
४ जेष्ठ , काठमाडौं,–दाइजो नल्याएको निहुमा परीवारले दिएको यातना सहन नसकेपछी एक युवतिले आत्महत्या गरेकी छन् । माइतीघरबाट दाइजो नल्याएको भन्दै आफ्नै पति सहितका परीवारका अन्य सदस्यहरुले निरन्तर यातना दिएकोले काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकी झुन्डिएर आत्महत्या गरेकी हुन् ।
रुविले परीवारका सदस्यहरुले दिएको यातनाकै कारण आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्ण बहादुर कल्ली मगरले जानकारी दिए । रुविले आत्महत्या गर्न पहिला परीवारका सदस्यहरुले कुटपिटगरी शारिरीक याताना दिएको र यातना सहन नसकेपछी झुण्डीर आत्महत्या गरेको डीएसपीे मगरले प्रष्ट पारे । मगरका अनुसार पोस्टमार्टम रिपोर्टमा समेत शरीरभरि नीलडाम र चोट भेटिएको छ । रिर्पोटमा ढाडको करङ भाचिएको, नीलडाम भएको देखिएको छ । प्रहरीले मृतकका पति प्रशान्त तण्डुकारलाई किटानी जाहेरीका आधारमा पक्राउ गरेको छ ।
रुविले तण्डुकारसग २०६३ मा प्रेमविवाह गरेकी थिइन् । शनिबार दिउसो दुई बजे कोठाको ङ्खयानमा सलको पासो लागेको अवस्थामा रुवि फेला परेको प्रशान्तले बताएका छन् । उनले अघिल्लो दिन सामान्य विवादमा आफूले कुटपिट गरेको समेत स्वीकार गरेको बालाजु प्रहरी वृत्तले जनाएको छ । मृतकका पति प्रशान्त अस्पतालसमेत गएका थिएनन् । ससुराली पक्षले कुटपिट गर्ने डरले नगएको उनले प्रहरीलाई वताएका थिए ।
प्रशान्तका अनुसार परीवारले सलको पासो काटेर नभिर्क अस्पताल लगेका थिए । अस्पतालले आइतबार बिहान मृत घोषणा गरिदिएको थियो । परीवारले झुन्डिएको देखिएपछि प्रहरी र माइती पक्षलाई खबरै नगरी अस्पताल लगेका थिए । मुखले बोलाउदा सुनिने माइतीलाई खबर नगरीएको र राति साढे ८ बजे गाउका मान्छेले भनेपछि मात्र थाहा पाएको रुवीका बावु राजेन्द्र मालाकारले जानकारी दिए ।
माइती र घर ५० मिटरमात्र वरपर छ । तण्डुकारसग विवाह गरेपछि रुष्ट भएका माइतीले रुविलाई ७ महिनापछि मात्र बोलाएका थिए । बोलाएर टीकाटालो गरी एक सरो कपडादेखि सुन लगाएर पठाएको बाबु मालाकारले बताए । ”भागेर विवाह गरेकी थिई, अरु दाइजो दिने कुरा भएन, सुन र कपडा दिएका थियौं,” उनले भने, ”त्यही सम्पत्ति नपुगेका कारण पटक–पटक यातना दिएको रहेछ ।”
विवाह गरेको दुई वर्षपछी २०६५ मा समेत आङ्खनी छोरीलाई यातना दिएको उनले बताए । दाइजोको निहुमा मरणासन्न हुने गरी पिटेको उनले बताए । ”त्यो बेला छोरी भाग्न सफल भएर हामीलाई फोन गरेकी थिई, हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,” उनले भने, ”त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुरक्षा माग गर्दै उजुरी दिएका थियौं ।” माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले दुवै जनालाई बोलाएर छलफल गराएकी थिइन् ।
प्रेमविवाह गरेर गएकाले छोरीले दाइजोका लागि खासै केही नभनेको मालाकारले बताए । ”प्रशान्तले कोठाका सबै सामान खाट, दराज लगेकाले भुईमा सुुतेकी छु भनेकाले हामीले ५० हजार रुपैया“ दिएका थियौं,” उनले भने, ”अरु पनि उसले के के माग गरेको हुन्थ्यो, छोरीले प्रेमविवाह गरेर गएकाले भन्न नसकेकी रहिछ ।” उनले छोरीको मृत्युमा ज्वाईको हात भएकाले कानुनी कारबाहीको माग गरेका छन् ।
अपराधशास्त्री माधव आचार्यले मृत्यु जसरी भएको भए पनि अपराधीलाई कारबाहीका लागि कारण नै मुख्य आधार हुने बताए । ”शरीरमा नीलडाम, पहिले भएका झगडा र यातनाले मर्न बाध्य बनाइनु अपराध हो,” उनले भने, ”दाइजोकै कारण राजधानीमा यो प्रकारको अपराध हुनु दुर्भाग्यपुर्ण हो ।” घरेलु हिसांका कारण कोही महिलाले ज्यान गुमाउनु स्वाभाविक मृत्यु नभई ठूलो सामाजिक समस्या भएको उनले बताए । राजधानीमा दाइजोकै कारण हत्या गरिएको घटना यो पहिलो भने होइन यसअघि पनि यस्ता किसिमका घटनाहरु घटेका छन् । गत फागुनदेखि अहिलेसम्म राजधानीमा ५ महिलाले ज्यान गुमाएका छन् ।
No comments:
Post a Comment