Wednesday, 23 May 2012

बोक्सी मन्त्र सिक्न भान्जाको हत्या

रौतहटको समनपुर गाविसमा आफ्नै माईजुले नाबालक भान्जाको हत्या गरेकी छिन् । हत्यापछि नाबालकको शव घरको आँगनमा गाडेर टाउको बागमती नदीको किनारमा फालेको अबस्थामा प्रहरीले फेला पारेको छ । समनपुर गाविस–८ कि महदेवी यादवले सर्लाही मानपुर–३ का आफ्नै भान्जा तीन बर्षिय नितेशकुमार यादवको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । एक महिनादेखि माईजुको घरमा बस्दै आएका बालक नितेश दुई दिन अघि बेपत्ता भएका थिए । बेपत्तापछि खोजतलास गर्दा महदेवी यादवले मारेको खुलेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी हिरासतमा रहेकी यादवले बोक्सी मन्त्र सिक्ने क्रममा आफ्नै भान्जालाई वली दिएको स्वीकारेकी छिन्|

No comments:

Post a Comment