Wednesday 30 May 2012

सावधान ! फेसबुककै कारण जेल परिएला


- तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने, एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो । केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ । सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो । गृहमन्त्रालयका एक अधिकारीले भने ‘सूचना प्रविधिको बिकाससंगै पछिल्लो समय देश भित्र र बाहिर बसेर सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामग्री, अपमानित गर्ने खालका सामग्री, एनिमेशन गरेका फोटो राख्ने क्रम बढेको छ । त्यसैले अब केहीदिन भित्र कारबाही गरेको सार्वजनिक हुनेछ ।’ के हुन्छ त कारबाही ? विद्युतीय कारोबार ऐन २०६३ अनुसार त्यस्ता सामग्रीहरु प्रशारण, प्रदर्शन, बिक्री वितरण र प्रवाह गर्नेलाई ऐनको दफा ४७ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय हुने उल्लेख छ । गृहमन्त्रालयले पछिल्लो पटक फेसबुक र ट्वीटर मार्फत एनिमेशन हुने फोटो तथा सार्वजनिक जीवनमा असर पुराउने काम नेपाल बाहिरबाट समेत हुने भएपछि कारबाहीको दायरा फरक तरिकाले तय गरेको छ । विदेशमा बस्ने नेपालीले त्यस्तो काम गरेमा उनीहरुको भिषा रद्ध गर्ने, नेपाल फिर्ता पठाउन पहल थाल्ने र नेपाल फर्कदा काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाही गर्नेसम्मको योजना गृह मन्त्रलयले बनाएको छ । गृह मन्त्रालयका सह—प्रवक्ता एकमणी नेपालले पनि सामाजिक सञ्जालमा आइरहेका अश्लिल सामग्री तथा घृणा फैलाउने वा कसैको मानहानी गर्ने सामग्री नियन्त्रण गर्न गृह मन्त्रालयले पहल थालेको बताउनुभयो । नेपालले भन्नुभयो ‘नेपाल दुरसञ्चार प्राधिकरण, सुचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरेर थालेको यो कामको नतिजा चाँडै देखिनेछ ।’ यसका लागि देशभित्र वा बाहिरबाट कुनैपनि सामाजिक संजाल मार्फत अपमानित गरिएमा गृहमन्त्रालयको शान्ति सुरक्षा शाखा, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण वा प्रहरी प्रधान कार्यालयमा उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ । by UNN.COM

नङ्ग्यायो एटीएमले नेपाली नायीकालाई


सुटिङ देखि नै विवाद मुछिएको एटिएमको प्रोमो अनलाईन मार्फत सार्वजनिक भएपछि झन् विवाद बढेको छ । सि ग्रेटको हिन्दी चलचित्र भन्दा पनि अस्लील र भद्धा दृश्य मात्र नभएर समाजमै अपाच्य हुने खालका शब्दहरुको प्रयोगले यसको विवाद झनै चुलिदै गएको हो । नायकले नायिका जिया केसी, सविना कार्की र सोनिया शर्माको खुलेआम आफ्नो स्तन समातेका दृश्यलाई समेत बोर्डले दिएको छुटका कारण विवाद झनै चुलिदै गएको बताईन्छ । पछिल्लो समयमा लुट र चपली हाईट जस्ता चलचित्रमा बोलिएका अस्लील शब्दको प्रयोग सँगै यी चलचित्रले राम्रो ब्यवसाय गरेपछि भविश्य नै नहेरी सस्तो लोकप्रियताको लागि ब्लु (निलो चलचित्र) झै बन्न क्रम ह्वात्तै बढेको छ । नाम नबताउने शर्तमा एक चलचित्रकर्मी भन्छन् “यो नायक(निर्माता) दिनेश थापाले नायीकासँग रमाईलो गर्न बनाएका हुन्।” थापाको यो चलचित्रले नेपाली चलचित्रको ईतिहासमा कालो दाग मात्र होईन नायीकाहरुको चरित्रमा समेत ह्रास पुर्याएको चलचित्र विश्लेषक एवम् निर्देशक रविन श्रीले बताए । श्री थप्छन्–“यस्तो चलचित्र खेल्ु भन्दा निलो चलचित्र खेल्न गए भईहाल्थ्यो नी ।” यता बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्तो चलचित्रलाई कारवाही गर्ने वा प्रदर्शनमा रोक लगाउने भने पनि यो उनको आफू बच्ने मेलो मात्र हो भन्ने बझ्नमा आएको छ । अर्कोतीर यस्ता आपत्तीजनक दृश्य र आपत्तीजनक संवादको विषयमा नायीकाहरुसँग कुरा गर्दा आफूहरुले कथाले मागेको दिएका बताएर तर्किछन् । साथै उनीहरु भन्छन् कथाले मागे नाङ्गीन समेत उनीहरु पछि नपर्ने बताउँछन् । उनीहरुको यो कथनले यो प्रष्टै हुन्छ की ब्लु(निलो) चलचित्र खेल्न तयार छन् । नेपाली चलचित्र उद्योगमा अब त्यो दिन पनि आउन धेरै छैन ब्लु (निलो) चलचित्र बनाएर यी नायीकाहरुलाई नङ्ग्याउने । एटिएमको प्रोमो र नायीकाहरुको कथनले कोही छ ब्लु(निलो) चलचित्र बनाउने? भन्ने प्रश्न उब्जिएको छ ।

