Thursday, 16 October 2014

पुरुषलाई पनि अब कण्डम लगाउने झन्जट बाट मुक्त !!!!!!!बैज्ञानिक ले अब पुरुषले बिना कन्डम को बिकल्प सार्बजनिक गरे!!!!!

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य
विधिहरु समेत उपलब्ध छन् । तर
पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम
र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ,
अहिलेसम्म । तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक
नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त
प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड
विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन
अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ । के
हो स्पर्म ज्यापिङ ? शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड
भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट
उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत
मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त
रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये
पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् ।
यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ ।
पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ
लिनुपर्छ । कसरी गरिन्छ ? यस
विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स)
मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले
उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले
गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् ।
वैज्ञानिकहरुले
अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड
इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग
ल्याउन सकिने विश्वास व्यक्त गरेका छन

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन ? थाहा पाईराखौ

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?
युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त
यौनसम्बन्धी कुरा गर्न लजाउने
हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन
जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ।
दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ
वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक
प्रभाव पार्छ।
कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र
यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो।
पुरुषहरूका लागि केही हदमा समाजले
यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक
भावना अलि बढी नै छ। महिनावारी बन्द भए
पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर
वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-
कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर
बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन
क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो।
यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य
सक्षमता दुवैमा देखिन्छ। पक्कै
पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक
जानकारी राखेर आफूलाई तयार राखे
ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके
जीवनयापन गर्न सजिलो हुन्छ।
कतिपय शारीरिक संरचना एवं
अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत
रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं
यौनसम्बन्धी कुरामा शरीर
संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्।
उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन
अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन
हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य
समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न
सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन
केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन
उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने –
चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने
भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। –
महिनावारी बन्द भएपछि योनिका भित्ताहरू
केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने।
केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव
हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष
हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म
यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने
कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने
शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष
त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू
यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न
सक्दैनन् भन्ने सोच मिथ्या हो।
पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय
तथा सुखमय यौन जीवनयापन गर्छन्। १०
हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक
अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले
यौनसम्पर्क राख्ने गरेका बताए।
७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५०
देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष
वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन
आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे
पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने
युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच
हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने
प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई
आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै
आकर्षक सावित हुन सक्छ।
पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू
यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने
कुरामा पनि सत्यता छैन।

Saturday, 11 October 2014

महिनाबारीका बेला गरिने सेक्सभित्रका १० तथ्य !

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र
त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख
छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष
महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले
पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार
हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई अ
सर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले
महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।
महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक
तथ्य यसप्रकार छन् :
१. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने
सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र
छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र
अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।
महिनावारी
३.यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित
भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर
रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा एड्स
लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।
२.महिनाबारी हुादा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत
छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ ।
महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउादा कुनै
हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएकेा भए
महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने
सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन
सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।
४.महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै
असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।
५. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने
मान्यता पनि गलत हो । महिनाबारीका बेला पाठेघरको मुख
खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम
धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै
साँघुरो मुखबाट छिर्ने सम्भावना हुादैन ।
६. महिनाबारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य
प्राकृतिक प्रक्रिया हो ।
त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।
७. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने
क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई
पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन ,
सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै
रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।
८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ ।
यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने
हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस
गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट
दुख्न कम हुन्छ ।
९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर
त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ ।
१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न
नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर
हानी पूराउने खतरा रहन्छ ।

