Monday 30 April 2012

संबिधानसभा छाडेर होटल साहुनीसँग


१९ बैशाख, काठमाण्डौ । संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् । पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ? प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ । मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् । मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।

Sunday 29 April 2012

Breaking News. ..


जनकपुरको रामानन्द चोकमा बम बिस्फोट, चार जनाको मृत्‍यु, दर्जनभन्दा बढी सर्वसाधारण घाइते ।

१३ महिना जेलमा वाग्लेले के गरे ?


काठमाडौं, वैशाख १८ - १३ महिनाभन्दा अलि बढी दिन जेल बसेर छुटेपछि पूर्वमन्त्री चिरञ्जिवी वाग्लेको अनुहारमा घर जाने कुनै हतारो थिएन। काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाबाट वाग्लेको कैद भुक्तान सकिएपछिको छोडुवा पत्र आउँदै गर्दा उनले पत्रकारसँग आफ्नो जेल-अनुभव बाँडे। सँगै थिए, भ्रष्टाचारी ठहर भई जेल परेका पूर्वसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता। वाग्ले जेलमा सिरक, डस्ना, औषधि र केही पुस्तक बोकेर छिरेका थिए। आइतबार कैद काटेर निस्कँदा उनका पुस्तक बढेका थिए। जेलमा उनलाई धेरैले पुस्तक लिएर भेट्न आउँथे। उनलाई सर्वोच्च अदालतबाट फैसला भएको भोलिपल्टै सुरक्षाकर्मीले कालोपुलस्थित घरबाट डिल्लीबजार सदरखोर जेल ल्याएका थिए। भ्रष्टाचार मुद्दामा जेल जाने वाग्ले पहिलो पूर्वमन्त्री हुन्। त्यसबेला उनले ६० दिनभित्र अदालतसमक्ष आत्मसर्मपण गरेर कैद र जरिवानामा २० प्रतिशत छुट पाउने मौका पाएका थिएनन्। पछि अदालतबाट उनले २० प्रतिशत सजाय छुट पाउने फैसला गर्‍यो। 'जेलमा पढ्ने र लेख्ने काम बढी गरेँ,' वाग्लेले भने, 'एउटा उपन्यासको खेस्रा लेखिभ्याएँ, अब टाइप गरेर प्रकाशनमा पठाउँछु।' राजनीतिक/सामाजिक विषयसँगै जोडिएको भए पनि जुराइसकेको उपन्यासको नाम भने उनले भन्न चाहेन्नन्। क्रिम कलरको सफा कुर्ता सुरुवालमा ठाँटिएका उनले कुनै हतारबिनै झन्डै एक घन्टा कुरा सुनाए। उनले जेलमा लेखनसँगै झन्डै पचास पुस्तक पढिभ्याएको सुनाए। 'सधैँ उज्यालो नहुँदै प्राणायाम गर्थेँ, विपश्यना ध्यान जेलमै सिकेँ,' उनले भने। सँगै बसेका जेपीले थपे, 'हाम्रा ध्यान गुरु बिरामी पर्दा दाइले नै हामीलाई सिकाउनुभयो।' सधैं तीन बजे उठ्ने वाग्ले नित्यकर्मपछि योग, ध्यान गर्ने, रेडियोमा भजन सुन्ने र टिभीमा समाचार हेर्ने गर्थे। १ सय ८० कैदी/बन्दी क्षमता भएको सदरखोरमा अहिले ६ सय २७ राखिएकाले बिहान शौचालयको समस्या हुन्छ, छिटै उठ्ने वाग्लेले भने त्यो व्यहोरिरहनु परेन। जेलमा टिभी हेर्न, पत्रपत्रिका पढ्न, आफन्त र वकिलसँग फोनमा कुरा गर्न पाइन्छ। वाग्ले अहिले मदनमणि दीक्षितको उपन्यास 'माधवी' पढिरहेका छन्। त्यसअघि उनले खप्तड बाबाको 'विचार विज्ञान', लियो टोल्सटोएको 'वार एन्ड पिस', भगत बर्माको 'चित्रलेखा,' ओमशान्ति धर्म र अन्य थुप्रै आध्यात्मिक पुस्तक पढे। जेलका सुरक्षाकर्मी र जेलरले वाग्लेलाई जहिल्यै पढिरहेको र लेखिरहेको मात्रै देखेको सुनाए। 'उहाँ जहिले जाँदा पनि लेखिरहेको मात्रै देखिन्थ्यो,' जेलर कृष्णबहादुर खड्काले भने। अधिकांश समय लेख्न र पढ्नमै बिताएको भएरै होला, उनलाई जेलमा खासै केही मिस गरेजस्तो लागेन। 'कार्ल मार्क्सले भनेजस्तो जीवन चक्र हो घुमिरहन्छ, गाडीको चक्का एउटै स्थानमा रह्यो भने त कहाँ अगाडि बढ्छ र?' वाग्लेले भने, 'मैले जेलमा केही मिस गरेको छैन, बाहिरिने बित्तिकै पनि कसैलाई भेटिहालौं भन्ने सोचेको छैन।' जेलमा बस्दा उनको सम्झनामा बाल्यकालको कुरा धेरै आए। 'घरमुनिको ज्यादु्र खोलामा माछा मारेको, तातो खरानीमा माछा पोलेर खाएको याद आउँछ,' वाग्लेले सम्झे, 'त्यो रमाइलो बेला थियो, जुन अब फर्कँदैन।' जिल्ला अदालतबाट छ बजे छोडुवापत्र आइपुग्दा पनि उनले सपनाका कुरा सुनाउन भ्याए, 'मैले मुलुकको परिस्थिति राम्रो हुने सपना देखेको छैन।' अदालती भाषामा कैदी/बन्दी थपिँदा आम्दानी र छुट्दा खर्च भनिन्छ। वाग्ले एक घन्टा जेल अनुभव सुनाएर छुट्दै थिए। जेलको खर्च बढ्यो। कैदी संख्या घट्यो। उनले झिटीगुन्टासहित बाहिर निस्कन झन्डै एक घन्टा लगाए। कैदी बाहिरिँदा जेलमै रहेकाले फुलमाला, अबिरको टिका लगाएर निकाल्छन्। वाग्ले पनि निधारभरि लामो रातो टिका र खादा लगाएर निस्किए। 'सहयोगका लागि तपाईंहरूलाई धेरै धन्यवाद,' वाग्लेले जेलका कर्मचारीलाई भने। जेलबाट बाहिरिँदा उनलाई लिन गाडी र झन्डा बोकेर आएका केही कार्यकर्ता थिए। 'नेपाली कांग्रेस जिन्दावाद, चिरञ्जिबी दाइ जिन्दावाद,' उनीहरूले नारा लगाए। वाग्लेले फैसलाको पुनरावलोकन गरेको बताए। 'मलाई अन्याय भएको छ, अदालतमा प्राण बाँकी छ भन्ने विश्वास छ, न्याय पाउने आशो छ,' उनले भने। वाग्लेलाई २०६७ चैत २ गते २ करोड ३ लाख भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष कैद सुनाएको थियो। यो सजायमा २० प्रतिशत छुट हुँदा उनले जरिवानाको ४० लाख रुपैयाँ तिर्नुपरेन भने साढे तीन महिना कैद पनि मिनाहा भयो।

