Wednesday, 29 August 2012

श्रीमतीको भन्दा थोरै कमाइ जिन्दगीकै लागि हानिकारक

पुरुष मित्रहरु तपाइँको कमाइ कति छ ? तपाइँले आफ्नी जिवनसाथीले भन्दा कतै कम पैसा त कमाइरहनुभएको छैन ? यदि हो भने तपाइँले विचार पूराउनुपर्ने भएको छ । श्रीमतीले भन्दा कम पैसा कमाउने पुरुषको जिवन सुखी बन्न नसक्ने र कम आर्जन सुखी जिवनको मार्गमा बाधक बन्ने मलेसियामा गरिएको एक अध्ययनले देखाएको छ । मलेसियाको जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बढि कमाउने श्रीमतीबाट पीडित हुने लोग्नेहरुको संख्या बढिरहेको छ । बढी पैसा कमाउने श्रीमती वा प्रेमिकाहरुले कम कमाउने लोग्ने वा प्रेमीहरुलाई हेँप्ने तथा विभिन्न दुव्र्यवहार तथा हिंसा गर्ने बताइएको छ । यसरी स्वास्नी तथा प्रेमिकाबाट दुव्र्यवहार भोगेको भन्दै मन्त्रालयमा अघिल्लो वर्ष २५ जना पुरुषले उजुरी गरेका छन् । सन् २०१० मा यस्ता पत्नी तथा प्रेमिकापीडित ३२ जना तथा २००९ मा १४ जनाले उजुरी गरेका थिए । बढि कमाएको घमण्ड गर्ने महिलाहरुले आफ्ना पार्टनरलाई विभिन्न प्रकारका थिचोमिचो तथा हिंसा गर्ने गरेका छन् । कतिपय पुरुषमा पत्नी तथा प्रेमिकाको कुटपिटबाट गम्भीर चोट लाग्ने गरेको पाइएको छ भने संवेगात्मक अर्थात् मनोवैज्ञानिक दुव्र्यवहारका साथै कतिपय अवस्थामा आफ्नो लोग्नेलाई कोठामा थुन्ने गरेको समेत पाइएको छ । मलेसियाको महिला विकाश मन्त्रालयमा गएको वर्ष ४ जना पुरुषले आफु श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका थिए । यसरी पुरुष पीडित हुनुको मुख्य कारण श्रीमतीको कमाइ बढि हुनु नै थियो । बढि कमाउने भएपछि श्रीमती बढि भाले बन्ने तथा दबाउने प्रवृत्ति देखाउने गरेको बताइन्छ । कतिपय महिलाले घर कुर्ने लोग्नेले बढि खर्च गरेको, घर सफा नगरेको भन्नेजस्ता आरोप लगाएर समेत गाली गर्ने तथा दुव्र्यवहार गर्ने गरेका बताइएको छ । महिलाले यदि आफ्नो श्रीमानले भन्दा बढि कमाउन थालिन् वा स्वभाविक रुपमा उनमा घमण्ड बढ्ने र आफ्नो श्रीमानलाई नामर्द, औचित्यहीन तथा प्रयोगवीहिन वस्तुको रुपमा हेर्न थाल्ने भएकाले उनले लोग्नेमाथि हिंसा तथा थिचोमिचो सुरु गर्ने मनोविज्ञहरुको भनाइ छ । यसले अन्ततः दाम्पत्य जीवनमा खटपट आउने मात्र नभई पुरुषमा मनोवैज्ञानिक तथा शारीरिक असर समेत देखिन थाल्छन् र कतिपय अवस्थामा पुरुष हिंश्रक रुपमा देखापर्नसक्छ ।

Monday, 27 August 2012

‘सेक्स टुरिजम इभेन्ट’ गर्न खोज्ने पोखरेल प्रहरी


११ भदौ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने तथा सेक्स टुरिजम इभेन्ट आयोजना गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर घर भई काठमाडौंको कुमारीगाल नयाँ वस्ती बस्ने ४० वर्षिय किर्तन पोखरेल छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले भदौ ८ गते कुमारीगाल क्षेत्रबाट पक्राउ गरेको हो ।पोखरेलले युवा युवतीहरुलाई समावेश गरेर ‘बुङ्गा-बुङ्गा’ पार्टी गर्नका लागि फेसबुकमा ‘बुङ्गा-बुङ्गा ईभेन्ट’ क्रियट गरेको सीआइबीले जनाएको छ । १० देखि १७ वर्षका युवा युवती सहभागि हुने बुङ्गा-बुङ्गा पार्टीमा सहभागि हुन २ हजार यूरो खर्च लाग्ने सूचना पोखरेलले फेसबुक मार्फत प्रवाह गरेको र त्यसमा केही फेसबुक प्रयोगकर्ताले लाईक समेत गरेको पाईएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरेलले २० वटा ईमेल आइडी बनाएको र त्यसै मार्फत फेसबुक एकाउन्ट खोलेर फर्जी इभेन्ट राखी अन्तर्राष्ट्रिय संगठिन अपराध गर्न सक्ने, फेसबुकमा क्रियट गरेको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने काममा संलग्न रहेको र आर्थिक लाभका लागि इमेलबाट नग्न तस्विरहरुआदान प्रदान गरेको समेत सीआइबीको दावी छ । पक्राउ परेका पोखरेललाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ । विद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

