Thursday 15 March 2012

प्रचण्ड पक्षद्धारा भट्टराईपक्ष मजदुरमाथि आक्रमण

चैत, २ । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पक्षका यातायात मजदुरहरुले उपाध्यक्ष वावुराम भट्टराई पक्षका मजदुर नेता रिम बस्याललाई बिहिबार कुटपिट गरेका छन् । पोखराको पृथ्वीचोकस्थित वाईसिएल क्याम्प जादै गरेका अखिल नेपाल यातायात मजदुर संघका कास्कीका अध्यक्ष बस्याललाई आफ्नै संगठनका सदस्यहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।
नाक, मुख, टाउको गम्भीर चोट लागेका बस्यालको पोखराको फेवासिटी अस्पतालमा उपचार भईरहेको छ ।