वक्षस्थल समाउन पनि कथाले नै मागेको हो ?


दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ माग्छ । अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्‍यो । चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको देखिन्छ न त नायकले नै कुनै सकस माने । चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले चलचित्रमा टङ किस खाएपछि अनलाइनखवरसँग भनिन-’मैले यो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएकी छु ।’ जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला ।’ धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ । मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’ छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समय लाग्ला र ? पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’ ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ । जुन बिषय संकेतमात्र गरे पुग्ने हो त्यसलाई पुरै नंग्याउनु ग्लामर हैन, अश्लिलता हो । वन्द कोठाभित्र यस्ता कुरा सामान्य होलान, सिनेमाको पर्दामा भद्दापनको पराकाष्टा हो ।

दाहालले हिसाब मागेपछि कमान्डर रिसाए

काठमाडौं, १७ वैशाख । शिविरमा रहेका लडाकुबाट मासिक रूपमा उठाइएको रकमको हिसाब–किताबका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र लडाकु कमान्डरहरूबीच तनाव भएको छ । विगत पाँच वर्षमा लडाकुबाट उठाइएको रकममध्ये करिब ६७ करोड रुपियाँको हिसाब नआएको भन्दै अध्यक्ष दाहालले कमान्डरहरूसित आक्रोश पोखेका छन् । अध्यक्ष दाहालले लडाकुबाट उठाइएको सबै रकमको हिसाब–किताब हेडक्वार्टर (आफू)लाई बुझाउन कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले बतायो । कमान्डरहरूले भने अहिले आएर अध्यक्षले हिसाब मागेको भन्दै असन्तुष्टि जनाएका थिए । शिविरबाट बाहिरिएका संस्थापन पक्षधर लडाकुहरूलाई संगठित गर्ने काम पनि त्यही विवादका कारण ढिलो भएको स्रोतको दाबी छ । माओवादीले शिविरमा रहेका लडाकुबाट मासिक हजार रुपियाँका दरले रकम उठाउँदै आएको थियो । सम्बन्धित शिविरका कमान्डरले नै रकम उठाउने गरेका थिए । पाँच वर्षको अवधिमा माओवादीले लडाकुबाट कम्तीमा २ अर्ब ३८ करोड ८१ लाख २० हजार रुपियाँ उठाएको छ । करिब एक साताअघि कमान्डरहरूसितको भेटमा अध्यक्ष दाहालले लडाकुबाट उठाइएको रकममध्ये ६७ करोड रुपियाँको हिसाब अझै पनि हेडक्वार्टरमा नआएको बताएका थिए । लडाकुबाट उठाइएको रकम वाइसिएललाई दिने निर्णय पार्टीले गरेकाले सो रकम तत्काल हेडक्वार्टरमा बुझाउन उनले कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ‘करिब ६७ करोड रुपियाँ अझै पनि हेडक्वार्टरमा आएको छैन, त्यो रकम वाइसिएलका साथीहरूलाई दिने निर्णय गरेका छौँ, त्यसैले चाँडो बुझाऔँ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर, लडाकु कमान्डरहरूले भने अध्यक्ष दाहालले भनेअनुसारको रकम खातामा नरहेको जिकिर गरेका छन् । ‘खातामा पैसा नै छैन त कहाँबाट बुझाउने ?’ भन्दै कमान्डरहरूले रकम दिन अस्वीकार गरेको स्रोतले जनाएको छ । पैसाको विषयमा अध्यक्ष दाहाल र कमाडरहरूबीच अविश्वासको वातावरण बनेको स्रोत बताउँछ । स्रोतका अनुसार तुलनात्मक रूपमा धेरै लडाकु रहेको चितवनस्थित तेस्रो डिभिजन, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनबाट उठाइएको रकमको पूरा हिसाब–किताब अझै हेडक्वार्टरमा आइसकेको छैन । छलफलमा अध्यक्ष दाहालले ती तीनवटै शिविरका कमान्डरहरूको मुखमा हेर्दै ‘हिसाब आएन नि’ भन्दै जिज्ञासा राखेका थिए । लडाकुबाट उठाइएको रकममा तेस्रो, चौथो र छैटाँै डिभिजनमा धेरै हिनामिना भएको समाचार सौर्य दैनिकले यसअघि नै प्रकाशन गरेको थियो । रकम हिनामिना गरेको आरोप लागेका चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली र छैटौँका कमान्डर महेन्द्रबहादुर शाहीले दोस्रो चरणको वर्गीकरणबाट स्वैच्छिक अवकाश लिइसकेका छन् । स्रोतका अनुसार लडाकुबाट मासिक रकम उठाउनुअघि अध्यक्ष दाहालले कमान्डर नन्दकिशोर पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाललगायतसित उठेको रकममध्ये केही अंश कमान्डरहरूले निजी प्रयोजनमा खर्च गर्न सक्ने मौखिक सहमति गरेका थिए । तर, अनुमान गरेभन्दा धेरै रकमको हिसाब नआएपछि दाहालले सोधखोज सुरु गरेका हुन् । उता, कमान्डरहरूले भने अध्यक्ष दाहालले एक/एक रुपियाँको हिसाब मागेपछि चित्त दुखाएका छन् । ‘शिविर बनाउँदा, घाइतेहरूको उपचार गर्दा, चार हजारभन्दा बढी अयोग्य भनिएका लडाकुलाई चार वर्षसम्म पाल्दा लेबीबापत उठेको रकम खर्च भएको छ । अहिले रकम चाहियो भनेर मागेपछि हामीले कहाँबाट दिने ? हिसाब चाहियो भन्दा चित्त दुख्छ,’ एक कमान्डरले सौर्यसँग भने । स्रोतका अनुसार शिविरबाट भागेका लडाकुको मासिक तलब–भत्ताबापतको रकम लडाकु कमान्डरहरूले संकलन गरेको जानकारी पाएपछि त्यतिबेलै शीर्ष नेताहरूबीच त्यो रकम हेडक्वार्टरमा बुझाएर पछि दामासाहीले बाँड्ने सहमति भएको थियो । तर, लडाकु कमान्डरहरूले एकतिहाइ रकम मात्र माथि बुझाउने र बाँकी आफैँले चलाउने गरेको तथा हिसाब चुस्त–दुरुस्त नराखेको पाइएपछि अध्यक्ष दाहाल र कमान्डरहरूको दूरी बढ्न थालेको हो । पूर्वलडाकुहरूलाई कमान्डमा ल्याएर रकमबारे सोधीखोजी गर्न सजिलो हुने भएकाले पनि ‘पूर्वजनमुक्ति सेना संघ’ गठन गरिएको एक माओवादी पोलिटब्युरो सदस्यले बताए । ‘कमान्डरहरूलाई चेन अफ कमान्डमा ल्याएपछि हिनामिनाबारे लाग्दै आएको आरोप के हो बुझ्न सजिलो हुन्छ,’ अध्यक्ष दाहालनिकट ती पोलिटब्युरो सदस्यले भने । माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले लडाकु र अध्यक्षबीच भएको छलफलबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई त्यसबारे केही जानकारी छैन, बुझेर भनौँला,’ उनले सौर्यसँग भने ।