Wednesday 23 May 2012

बोक्सी मन्त्र सिक्न भान्जाको हत्या

रौतहटको समनपुर गाविसमा आफ्नै माईजुले नाबालक भान्जाको हत्या गरेकी छिन् । हत्यापछि नाबालकको शव घरको आँगनमा गाडेर टाउको बागमती नदीको किनारमा फालेको अबस्थामा प्रहरीले फेला पारेको छ । समनपुर गाविस–८ कि महदेवी यादवले सर्लाही मानपुर–३ का आफ्नै भान्जा तीन बर्षिय नितेशकुमार यादवको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । एक महिनादेखि माईजुको घरमा बस्दै आएका बालक नितेश दुई दिन अघि बेपत्ता भएका थिए । बेपत्तापछि खोजतलास गर्दा महदेवी यादवले मारेको खुलेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी हिरासतमा रहेकी यादवले बोक्सी मन्त्र सिक्ने क्रममा आफ्नै भान्जालाई वली दिएको स्वीकारेकी छिन्|

कुरकुरे बैँसको सेक्सले गराउँछ डिभोर्स


किशोरावस्थाबाटै सम्भोगको अनुभव बटुल्न थालेका महिलाको वैवाहिक जिवन धेरै नटिक्ने र त्यस्ता महिलामा सम्बन्ध विच्छेदको दर बढि हुने गरेको एक अध्ययनले देखाएको छ । किशोरावस्थाकोसे क्स र डिभोर्सको दरबीचको अन्तरसम्बन्धका विषयमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अमेरिकाकोइओवा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनको क्रममा किशोरावस्थामै सम्भोगको अनुभव बटुलेका ३१ प्रतिशत महिलाको वैवाहिक जिवन केवल पाँच वर्ष मात्र टिकेको पाइएको छ । त्यस्तै ४७ प्रतिशतको १० वर्षमै डिभोर्स भएको छ । त्यस्तै परिपक्व भएपछि मात्र सेक्सको अनुभव लिएका महिलामा भने सम्बन्ध विच्छेदको दर कम पाइएको छ । परिपक्व भएपछि अर्थात् किशोरावस्था पार गरेपछि मात्र सेक्स गरेका महिलामध्ये केवल सयमा १५ जनाको ५ वर्षभित्रमा डिभोर्स भएको पाइएको छ । त्यस्तै ढिलो सेक्स गर्नेहरुमा केबल २७ प्रतिशत महिलाको बिहेको १० वर्षभित्रमा सम्बन्ध विच्छेद भएको पाइयो । किशोरावस्थाबाटै सेक्स गर्न थाल्ने महिलाहरुमा सम्बन्ध विच्छेदको दर बढि हुनुमा मनोवैज्ञानिक तथा यौनिक दुइ कारण रहेका बताइएको छ । सानै उमेरदेखि सेक्सको लत लागेका महिलाहरु बिहेपछि एकजना पुरुष वा लोग्नेसँग मात्र सेक्स गर्दा सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ उनीहरुमा सानैदेखि केटा फेर्ने बानी परेको हुन्छजसले बिहेपछि पनि डिभोर्स गर्ने कामलाईउनीहरुले सहज रुपमै लिइदिन्छन् ।

Tuesday 22 May 2012

Monday 21 May 2012

फेसबुक संस्थापकको भूमिगत विवाह.


फेसबुकका अर्बपति संस्थापक मार्क जुकरबर्गले बिहे गरेको खबरले विश्वभर सनसनी फैलिएको छ । सनसनी फैलनुको कारण चाहिँ ठूला मान्छेले गरेको भूमिगत शैलीको विवाह नै हो । जुकरबर्गले अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा पुरानी गर्लफ्रेन्ड २७ वर्षीया प्रिस्सिला चानसित बिहे गरेका हुन्। जुकरबर्ग उनीभन्दा एक वर्षले जेठा छन। शनिबार भएको विवाह समारोहमा उनले एक सय जनालाई बोलाएका थिए । उनको बिहेको खबर यस्तो बेला आएको छ जति बेला फेसबुकले आफ्नो सेयर सर्वसाधारणका लागि बिक्री सुरु गरेको थियो ।बिहेमा उनले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको बीबीसीले जनाएको छ। दुवैको भेट नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो, जुन बेला उनले भर्खरै फेसबुक सुरु गरेका थिए। नवविवाहित चान चिकित्सक हुन् । दुबैले विवाह गरेको जानकारी आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन ।उनले विवाहको फोटो सार्वजनिक गरेको आधा घण्टामै डेढ लाख जनाले लाइक गरेका थिए।सन् २००४ मा सुरु भएको फेसबुक अहिले संसारकै सबै भन्दा चर्चित सामाजिक सञ्जालको रुपमा विकास भएको छ ।

Sunday 20 May 2012

रेखाबाट ‘सेक्स पिडीत’ भएँ: छवि ओझा


नायिका रेखा थापा र निर्माता छविराज ओेझा विचको सम्वन्ध बिग्रनेक्रम उत्कर्षमा पुगेको छ । रेखाले आफुलाई श्रीमान्को व्यवहार नगरेको भन्दै पति छवि ओझाले सार्वजनिकरुपमा दुखेसो पोख्न थालेका छन् । उनीहरुकै कुरा पत्याउने हो भने दुवैवीच बोलचाल नभएको १० महिनाभन्दा बढि भइसक्यो । रेखाले गुहृश्वरी स्थित छवि र उनको घर छोडेर वाहिर वस्न थालेको २ महिना भैसक्यो । रेखाले छविलाई आफ्नो श्रीमान् भन्दा पनि बाबु आर्थात अभिभावकको रुपमा हेरेको बताउँछिन् । पत्नी रेखासँग सम्बन्ध बिग्रकोबारे अनलाइनखबरसँग छविले लामै कुराकानी गर्दै केही नयाँ रहस्यहरु खोलेका छन् । दुई वीचको सम्बन्ध बिग्रनुमा सेक्ससम्बन्ध ठिक नहुनु जति जिम्मेवार छ, त्यो भन्दा बढि सम्पत्तिको लफडा रहेको छविले प्रष्टै खुलाएका छन् । प्रस्तुत छ अनलाइनखबरका लागि बिजय आवाजसँग उनले पोखेको पीडा उनकै भाषामाः रेखाका लागि अहिले मेरो घर माईती जस्तै भएको छ भने उसको घर घर जस्तै भएको छ । उ दुई महिना भयो घर नआएको । अव, भन्नुहोस् यसलाई मैले के भन्ने ? यदि, उसले मलाई श्रीमान् मान्ने हो भने, घरमा आउनु पर्यो, श्रीमान् श्रीमतीको सम्वन्धमा वस्नुपर्यो । उसले मलाई अभिभावक मान्ने हो भने, अव उसले मलाई हेर्नु पर्छ कि पर्दैन ? अव वुढेसकाल लाग्दै गरेको मेरो जिन्दगीलाई उसले हेर्नुपर्छ कि पर्दैन ? मसग त आज केही पनि छैन । न त मसँग रेखा नै