Friday, 24 August 2012

के पहिलो पटक यौनसम्पर्क गर्दा रगत आउनैपर्छ ?

पहिलो यौन सम्पर्कको सन्दर्भमा किन के-कस्तो गाह्रो कुरा खोज्नुभएको स्पष्ट छैन। दुई अपरिचित व्यक्तिबीच यौनसम्पर्कजस्तो अन्तरङ्ग सम्बन्ध राख्नु, पक्कै केही असजिलो हुनसक्छ तर यदि व्यक्ति मानसिक तथा शारीरिक रूपमा तयार छ भने पहिलो यौनसम्पर्कमा कठिनाइ हुनैपर्छ भन्ने केही छैन। त्यसैगरी पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन। त्यसको चर्चा गरिहाल्नु भन्दा पहिले एकछिन यो निक्षेत्रको संरचनाका बारेका चर्चा गरौं। योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्टिमा गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ, जसलाई योनिच्छद (Hymen) भनिन्छ। योनि तथा मूत्रद्वारलाई दुवैतिरबाट छोप्ने छालाका पत्रहरू हुन्छन् जसलाई सानो भगोष्ठ भनिन्छ। भगक्षेत्रमै मूत्रद्वार (पिसाब आउने प्वाल) भन्दा माथि अलि उठेको मासुको भाग हुन्छ, जसलाई भगांकुर भनिन्छ। महिलाको सबै बाहिरी प्रजनन् अंगहरू जस्तै योनि, मूत्रद्वार, भगांकुर समेतलाई दुवै तिरबाट छोप्ने छालाको बाहिरी पत्र हुन्छ, त्यसलाई ठूलो (बाहिरी) भगोष्ठ भनिन्छ। सामान्य अवस्थामा यी भगोष्ठहरूले महिलाको यौन तथा प्रजनन अङ्गलाई सुरक्षा प्रदान गर्छ र चोट लाग्न दिँदैन। विशेषगरी नव दुलहीको कुमारित्व (कौमार्य) नतोडिएको हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ। हुन त केटामा पनि यो कुरा लागू हुनुपर्ने हो। वास्तवमा यौनसम्पर्क राख्नु नै कुमारित्व वा कुमारत्व तोडिनु हो। केटाहरूको सन्दर्भमा धेरै चासो नदिए पनि केटीको सन्दर्भमा धेरै चासो दिइन्छ। पहिले-पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिन गई रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए वा नभएको आधार बनाइन्थ्यो, तर यो कुरा वैज्ञानिकतामा आधारित छैन। कतिपय युवती योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ। महिलाहरूमा यो निच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारिरीक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन। पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ। के लिंग सानो भएर असन्तुष्टि भएको हो ? सन्तान उत्पादन गर्ने र यौनसुख दिने अङ्ग भएकाले लिङ्गको विशेष सांकेतिक महत्व छ। यसको लम्बाइ वा मोटाइसँग व्यक्तिको आत्मसम्मान जोडिएको हुन्छ। लिङ्गको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ। सानो भन्नुभए पनि साइज नलेख्नुभएकाले यसै भन्न सकिएन। बुझ्नुपर्ने कुरा के हो भने महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग 'भगांकुर' बाहिरतिरै हुन्छ। यसको घर्षणका लागि पुरुष माथि र महिला तल हुने आसनमा योनि-लिङ्ग मैथुनले खासै सहयोग गर्दैन। फेरि योनिको योनिद्वार (बाहिर) तिरको भाग यौन संवेेदनशील हुन्छ। लिङ्ग केही सानै भए पनि त्यसले योनिको बाहिरतिरको भागमा घर्षण गर्न पुग्छ। अर्को कुरा, भगांकुरलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउनेजस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य नयाँ प्रयोगहरू गर्न सकिन्छ। पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ। साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन। साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालैपालो गरेर यौन चरमसुख प्राप्त गर्न एक-अर्कालाई सहयोग गरे पनि हुन्छ। साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् 'संभोग' जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्-श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो। मुख्य समस्या के होला ? तपाईंको सन्देशमा भएको सीमित जानकारीका आधारमा यसै भन्न नसकिए पनि तपाईंको श्रीमान्मा पहिलो यौनसम्पर्कमा तपाईंको योनिबाट रगत नआउनु वा तपाईंलाई गाह्रो नहुनुले तपाईंले विवाह पूर्वयौनसम्पर्क राख्नुभएको आशंका नै मूल समस्या हुन सक्छ। सन्देशअनुसार तपाईंको पहिलो यौनसम्पर्क तपाईंको श्रीमान्सँगै भएको आधारमा जवाफ दिने प्रयास गरेको छु। माथि भनिएजस्तै रगत नआउनु वा गाह्रो नहुनुलाई कौमार्य भंग भए-नभएको आधार बनाइनु हुँदैन भन्ने कुरा उहाँले बुझ्नुपर्छ। यस्ता आशंकाको समाधानको उपाय सजिलो भन्ने हुँदैन, तर ' शंकाले लंका जलाउँछ' भने उखानलाई मनन गर्नुपर्छ। अहिले यस्तै उपाय अवलम्बन गरिहालौं भनिहाल्नुभन्दा पहिले तपाईंको श्रीमान्ले यस्तो शंका गर्नुहुन्छ भन्ने तपाईंलाई लागेको मात्र हो कि साँच्चिकै यस विषयमा कुराकानी भएको छ, तपाईंलाई नै थाहा होला। श्रीमान्लाई यस्तो शंका भएको स्पष्ट रूपमै भन्नुभएको छ भने रगत नआउनु वा गाह्रो नहुनुबाहेक अन्य केही आधार छन् कि छैनन् भन्ने कुरा पनि खोतल्ने प्रयास गर्नुहोस्। उहाँको यौनसम्बन्धी दृष्टिकोण कति फराकिलो वा संकुचित छ भन्ने कुरा पनि तपाईले अध्ययन गर्नुभएकै होला। महिलाप्रति त्यसमा पनि यौनको दृष्टिकोण कस्तो छ विचार गर्नुहोस्। प्रथम रात्रिदेखि नै यस्ता कुरा उठेका थिए वा पछि बढी भएर आएको छ भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुहोस् ? जीवनका अन्य पक्षमा तपाईंभन्दा उहाँले आफूलाई कमजोर त मान्नुभएको छैन भन्नेतिर पनि विचार गर्नुहोस्। कतिपय स्थितिमा पुरुषले आफ्नो कमजोरीपनलाई ढाक्न अनि आफूलाई महिला भन्दा उच्च स्तरको सावित गर्न यौनका कुरा प्रयोग गर्छन्। यस्ता विविध पक्षलाई केलाई पुनः प्रश्न पठाउनुभए तपाईंको समस्याको गहिराइमा पुगेर विश्लेषण गरी सहयोग गर्न सकिन्थ्यो।