कुनै पनि दृश्य दिएपछि नायिकाहरु भन्ने गर्छन, कथाले माग्यो अनि दिए । अचम्मको छयो कथा पनि , के-के माग्छ माग्छ । तर, नेपाली सिनेमा भित्र कुनै अश्लिल सिनेमाको दृश्य जस्तो लाग्ने गरी त कुनैपनि कथाले माग्दैन होला । तर, यहाँ यस्तैहुन थालेको छ, कथाले माग्यो भन्दैमा जे पनि गर्न मिल्छ र ? एक चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले मज्जैले समातेको देखिन्छ । तर, यो दृश्यमा न त नायिकालाई लज्जा वोध भएको देखिन्छ न त नायकले नै कुनै सकसमानेका छन् । यो त एउटा उदाहरण मात्र हो, तर आज नेपाली सिनेमा भित्र कथाले मागेको भन्दै छाडा प्रवृत्ति वढिरहेको छ । चलचित्रमा टङ किस खानु र वेडसिनका दृश्य दिनु सामान्यजस्तै भएको छ । नायिका जियाले चलचित्रमाटङ किस खाएपछि अनलाइनखवरसँग भनिन्, मैलेयो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएको छु । अनि कति मिनेट सम्म टङ किस दिनुभएको छ त भन्ने प्रश्नमा उनले भनिन्, खाँदा खादै १० मिनेटसम्म खाईयो । चलचित्रमा दृश्य दिनेक्रममा, इमोशनमा आईयो र १० मिनेट भन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला, जिया आफै यो दृश्यमा वारेमा भन्छिन् । यसरी, नायिकाहरु खुलेयाम आफु चर्चामा आउनकै लागि यस्ता दृश्य दिइरहेका छन्, र भनिरहेका छन् मैले यति मिनेट किस गरे, यति मिनेटको वेड सिन दिए । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालिएपछि, धेरैले भनेका छन् नेपालमा अव अश्लिल सिनेमा खुलेयाम वन्न धेरै समय लाग्दैन । एउटा चलचित्रको छायांकन स्थलमा नायकले खुलेयाम नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समयलाग्ला र ? पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागिरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागि परेका छन् । यसले नेपाली चलचित्र सि ग्रेडमा पुगेको भान हुनसक्छ । चलचित्रमा दृश्य दिएर हिट भइन्छ भन्ने नायिकाहरुले सोचेका हुन् पनि यो उनीहरुको दिवा स्वप्न मात्र हो । किनकी, यस्ता किसिमका दृश्यले कुनै पनि सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ । यसवारेमा कलाकारले पनि ध्यान दिनुपर्दछ । कुनै पनि देशमा यस्ता किसिमका दृश्य दिने कलाकार चर्चित भएका र लामो समयसम्म टिकेका देखिदैन । यसैले, पनि नायिका नङ्ग्याएर सिनेमा चल्छ भन्ने सोच कसैले पनि नराखौ अनि यस्ता किसिमका दृश्यमा अभिनय गरेर आफु हिट भइन्छ भन्ने सोच पनि नायिकाहरुले राख्नु गलत हो । यसवारेमा अव चलचित्र सेन्सर वोर्ड पनि सजग हुनु जरुरी छ । सेन्सर वोर्डले चलचित्रको सेन्सर गर्दायस्ता सिनेमा भित्र खवरदारी गर्नु आवश्यक छ । किनकी, सिनेमामा यस्ता दृश्य आवश्य त होला, तर कथा वगेको अनुसार र यसले कुनै सन्देश दिन्छ भने मात्र । केही वर्ष अघि सम्म पनि नायिकाहरु टङ किस खान लजाउथे अनि खाईहाले भने पनि दुइ ओठ मात्र जोडेको पाईन्थ्यो । तर, अहिले तयहा वास्तविक रुपमा नै नायक तथा नायिका मज्जैले किस खाईरहेका छन् । जुन, एउटा वन्द कोठाभित्र हुनसक्ला, सिनेमाको पर्दाभित्र भद्दा हो । यसैले, सिनेमा क्षेत्रमा आफ्नो व्यापार गर्नकै लागी अश्लिलता भित्राउन पाईदैन । यो वारेमा सवैले सजग हुनु जरुरी छ ।

सर्पले मान्छेलाई टोके के हुन्छ ? विषालु सर्प रहेछ भने मान्छेको मृत्यु हुन्छ, कम विषालु भए घाइते हुन्छ । तर यसपटक उल्टो भएको छ, सर्पले मान्छेलाई टोक्दा मान्छे होइन सर्प मरेको छ । घट्ना इजरायलको हो । इजरायलमा एक जना सेक्सी मोडलले सर्पलाई लिएर सेक्सी फोटोसुट गर्दै थिइन । त्यसैबेला सर्पले मोडललाई टोक्यो, सर्पले टोकेपछि मोडलको मृत्यु पनि भएन, उनी घाइते पनि भइनन् तर सर्प भने तत्कालै मर्‍यो । इजरायलकी ओरिट फक्स नाम गरेकी दोस्रो दर्जाकी मोडलले सुरुमा सर्पलाई लिएर खुट्टा, छाति, घाँटीमा राखेर तस्वीर खिचाएकी थिइन । फोटोलाई अझ सेक्सी देखाउन उनले स्तनको केही भाग देखाउँदै फोटो सुट गर्न लागेकी थिइन । फोटोसुट गर्दागर्दै सर्पले ओरिटको स्तनमा टोक्यो । खासमा ती मोडलले आफ्ना स्तन ठूला देखाउन स्तनको सर्जरी गराएकी थिइन र त्यहाँ उनले सिलिकन लगाएकी थिइन । स्तनमा टोकेपछि सर्पलाई सिलिकन पोइजन भयो, सर्प केही समयपछि मर्‍यो । रातो र सेतो स्टि्रप कपडा लगाएकी ती मोडलले स्तनको मध्यभाग देखाउँदै स्तनमा सर्पको मुख घर्षण गराइरहेकी थिइन । त्यसपछि उनले सर्पको टाउको आˆनो मुखतिर देखाउँदै किस खाने अभिनय गर्दैथिइन् । त्यतिवेला फक्सको हातबाट सर्प फुत्कियो । सर्प फुत्केपछि टाउको फक्सको स्तनमा गएर जोडियो । त्यतिवेलासम्म फक्सको स्तन बाहिरको कपडा खुलै थियो । सुरुदेखि नै विभिन्न हर्कत गरिरहेकी फक्ससँग रिसाइरहेको सर्पले उन्को स्तनको मुन्टोे नजिकै गएर मुख गाड्यो । गहिरो गरि सर्पले स्तनमा दाँत गाडेपछि मोडलका सहयोगीहरु आएर सर्पलाई तान्न थाले । एक छिनसम्म सर्पले स्तनमा मुख गाडि नै रह्यो र अन्तिममा दाँत छोड्यो । सर्पले टोकेपछि मोडेललाई तत्कालै अस्पताल पुर्‍याइयो, त्यहाँ उनलाई टिटानाश सुइ लगाइयो । मोडलको भाग्य बलियो रहेछ उनी बचिन तर मोडेलको स्तनमै टोकेको सर्प भने सिलिकन विषले केही समयपछि मर्‍यो

Wednesday 18 April 2012

पेशेवर ‘मानव साँढे’ : महिनामा १५ वटीलाई गर्भाधान

सायद यो कुरा पढ्दा हामी नेपालीलाई अचम्म लाग्छ, किनकी हामीकहाँ कुनै पुरुषले आफ्नी श्रीमती बाहेक अरुसँग समागम गरी गर्भ बोकाउने कुरा अवैध तथा अनैतिक हुन्छ । तर यहीँ दुनियामा यस्ता व्यक्ति पनि छन् जसले हरेक महिना १५ जना महिलालाई गर्भवती बनाउँछन् ।

प्रसँग हो हल्याण्डका एड हबेन नामका पुरुषको । ४२ वर्षका एड पछिल्लो ९ वर्षभित्रमा ८२ जना बच्चाका पिता बनिसकेका छन् । उनले हरेक महिना सालाखाला १५ जना महिलासँग यौन सम्बन्ध कायम गरी यस्तो किर्तिमान राखेका हुन् । बहु स्त्रीवादी यी पुरुषसँग रात बिताउनै तिनै महिलाबाट जन्मेका लालाबालाको संख्या झण्डै ७ दर्जन पुगेको छ ।

बच्चा जन्माउनका लागि महिलाहरुसँग यौन सम्बन्ध कायम गर्ने कामको सुरुवात हवेनले ९ वर्ष पहिले सुरु गरेका थिए । उतिबेला उनले ३४ वर्षकी एक निसन्तान महिलासँग सम्भोग गरे । त्यतिबेला सम्म कुपनि महिलासँग सम्भोग नगरेका हवेनले तिनै महिलासँग रात बिताएर आफ्नो कुमारत्व भंग गरेका थिए । तर त्यसपछि उनको सम्भोगको गति तिब्र गतिले अघि बढ्यो र उनलाई पछाडि फर्केर हेर्नुपरेन । उनी एक प्रकारले महिलालाई गर्भाधान गराउने पेशेवर मानव साँढेको भूमिकामा प्रस्तुत भए ।

पछिल्लो ९ वर्षमा उनको शुक्रकिटबाट कैयौँ महिलाको कोख भरिएको छ । यो बीचमा उनी ४५ जना बच्ची तथा ३५ जना बच्चाको बाउ भएका छन् । उनका सन्तानहरु जर्मनी, हल्याण्ड, इटाली, स्पेन, बेल्जियम, प|mान्स तथा न्युजिल्याण्ड लगायत विश्वका विभिन्न देशमा छरिएका छन् ।

खबर अनुसार हबेनले प्रायः आफुबाट गर्भाधान गर्न चाहने महिलाहरुलाई सम्भोगका लागि आफ्नै घरमा बोलाउँछन् । तर यदि महिलाहरु खर्चपर्च तथा अरु कारणले उनको घरमा आउन नसक्ने भएमा हबेन आफै महिलाले बोलाएको ठाउँसम्म पुगेर नित्यकर्म पूरा गर्छन् ।

हबेनका अनुसार उनले सुरुमा स्थानीय क्लिनिकमा आफ्नो शुक्रकिट दान गर्न सुरु गरेका थिए । तर पछि उनले शुक्रकिट दान गर्नुभन्दा प्राकृतिक तरिकाले नै प्रजनन गराउनु राम्रो भएको ठानेर प्राकृतिक तबरबाटै महिलालाई सम्भोग गराउने पेशा सुरु गरे ।

जर्मनीको एक वेबसाइट सुपरमासपेन्डर डट डे को माध्यमबाट निसन्तान महिलाले यी पुरुषबाट गर्भाधान गर्ने चाहना पूरा गर्न सम्बन्ध स्थापित गर्न सक्छन् । हबेनसँग सम्भोग गर्न चाहने महिलाले आफ्नो निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ र अर्को कुरा लागु औषधको सेवन गर्ने महिलाले पनि हबेनसँग रात बिताउने चाहना पूरा गर्न पाउँदैनन्