छ, छोराछोरीले पनि उमेरमा तरुनी च्यापीस् भनेर मलाई रुचाउँदैनन् । रेखाले पनि नहेर्ने, छोराछोरीले पनि नहेर्ने हो भने, अव मेरा लागि त सवैभन्दा ठुलो कुरा पैसा नै हो । यसैले मलाई वाउ भन्ने हो भने उनको नाममा मैले पास गरिदिएको घर मेरो नाममा पास गरिदिनुपर्यो नि । उनले त केही पनि उतरदायित्व निर्वाह गरेकी छैनन् । अव मेरो वुढेसकालको साहारा के त ? मेरो प्रष्ट भनाई, उनको नाममा भएको सम्पत्ती मेरो नाममा पास गरिदिनुपर्यो, अनि मलाई बाबा भन्नु पर्यो । उनीसँग त उमेर छ, नेपालको नम्वर १ नायिका हुन, अझै पनि कमाउन सक्छिन् । तर मसँग केही छैन, जे कमाएँ सवै उनकै नाममा गरिदिएँ । यदि लोग्ने नै भन्ने हो भने त, रातको १२ वजे आउँदा मैले किन सोध्न नपाउने कि उनी कहाँ गएकी थिइन ? म कुनै केटीसँग वोल्दा उनी गलफ्रेन्डको आरोप लगाउँछिन भने, मैले उनलाई त्यति सोध्ने अधिकार पनि पाउँदिन ? रेखाले एकपटक छविसँग मेरो संसर्ग नभएको ६ महिना भएको थियो भनेर अन्र्तवार्ता दिएकी थिईन् । यदि यस्तो हो भने त म रेखावाट कत्तिसम्म सेक्स पिडित भएको रहेछु, सवैले अनुमान गर्न सक्छन् । रेखाबाट मैले श्रीमतीका रुपमा बेडमा जे पाउनुपर्ने हो त्यो पाउन सकिन् । रेखाले मबाट पिडीत भएको भन्छिन । खासमा म रेखाबाट सेक्सको मामिलामा पिडीत छु । विहे गरेपछि पनि रेखाको हातवाट मैले १ कप चिया खान पाएको छैन । विहान म चाडै उठ्थें, उनी १० वजे मात्र उठ्थीन् । तर, विस्तार मै मिलाउँथे, म रेखाको श्रीमान् भन्दा पनि नोकर जस्तो भएँ । रेखाले अहिले मलाई एउटा आरोप लगाईरहेकी छिन् । मेरो यसभन्दा अघिका दुई श्रीमती पनि मसँग टिकेनन् भनेर । तर, विहे गर्ने वेलामा त मैले सवै कुरा भनेको थिएँ । उसको ममि, ड्याडिलाई सवै कुरा थाहा थियो । यदि सवै कुरा थाहा हुँदा हुँदै पनि रेखाले मसँग किन विहे गरेको त ? म त भन्छु, राम्रो केटासँग विहे गर । म अहिले ट्यावलेट खाएर सुतिरहेको छु । रेखालाई कहिले छवि मर्ला र सम्पत्ती खाउँला भन्ने छ । मैले सिनेमा क्षेत्र त वचाएँ, तर आफ्नो घरपरिवारलाई वचाउन सकिन । यसमा म दुखित छु । पहिला विहे गर्ने अनि अहिले आएर सकिएको कुरा उक्काएर मलाई गलत देखाउन खोज्ने चाल मात्र हो रेखाको । उनको दाईको विहेमा पनि कसैले मलाई वोलाएन । यो परिवारको योजना नै थियो । योजना वुनेर मवाट रेखा टाढा हुने र मलाई नै दोषी देखाउने खेल भईरहेको छ रेखाको परिवार भित्र । मैले त विहे गर्दा गाडि किनीदिन्छु, घर पास गरीदिन्छु भनेको थिएँ, जुन मैले पुरा गरे । तर, उसले यदि मलाई अभिभावक मान्छे भने, अव मेरो साहारा भनेको पैसा नै हो । मेरो सारा सम्पत्ति उनैसँग छ । त्यो मलाई फिर्ता चाहिन्छ /

किन गर्ने सेक्स ?


यदि तपाईलाई 'सेक्स'को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ। नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ... १. सेक्सले पार्छ हृदय रोग चट् भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ। २. रोगप्रतिरोग क्षमता बढाउँछ सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ। ३.तनाव गर्दछ कम नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ। ४.आयु बढ्दछ सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ। ५. रक्त सञ्चार राम्रो बनाउँदछ सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ। र ६. निद्रा लाग्दछ ७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ ८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ ९.दुखाइ पनि कम गर्दछ

Wednesday 16 May 2012

दाइजो नल्याएको निहुमा परीवारको यातना सहन नसकी रुवीले गरीन आत्महत्या


४ जेष्ठ , काठमाडौं,–दाइजो नल्याएको निहुमा परीवारले दिएको यातना सहन नसकेपछी एक युवतिले आत्महत्या गरेकी छन् । माइतीघरबाट दाइजो नल्याएको भन्दै आफ्नै पति सहितका परीवारका अन्य सदस्यहरुले निरन्तर यातना दिएकोले काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकी झुन्डिएर आत्महत्या गरेकी हुन् । रुविले परीवारका सदस्यहरुले दिएको यातनाकै कारण आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्ण बहादुर कल्ली मगरले जानकारी दिए । रुविले आत्महत्या गर्न पहिला परीवारका सदस्यहरुले कुटपिटगरी शारिरीक याताना दिएको र यातना सहन नसकेपछी झुण्डीर आत्महत्या गरेको डीएसपीे मगरले प्रष्ट पारे । मगरका अनुसार पोस्टमार्टम रिपोर्टमा समेत शरीरभरि नीलडाम र चोट भेटिएको छ । रिर्पोटमा ढाडको करङ भाचिएको, नीलडाम भएको देखिएको छ । प्रहरीले मृतकका पति प्रशान्त तण्डुकारलाई किटानी जाहेरीका आधारमा पक्राउ गरेको छ । रुविले तण्डुकारसग २०६३ मा प्रेमविवाह गरेकी थिइन् । शनिबार दिउसो दुई बजे कोठाको ङ्खयानमा सलको पासो लागेको अवस्थामा रुवि फेला परेको प्रशान्तले बताएका छन् । उनले अघिल्लो दिन सामान्य विवादमा आफूले कुटपिट गरेको समेत स्वीकार गरेको बालाजु प्रहरी वृत्तले जनाएको छ । मृतकका पति प्रशान्त अस्पतालसमेत गएका थिएनन् । ससुराली पक्षले कुटपिट गर्ने डरले नगएको उनले प्रहरीलाई वताएका थिए । प्रशान्तका अनुसार परीवारले सलको पासो काटेर नभिर्क अस्पताल लगेका थिए । अस्पतालले आइतबार बिहान मृत घोषणा गरिदिएको थियो । परीवारले झुन्डिएको देखिएपछि प्रहरी र माइती पक्षलाई खबरै नगरी अस्पताल लगेका थिए । मुखले बोलाउदा सुनिने माइतीलाई खबर नगरीएको र राति साढे ८ बजे गाउका मान्छेले भनेपछि मात्र थाहा पाएको रुवीका बावु राजेन्द्र मालाकारले जानकारी दिए । माइती र घर ५० मिटरमात्र वरपर छ । तण्डुकारसग विवाह गरेपछि रुष्ट भएका माइतीले रुविलाई ७ महिनापछि मात्र बोलाएका थिए । बोलाएर टीकाटालो गरी एक सरो कपडादेखि सुन लगाएर पठाएको बाबु मालाकारले बताए । ”भागेर विवाह गरेकी थिई, अरु दाइजो दिने कुरा भएन, सुन र कपडा दिएका थियौं,” उनले भने, ”त्यही सम्पत्ति नपुगेका कारण पटक–पटक यातना दिएको रहेछ ।” विवाह गरेको दुई वर्षपछी २०६५ मा समेत आङ्खनी छोरीलाई यातना दिएको उनले बताए । दाइजोको निहुमा मरणासन्न हुने गरी पिटेको उनले बताए । ”त्यो बेला छोरी भाग्न सफल भएर हामीलाई फोन गरेकी थिई, हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,” उनले भने, ”त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुरक्षा माग गर्दै उजुरी दिएका थियौं ।” माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले दुवै जनालाई बोलाएर छलफल गराएकी थिइन् । प्रेमविवाह गरेर गएकाले छोरीले दाइजोका लागि खासै केही नभनेको मालाकारले बताए । ”प्रशान्तले कोठाका सबै सामान खाट, दराज लगेकाले भुईमा सुुतेकी छु भनेकाले हामीले ५० हजार रुपैया“ दिएका थियौं,” उनले भने, ”अरु पनि उसले के के माग गरेको हुन्थ्यो, छोरीले प्रेमविवाह गरेर गएकाले भन्न नसकेकी रहिछ ।” उनले छोरीको मृत्युमा ज्वाईको हात भएकाले कानुनी कारबाहीको माग गरेका छन् । अपराधशास्त्री माधव आचार्यले मृत्यु जसरी भएको भए पनि अपराधीलाई कारबाहीका लागि कारण नै मुख्य आधार हुने बताए । ”शरीरमा नीलडाम, पहिले भएका झगडा र यातनाले मर्न बाध्य बनाइनु अपराध हो,” उनले भने, ”दाइजोकै कारण राजधानीमा यो प्रकारको अपराध हुनु दुर्भाग्यपुर्ण हो ।” घरेलु हिसांका कारण कोही महिलाले ज्यान गुमाउनु स्वाभाविक मृत्यु नभई ठूलो सामाजिक समस्या भएको उनले बताए । राजधानीमा दाइजोकै कारण हत्या गरिएको घटना यो पहिलो भने होइन यसअघि पनि यस्ता किसिमका घटनाहरु घटेका छन् । गत फागुनदेखि अहिलेसम्म राजधानीमा ५ महिलाले ज्यान गुमाएका छन् ।

Sunday 6 May 2012

सेक्सको स्वाद छिटो लिनेमा केटीहरु अघि


बेलायतमा गरिएको एक अध्ययनले केटाहरु भन्दा केटीहरुले सानै उमेरमा सेक्सको अनुभव लिने गरेको देखाएको छ । अध्ययनले १६ वर्षे जोवन अघि नै सेक्सको स्वाद लिनेमा किशोर भन्दा किशोरीहरु अघि रहेको देखाएको हो । १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटीहरुमा गरिएको सर्भेको नतिजा अनुसार सयमा २७ जना केटीहरुले १६ वर्ष अगावै सम्भोगको स्वाद चाखेका छन् । तर १६ वर्षअघि नै सेक्स गर्ने केटाहरुको संख्या भने कम छ । नतिजा अनुसार सयमा २२ जना केटाहरुले मात्र १६ वर्ष नपुग्दै सम्भोगको अनुभव लिन पाएका छन् । अध्ययन अनुसार केटीहरुमा सानै उमेरमा सेक्स गर्ने दर पुस्तै पिच्छे बढ्दै गएको छ । तर केटाहरुको हकमा भने सानो उमेरको सेक्सको दरमा खासै बढोत्तरी भएको नपाइएको बताइएको छ । अझ अर्को रोचक कुरा त के भने १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटी मध्ये हरेक दशमा १ जनाले आफ्ना १० जनाभन्दा बढि सेक्स पार्टनर रहेको बताएका छन् । बेलायतको लेबर पार्टीको छायाू सरकारका स्वास्थ्य मन्त्रीले पछिल्लो रिपोर्टले अनुसार बेलायती संमाज अश्लील बन्दै गएको तथा कम उमेरका किशोरीहरुमा यौनिकता चरम भएको देखिएको बताए ।

Friday 4 May 2012

सूइसाइड का ड्रामा कर रहा था, लग गई फांसी


बेंगलुरु।। सूइसाइड करने का ड्रामा करना एक 22 वर्षीय युवक की जान पर भारी पड़ा। अपनी गर्लफ्रेंड के सामने युवक फांसी लगाने का नाटक कर रहा था कि अचानक कुर्सी हिल गई और युवक को सच में फांसी लग गई। गुरुवार को बनरगटा रोड के एक फ्लैट में इंजिनियरिंग का यह स्टूडेंट अपनी 19 साल की गर्लफ्रेंड के साथ था। हादसा उस समय घटा जब वह प्लास्टिक की कुर्सी पर चढ़ कर नाइलोन की रस्सी का एक सिरा युवक ने सीलिंग फैन से बांधा और दुसरा सिरा अपनी गर्दन में। इसी बीच कुर्सी हिल गई और लड़के को फांसी लग गई। इम्फाल के ये दोनों युवक-युवकी पिछले तीन साल से डेटिंग कर रहे थे और अपनी पढ़ाई खत्म होने के बाद दोनों का शादी का प्लान था। लेकिन, पिछले कुछ दिनों से दोनों के रिश्ते में तनाव था और युवक को लग रहा था कि युवती उसे इग्नोर कर रही है। सप्ताह भर से युवती न तो उसके फोन उठा रही थी और न ही उसके मेसेजेस का रिप्लाई कर रही थी। गुरुवार को दोनों रात 11 बजे के करीब युवक के घर पहुंचे और काफी लड़े। इस दौरान युवक के तीन अन्य साथी जो साथ रहते थे दूसरे कमरे में चले गए। दोनों के बीच बहसबाजी जारी थी और युवक ने लड़की को कहा कि यदि वह उसे 'डिच' करेगी तो वह आत्महत्या कर लेगा। युवती ने बताया कि वह बहुत पजेसिव था और अक्सर इस तरह की धमकियां दिया करता था। उस दिन युवक ने युवती से कहा कि वह जो कुछ कह रहा है वह सच है और अगर युवती ने तौर तरीके नहीं सुधारे तो वह जान दे देगा। यह कहते हुए वह कुर्सी पर चढ़ गया और बाकायदा रस्सी बांध ली। तभी कुर्सी हिल गई और वह पंखे से झूल गया। कुर्सी के गिरते ही वह जोर जोर से सांसे लेने लगा। युवती ने पुलिस को बताया, 'मैंने दोस्तों को आवाज लगाई, किचन में दौड़ी और चाकू लेकर आई, रस्सी काटी लेकिन तब तक उसकी सांस उखड़ चुकी थी।' युवक के लोकल गार्जियन ने बताया,'हमने कमरे में देखा कि उसकी सांसे उखड़ रही हैं। पड़ोसियों और पुलिस को हमने बुलाया। हॉस्पिटल ले गए लेकिन वहां डॉक्टरों ने उसे मृत करार दे दिया।' युवक एक आरटीओ अधिकारी हैसना चो का बेटा था। किराए के एक घर में वह तीन मणिपुरी दोस्तों के साथ रहता था। साउथ-ईस्ट के डीसीपी पीएस हर्षा ने कहा कि ऐसा लगता है कि युवक युवती को आत्महत्या करने की धमकी दे रहा था औऱ धमका रहा था कि चीजें अचानक हाथ से बाहर हो गईं। पहली नजर से देखने पर यह खुदकुशी का मामला लगता है।

५० सेक्सी फ्याक्टर्स


१. यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ । २. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ । ३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् । ४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् । ५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ । ६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ । ७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् । ८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैर्न । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ । ९. एङ्कलबोनको तलतिर कुर्कच्चामा सर्कुलर मसाज गर्नाले उत्तेजना बढ्छ । १०. मानिसजस्तै पक्षी एवं अन्य जनावरमा पनि होमोसेक्सुयल व्यवहार देख्न पाइन्छ । एउटा चिडियाघरमा दुईवटा भाले पेंगुइन कैयन वर्षसम्म कपलका रूपमा रहे र तिनले बेबी पेंगुइनलाई एक साथ हुर्काए पनि । ११. मास्टर्स एन्ड जोन्सनका अनुसार एक प्रतिशत महिला मात्र ब्रेस्ट स्टिम्युलेसनबाटै चरम सुख प्राप्त गर्न सक्षम हुन्छन् । १२. अधिकांश महिलामा यौनसम्पर्कको चाहना गर्ने समय महिनावारीको बीच अर्थात् ११-१५ दिनमा हुन्छ, किनभने यो समयमा शरीरमा इस्ट्रोजन र टेस्टोरोन हार्मोनको मात्रा बढ्छ । अतः शरीर स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छ । १३. एक अनुसन्धानअनुसार पुरुषलाई लेवेन्डर तथा पम्पकिनपाई परपmयुमको कम्बिनेसनले उत्तेजित गर्छ । १४. कैयन महिलामा परसिस्टेन्स सेक्सुयल एराउजल सिन्ड्रोमको समस्या हुन्छ । यो समस्याबाट पीडित महिलामा सेक्सयुल उत्तेजना आर्गेज्मपश्चात पनि कायम रहन्छ तर यस्ता महिलाको संख्या भने अत्यन्त न्यून हुन्छ । १५. यौन संसर्गका बखत लगभग १ सयदेखि १ सय ५० क्यालोरी खर्च हुन्छ । १६. पुरुषहरू राति निद्रामा औसतमा ४-५ पटक उत्तेजना अनुभव गर्छन् । १७. उत्तेजित लिंग र सामान्य अवस्थाको लिंगको आकारमा परस्पर सम्बन्ध हुँदैन । १८. अनुसन्धानअनुसार यदि युवतीहरू साइकल रेसमा भाग लिन्छन् वा हरेक साता १ सय माइल साइकल चलाउँछन् भने तिनको बाह्य जनेन्दि्रयको उत्तेजना कम हुन्छ । १९. लिंगको लम्बाइको चरम सुखसित कुनै सम्बन्ध हुँदैन किनभने योनिको १/३ भाग मात्रै संवेदनशील हुन्छ । यदि यौनआसन ठीक भएमा सानो आकारको लिंगले पनि चरम सुख प्रदान गर्छ । २०. अनुसन्धानअनुसार केफिनको सेवनले यौनिक सक्रियता बढ्छ । २१. जर्मन अनुसन्धानकर्ताहरूका अनुसार सुरक्षित सम्बन्धमा महिलाको यौन इच्छा कम हुन्छ । ४-५ वर्ष सँगै रहेपश्चात् महिलाहरू पुरुषको इच्छाअनुसार यौन प्रक्रियामा संलग्न हुन्छन् । २२. एक सर्वेक्षणअनुसार अस्ट्रेलियनहरू यौनसम्पर्कपूर्व क्यान्डल लाइट डिनर गर्न र राम्रोसँग कुराकानी गर्न रुचाउँछन् । २३. जुन पुरुषले धेरै महिलासित सम्बन्ध राख्छन् उनीहरू यौनसम्पर्कलाई धेरै महत्त्व दिन्छन्, तर आफ्नो सम्बन्धबाट पूर्ण रूपमा सन्तुष्ट भने हुँदैनन् । २४. एक सर्वेक्षण अनुसार यौनसम्पर्कका लागि जोडीलाई सबैभन्दा मनपर्ने स्थान बेडरुम हुन्छ भने दोस्रो स्थान कारको छ । २५. युनिभर्सिटी अफ ट्राम्सको अनुसन्धानअनुसार नीलो आँखा भएका पुरुष, नीलो आँखा भएकी महिलालाई नै मन पराउँछ । यदि तिनको सन्तान खैरो आँखा भए पुरुषहरू श्रीमतीले आफूलाई धोका दिएको मान्छन् । आनुवंशिकताको नियमले पनि यही भन्छ । २६. एक सर्वेअनुसार पश्चिमी मुलुकका जोडी पूर्वी मुलुकका जोडीको तुलनामा बढी सन्तुष्ट हुन्छन् । २७) महिलाहरू महिनावारीका बखत वा त्यसको ठीक पहिले सुखद चरमसुखको अनुभव गर्छन् । पेल्भिक एरियामा यति बेला रक्त सञ्चार बढ्ने भएकाले तिनहरूले यस्तो महसुस गर्ने हो । २८. यौनसम्पर्कका बखत पुरुषको तुलनामा महिला धेरै कल्पनाशील हुन्छन् । यस प्रकारको यौनिक कल्पनाले तिनलाई सन्तुष्टि प्राप्त हुनुका साथै आपसी सम्बन्ध पनि मजबुत हुन्छ । २९. जुन पुरुष धेरैजसो यौनिक कल्पनामा रहन्छ ऊ आफ्नो रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट हुन्छ । ३०. कैयन पुरुषमा स्खलनपश्चात पनि लिंगमा उत्तेजना कायम रहन्छ । जुन पीडादायक हुन्छ र यसलाई पि्रएटिस्ज्म भनिन्छ । ३१. एक अनुसन्धानअनुसार कलेज अध्ययनकै समयमा बेला जुन पुरुष यौनसम्पर्कमा लिप्त रहन्छ ऊ प्रायः डिप्रेशनमा पुग्छ । उसको तुलनामा यौनसम्पर्क नगर्ने विद्यार्थी नर्मल हुन्छन् । ३२. मोटो शरीरको पुरुषले आफ्नो वजन कम गरे उसको लिंगको लम्बाइ तुलनात्मक रूपले बढी देखिन्छ । ३३. केही महिलालाई वीर्यबाट एलर्जी हुन्छ । वीर्यमा भएको प्रोटिनका कारण तिनको जननाङ्ग एवं शरीरका अन्य भागमा जलन र चिलाउने समस्या हुन्छ । ३४. स्टेस र पेल्भिक टेन्सनबाट पुरुषको लिंगको लम्बाइ कम हुने सम्भावना रहन्छ । ३५ अनुसन्धानअनुसार यौनसम्पर्कबाट टाउको एवं जोनीहरूको पीडा कम हुन्छ । वास्तवमा चरम सुखपश्चात अक्सिटोसिन हार्मोनको लेभल ५ गुणा बढ्छ जसबाट एन्डोरफिन हार्मोन श्राव हुन्छ र यसले पीडा कम गर्छ । ३६. गर्भावस्थामा महिलाको यौन इच्छा हराउँछ भन्ने सोचाइ रहे पनि यो अवस्थामा प्रायः यौन इच्छा अझ बढ्छ वा पहिले जत्तिकै कायम रहन्छ । ३७. सातामा तीन पटक यौन सम्बन्ध कायम गर्नु ५ माइल जगिङ बराबर हुन्छ । ३८. सिगरेट नपिउने व्यक्तिको यौन इच्छा, आनन्द र सन्तुष्टि पिउनेको भन्दा बढी हुन्छ । ३९. अमेरिकामा हरेक वर्ष महिलाहरूको १२ हजार ८ सय पेसन पार्टी हुन्छ । यस्ता पार्टीमा उनीहरू यौनका विषयमा चर्चा गर्छन्, आफ्नो अनुभव बाँड्छन् । यी पार्टीम्ाा सेक्सटोयको डेमोन्स्ट्रेसन पनि हुन्छ । ४०. यौनसम्पर्क सामान्यतया ७ देखि ८ मिनेटको हुन्छ । ४१. जनरल अफ सेक्स रिसर्चका अनुसार जोडीहरू सामान्य तथा फोरप्लेमा ११ देखि १३ मिनेट समय दिन्छन् । ४२. एक सवर्ेेक्षण अनुसार सातामा ३ वा ४ पटक यौन सम्बन्ध बनाउने इच्छा राख्ने पुरुष र महिलाको संख्या बढ्दै गएको छ । ४३. जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित प्रतिवेदनअनुसार वर्थ कन्ट्रोल पिल्स खाने महिलामा यौन इच्छा कम हुन्छ । ४४. महिलाहरूको शरीरमा सबैभन्दा बढी ८ हजार नर्व एन्डिग क्लिटोरियर शिरमा हुन्छन् । ४५. लिंगमा ४ हजार एन्डिग हुन्छन् । ४६. घोडाले मनिसको तुलनामा २० प्रतिशत बढी वीर्य एकै पटकमा स्खलित गर्छ । ४७. नेसनल सेन्टर फर हेल्थ स्टेट स्टिक्सका अनुसार टिनएज युवायुवती समान रूपले यौन सक्रिय हुन्छन् । ४८. लगभग ४५ प्रतिशत पुरुष लामो लिंगको इच्छा राख्छन् । ४९. २८ दशमलव ६ प्रतिशत महिला आफ्नो पार्टनरका साथमा चरमसुख महसुस गर्छन् । ५०. पुरुषका १० करोड वीर्यमध्ये मात्र २ सय वीर्य महिला अण्डसम्म पुग्छन् by:तपाइलाई माया गर्ने आफन्तलाई समय दिनु भएको छ ?