Wednesday, 8 October 2014

साबधान ! हतारमा यौन सम्पर्क गर्दा निकै खतरा, हेर्नुस के-के हुन्छ

प्रत्येक उमेरका व्यक्तिको चासो र उत्सुकताको विषय हो। त्यसमध्ये
पनि युवा उमेरमा यस विषयमा बढी नै रुचि हुन्छ। यो स्वाभाविक
पनि हो। अहिले प्रायः युवा सम्भोगको अनुभव लिन पैसा तिरेर व्यावसायिक
यौनकर्मीकहाँ जाने गर्छन्।
यो स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त असुरक्षित छ।
परामर्शका क्रममा भेटिएका केही व्यक्तिसँगको अनुभवअनुसार
यौनकर्मीकहाँ जाँदाका कठिनाइ यसप्रकार छन्। -तुरुन्त
सम्भोगको लागि तयार हुनुपर्ने -हतार-हतारमा यौनकर्मीले नै
कन्डम लगाइदिने -प्राक्क्रीडा (फोरप्ले) का लागि समय नदिने -
प्रेम, आत्मीयताको महसुस नहुने -डर
बढी हुने। सम्भोग कुनै यान्त्रिक प्रक्रिया पक्कै पनि होइन।
यो त पुरुष र महिलाबीचको आत्मिक क्रिडा हो। त्यसैले हतार-
हतारमा, डरमा सम्भोग गरेर वीर्य स्खलन होला तर गहन
सम्भोग भने हुन सक्दैन। यौनकर्मीकहाँ गएर गरिने
सम्भोगबाट यौन उत्सुकतालाई केही हदसम्म कम गर्न सकिए
पनि स्वास्थ्यको दृष्टिबाट भने सुरक्षित मान्न सकिँदैन।
प्रायः सेक्स वर्कर्सले नै कन्डम लगाइदिने हुँदा उनीहरूले
सही तरिकाले कन्डम लगाउने सम्भावना न्यून हुन्छ।
यसरी सम्पर्क राख्दा यौनरोगका साथै एचआइभी/
एड्स रोग पनि सर्न सक्छ। नेपालमा सेक्स वर्कर्सलाई
कानुनी रूपमा वैधानिकता नदिएको कारणले
लुकीछिपी यौन सम्बन्ध राख्नुपर्ने बाध्यता छ।
यसले गर्दा सम्भोगको क्रममा डर भइ नै रहन्छ। यसले सम्भोगलाई झन्
फिका बनाउँछ। सेक्स वर्कर्सहरू दिनमा धेरै जनासँग सम्भोग गर्ने
हुँदा थाकेको पनि हुन्छ।
पैसाको खाँचोले उनीहरूलाई यस पेशामा धकेलेको हुन्छ।
उनीहरूलाई आत्मीयतासँग मतलब हुँदैन। कुनै
महिलाको अनुहार हेरेर उसको स्वास्थ्यको मापन गर्न सकिँदैन। त्यसैले
सेक्स वकर्सहरूसँगको यौन सम्बन्धलाई कुनै पनि हिसाबले सुरक्षित
मान्न सकिन्न। प्रायः पुरुष डरको कारणले पूर्ण रूपमा उत्तेजनामा आउन
नसकेर लिंग कडा नहुने, शीघ्र स्खलन हुने, स्खलन नै
नहुने समस्या पनि देखिएको छ।
यो शारीरिक समस्या नभएर मनोवैज्ञानिक समस्या हो।
यसका लागि मानसिक रूपमा तयार हुनु जरुरी छ। त्यसैले सम्भोग
जहीँकहीँ हतार गर्नु राम्रो होइन। यसलाई
सम्भोग गर्ने स्थान, वातावरण अनुकूल मिलाएर गर्नसके
चरमोत्कर्षमा पुग्न सकिन्छ। असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने
रोगहरूः -एचआइभी/एड्स -हेपाटाइटिस बी,
सी, डी -सिफिलिस (भिरंगी) -
गोनोरिया (धातु रोग) -टोक्सोप्लाज्म -टाइटोनेगालो भाइरस यौनरोगबाट बच्ने उपाय
यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै
हो।
आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म
नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ। प्रायः पुरुषले
कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै
मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने
सही तरिकाले कडम नलगाएको कारणले
गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ।
यस्तो अवस्थामा यौन रोग सर्ने
सम्भावना हुनुका साथै
बिनाइच्छा गर्भधारण पनि हुनसक्छ।
त्यसैले जोसमा आएर होस नपुर्याई यौन
सम्बन्ध राख्दा जीवन नै
जोखिममा पर्नसक्ने कुरा भने
बिर्सनुहँुदैन।
अहिलेका युवायुवती चुम्बन
गर्न खुब मन पराउँछन्। पाश्चात्य
जगत्बाट सिकेका धेरै प्रकारका चुम्बन
प्य्राक्टिस गर्न उनीहरू
उत्सुक रहन्छन्।
तीमध्ये टङ किस, फ्रेन्च
किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्याउनु
आवश्यक हुन्छ। मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै
राम्रो हुन्छ। पुरुष-महिलाबीच कुनै एकलाई
एचआइभी/एड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ
भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ।

जान्नुहोस,सेक्स कतिबेला र कतिपटक गर्ने ?

सेक्स
गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार
सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर,
रातिमा भन्दा विहानको समयमा सेक्स
गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड
फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई
विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।
एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट
तपाईंलाई स्वस्थ राख्न विहानको समय नै
सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।
सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।
स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स
हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै
ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु
गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले
दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग
पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ ।
इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स
गर्दा उत्तेजना चाँडै हुन्छ ।
सेक्स गर्नुस् मोटोपन घटाउनुस
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा।
डेबी हरबेनिकले एक
अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय
विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार
विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने
केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै
होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स
सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स
गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स
एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित
सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।
सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार
सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने
चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र
आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले
एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले
बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष
दुबैमा प्रजनन क्षमता पनि बढ्छ ।
लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स
गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।
विहानको सेक्समा कसरी मजा लिने ?
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस
जाने तयारी आदि गर्नुपर्ने हुन्छ ।
यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन
भने विहानमै सेक्स गर्दा राम्रो ।
विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै
बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने
विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै
बढि आत्मियता प्राप्त पाउने मात्रै होइन
रमाइलो पनि हुन्छ ।
रातिमा सेक्स किन नगर्ने ?
विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने
जिज्ञासा लाग्न सक्छ ।
रातीमा खासगरी खाना खाएर बेडमा जाने र
सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर
सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु
हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै
गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ ।