
सुटिङ देखि नै विवाद मुछिएको एटिएमको प्रोमो अनलाईन मार्फत सार्वजनिक भएपछि झन् विवाद बढेको छ । सि ग्रेटको हिन्दी चलचित्र भन्दा पनि अस्लील र भद्धा दृश्य मात्र नभएर समाजमै अपाच्य हुने खालका शब्दहरुको प्रयोगले यसको विवाद झनै चुलिदै गएको हो । नायकले नायिका जिया केसी, सविना कार्की र सोनिया शर्माको खुलेआम आफ्नो स्तन समातेका दृश्यलाई समेत बोर्डले दिएको छुटका कारण विवाद झनै चुलिदै गएको बताईन्छ । पछिल्लो समयमा लुट र चपली हाईट जस्ता चलचित्रमा बोलिएका अस्लील शब्दको प्रयोग सँगै यी चलचित्रले राम्रो ब्यवसाय गरेपछि भविश्य नै नहेरी सस्तो लोकप्रियताको लागि ब्लु (निलो चलचित्र) झै बन्न क्रम ह्वात्तै बढेको छ । नाम नबताउने शर्तमा एक चलचित्रकर्मी भन्छन् “यो नायक(निर्माता) दिनेश थापाले नायीकासँग रमाईलो गर्न बनाएका हुन्।” थापाको यो चलचित्रले नेपाली चलचित्रको ईतिहासमा कालो दाग मात्र होईन नायीकाहरुको चरित्रमा समेत ह्रास पुर्याएको चलचित्र विश्लेषक एवम् निर्देशक रविन श्रीले बताए । श्री थप्छन्–“यस्तो चलचित्र खेल्ु भन्दा निलो चलचित्र खेल्न गए भईहाल्थ्यो नी ।” यता बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्तो चलचित्रलाई कारवाही गर्ने वा प्रदर्शनमा रोक लगाउने भने पनि यो उनको आफू बच्ने मेलो मात्र हो भन्ने बझ्नमा आएको छ । अर्कोतीर यस्ता आपत्तीजनक दृश्य र आपत्तीजनक संवादको विषयमा नायीकाहरुसँग कुरा गर्दा आफूहरुले कथाले मागेको दिएका बताएर तर्किछन् । साथै उनीहरु भन्छन् कथाले मागे नाङ्गीन
समेत उनीहरु पछि नपर्ने बताउँछन् । उनीहरुको यो कथनले यो प्रष्टै हुन्छ की ब्लु(निलो) चलचित्र खेल्न तयार छन् । नेपाली चलचित्र उद्योगमा अब त्यो दिन पनि आउन धेरै छैन ब्लु (निलो) चलचित्र बनाएर यी नायीकाहरुलाई नङ्ग्याउने । एटिएमको प्रोमो र नायीकाहरुको कथनले कोही छ ब्लु(निलो) चलचित्र बनाउने? भन्ने प्रश्न उब्जिएको छ ।
No comments:
Post a Comment