Thursday, 23 August 2012

दाइजोको निहुँमा आगो लगाइयो

जनकपुर, भाद्र ७ - एक विवाहित महिलाले जिउमा मट्टीतेल खन्याएर जलाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा श्रीमान् र सासूविरुद्ध जाहेरी दिएकी छन् । २१ महिनाअघि जनकपुर नगरपालिकाको सीमावर्ती बसहिया गाविस-९ कटैयाचौरी बस्ने गणेश साह कसेराका छोरा मुन्ना भन्ने मनोजकुमार साहसँग बिहे गरेकी भारत मधवापुर माइती भएकी २१ वर्षीया रिनादेवीले श्रीमान् र सासू फुलियादेवीले आफूलाई मट्टीतेल खन्याएर जलाउन लागेको भन्दै उजुरी गरेकी हुन् । रिनाले आफूलाई साउन २५ गते कुटपिट गरी बेहोस बनाएर मट्टीतेल खन्याएर जलाउने प्रयास गरेको बताएकी छन् । चिकित्सकहरूले रिनाको छातीमुनिको अधिकांश भाग जलेको बताएका छन् । रिनाका मामा महोत्तरी मठिहानी-७ का ओमप्रकाश साहका अनुसार जिउँमा आगो लगाई ससुरा पक्षका सबै जना घरबाट फरार भएका थिए । छिमेकीले उनलाई जनकपुर अञ्चल अस्पताल ल्याएका थिए । पछि माइती पक्षकाले थप उपचारका लागि दरभंगा लगेका थिए । दरभंगामा ९ दिन उपचार गराई उनीहरू उजुरी दर्ता गराउन मंगलबार जनकपुर आएका थिए । रिनाका मामा ओमप्रकाशले चिकित्सकको प्रेसक्रिप्सन देखाउँदै भने, 'चिकित्सकहरूले थप उपचारका लागि पटना लान भनेका छन् । जिप्रकामा उजुरी दर्ता गराउन रिनालाई यहाँ ल्याएका हौं ।' २१ महिनाअघि ५० हजार नगद तथा एक तोला सुन दाइजो दिएर रिना र मुन्नाबीच विवाह भएको थियो । विवाहपछि मुन्नाले ससुराली पक्षसँग थप ५० हजार मागेकामा दस हजार मात्र दिएपछि उक्त घटना भएको माइती पक्षको आरोप रहेको छ । रिनाकी आमा चिन्तादेवीका अनुसार मागेको थप दाइजो दिन नसकेपछि रिनालाई यातना दिने क्रम सुरु भयो र अन्ततः हत्या प्रयास पनि भयो । 'मेरो चार सन्तानमध्ये रिनाको मात्र बिहे भएको छ । अर्को छोरीको पनि बिहे गर्नुपर्छ । अन्य सन्तानलाई पनि पालनपोषण गर्नुपर्छ । अनि पटक-पटक दाइजो कहाँबाट दिने ?,' उनी भन्छिन् । धनुषा प्रहरीले मंगलबार उजुरी दर्ता गरेको थिएन । प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेलले एक जनाको हत्या प्रयास मुद्दामा झन्डै एक दर्जन व्यक्तिलाई आरोपी बनाइएकाले मंगलबार मुद्दा दर्ता नगरिएको बताए । बुधबार भने श्रीमान् र सासूविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दिएको उनले बताए ।

महिला आफ्नो स्वार्थका लागी केके गर्छन् हेरौ

एजेन्सी । यो विश्वमा मानिन्छ पुरुष महिलालाई जागिर खान देखी लिएर हरेक क्षेत्रमा सजिलो हुन्छ । भनिन्छ महिला जहाँ गए पनि केहिकेहि गर्छन् । आखिर उनीहरुले यसका लागी कति सम्झौता गर्छन आफैसंग । यस्तै एक अध्ययनले के देखाएको छ भने.. -महिला जब कार्यालयमा अन्तवार्ता दिन जान्छ हरेक सात जनामा एक महिला आङ्खनो बोसलाई आकर्षित गर्न दुइ स्तनको बिच भाग मा जोतिने गरी सिक्रि लगाउछन् । -पचास महिला जागिरको लागि अन्तरवार्ता दिन जाँदा आङ्खनो वनस्थल जतिसक्दो बढि प्रदर्शन गर्न चाहन्छन् ता की स्तनबाट मोहित भएर अन्तरवार्ता लिने व्यक्ति उसलाई जागीर दिन तयार होस । -महिला सेक्सी देखिन लुकाउनुपर्ने अङहरु विभिन्न बहानामा देखाउछन् । -महिलाले सधै अरुको स्तन हेरेर आङ्खनासंग तुलना गर्छन् । -यदि कहिले काँही लामो लाइन बस्नु पर्ने भयो तर उनलाई ढिला भइरहेको छ भने १६ प्रतिशत महिला आङ्खनो स्तनले लाइनमा रहेका पुरुषहरुलाई धक्का दिदै लाइन मिचेर अगाडी बस्ने गर्छन ।

[स्तन बारेका ८ तथ्य]


=> महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो ।यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र आरिसको विषय बन्ने गरेको बताइन्छ ।महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ८ रोचक तथ्य हामीले खोजिनीति गरेर तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ । ·महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत बोसो रहेको हुन्छ ।लिंग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ । · महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ । ·विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २जना पुरुषले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए । · विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् ।उनका स्तन यति ठूला थिए ती दुबैमा १-१लिटर पानी अट्नसक्थ्यो । · इशापूर्वको ७ औँ सताब्दीदेखि नै महिलाले स्तन छोप्ने ब्रा लगाउने गरेको पाइएको छ । अहिले विश्वमा वर्षेनी १६ अर्ब डलर बराबरका ब्रा बिक्रि हुने गरेका छन् । · विश्वका केही सहर त्यस्ता पनि छन् जहाँ महिलालाई बुबु देखाएरै हिड्ने कानुनी स्वतन्त्रता छ । · धूमपानले महिलाको स्तनलाईखुकुलो पार्दछ, त्यसैले गठिला स्तन चाहनेले धूमपानबाट टाढै रहनुपर्छ ।