमिलाई अन्तै बेचिदिए कि क्या हो ?यो मान्छे त तिम्रो मालिक हैन नि !बाख्रिले पुलुक्क पन्नातिर हेरेर भन्यो
पन्ना म एक बेत मा तिन ओटा पाठापाठि पाउथे ।मेरो पाठापाठिबाट घरमुलिलाई ठुलो आर्थिक टेवा पुगेको थियो ।आज म बच्चा पाउदा पाउदै अशत्त भेए ।उनिहरुले मेरा सबै गुण बिर्से ।आज नाथे पाच सय लिएर बगरे(माशु बेच्ने मान्छे)लाई बेचे ।यो मान्छे ले मलाई भोलि काटेर बेच्छ ।हेर तिमिलाई पनि अशत्त भएपछि घरबाट निकाल्छन ।मालिक मालिक्नि भनेर ज्यान नै नदेऊ ठिक्क मात्र गर भन्दै कालि रुदै बगरेको पछि गई ।सबैको कुराले पन्ना साह्रै निराश भयो ।उसलाई पनि आफनो घरमालिक देखि घृणा लाग्यो ।ज्यादै चिन्ताले गर्दा उसलाई ज्वरो आए जस्तो पनि भयो ।मालिकको धान बालिको बास्तै नगरी रुदै लुरुलुरु हिड्यो ।बिच बाटोमा पाङ्ग्रे मिल्यो ।पाङ्ग्रे ले पन्नातिर हेर्दै भन्यो -
हैन के भो पन्ना?सन्चो छैन कि क्या हो ? कहाँ हिडेको ? खोला पनि देखैनौ कि क्या हो ?
पन्नाले गाईगोरु कुखुरी बाख्रिको सारा कुरा सुनाउदै भन्यो- म त मर्न हिडेको पाङग्रे ।खोलाको पानि पनि कम छ ।कसरी पो मर्ने? पाङग्रेले सम्झाउदै भन्यो- पन्ना तिमि त मुर्ख नै रहेछौ। 'गुनि पनि बैगुनि'दुबै मानिस छन ।यहाँ ल मलाई नै हेर ।म अशत्त भएपछि घरमुलिले निकालेको कुरा तिमिराई थाहै नै छ। म हिड डुल गर्न नसकेर भोकले लखतरान भएर सुर्यकुमारी बजैको घरनिर लडिरहेको थिए ।बजैले मेरो मालिकलाई गालि गर्दै ,आ पाङग्रे मरे मेरै घर मर्लास भनेर घर लैजानु भो ।उपचार गर्नुभो ।हेर अहिले म कति हेस्टपुस्ट छु ।त्यहा सबैले माया गर्छन ।सबैलाई एउटै आखाले हेर्नु हुदैन ।जाउ हिड घर ।
पन्ना पाङग्रेको कुराको बास्तै नगरी बगरमा बस्यो ।त्यसै बेला धर्मराज साहु हस्याङफस्याङ गर्दै आको देखेर पाङ्ग्रे खुशि भयो ।धर्मराजले पन्नालाई छामछुम गर्दै भने-
तैले त हाम्रो सातो नै खाईस।कहाँ कहाँ खोजेन ।कतै पाङग्रेसँग त भगडा परेन? हेर है पाङ्ग्रे तैले पन्नालाई छोईस मात्र भने तेरो खैरियत छैन ।पन्नालाई केहि भयो भने हामि त टुहुरो नै हुन्छौ ।
मालिकको कुरा सुनेर पन्नाले पुलुक्क पाङ्ग्रेतिर हेय्रो ।पाङ्ग्रेले पन्नाको मालिक को ब्यवहार देखेर खुशि हुदै पुच्छर हल्लायो ।
त्यस्तै पन्नाले पनि खुसि हुदै पुच्छर हल्लायो ।
समाप्त
No comments:
Post a Comment