Thursday 21 June 2012

सुहागरात???


तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है। सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। यसै सम्बन्धमा एउटा लेख तयार पारेको छु। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ। कृपया मित्रहरु प्रतिक्रिया दिन नबिर्सनु ल। भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो। सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने अर्को आफ्नो बाबु, आमा, इष्टजनसँगको विछोडको पीडा। दीनभरको थकान त छदैँछ साथमा डर, संकोच अनि त्रास। उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा पति बनेर आएको यस व्यक्तिले यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्, उनको दु:ख बुझ्ने प्रयास गरोस्। उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त हुन्छ नि जसको नातामा, आडमा नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्। जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई लुट्दछ, बलात्कार गर्दछ भने कस्तो मानसिकता निर्माण होला जब पतिले उनलाई होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ, अर्धांगिनी होइन केवल वासना मेटाउने मेशिन ठान्दछ। अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन, राम्ररी खुली सकेकी हुदिनन्। यस्तो अवस्थामा यौन सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् । हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त होइन, अश्लील सिनेमा हेरेर, भिडियो हेरेर, वेभ साइटबाट, पत्रपत्रिका पढेर, साथी संगीको अनुभव सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर ती पाएको ज्ञानलाई पहिलो रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले उनलाई चालू केटी नठानोस्, अनुभवी नठानोस् भनेर। जब यस्तो मानसिकतामा दुलहालाई पूरा सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष त झर्दछ अनि एकतर्फ पल्टन्छ। तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन भावना जागृत गराइदिन्छ, वासनाको आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न यो कुरा भन्न नै सक्दछिन् न त शान्त हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु बाहेक विकल्प रहन्न जुन निकै पीडादायक हुन्छ। कुमारीत्व परीक्षण गर्नु पत्नीको अविश्वास गर्नु नै हो। फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु बाट कुमारीत्व प्रमाणित हुन सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ। यसको आधारमा उनीमाथि लांछना लाउनु, अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग त्यस्तो सम्बन्ध रहेको नै रहेछ भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर, नबुझेर गरेको सम्झी क्षमा गर्नसक्नुपर्दछ। बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ ताकि उनले विगतलाई बिर्सन सकुन्। सुहागरातमा के गर्ने त ? माथि नै भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ। आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ। जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -'समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ। तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ' आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्। उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्। दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्‌हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ। हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो।

Monday 11 June 2012

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ ।


अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

नायिका सोनिया केसी सेक्स फिल्ममा काम गर्न तयार !!

नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन । “सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ। ० आजकल कता व्यस्त हो ? - भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ । ० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ? - मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन । ० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ? - बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन ० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ? -सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ० तपाईको पनि कमजोरी देखियो नि हैन ? - त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो । ० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ? - हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन । ० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ? - हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् । ० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ? - म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् । ० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ? - सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र । ० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ? - भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ । ० कथाले मागे कतिसम्म दिने त ? - कथाको विषयबस्तु हेरि गर्ने । ० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ? - विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन । ० ब्वायफ्रेण्ड त होलान् नि ? - छैन, छैन अहिलेसम्म । ० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? ० यत्रो उमेरमा पनि छैन ? - छैन, छैन, भए पो त छ भन्ने । - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु । ० उमेर कति भयो नि ? - हत्तेरिका उमेर पनि सोध्ने ? ० हिरोइनहरु उमेर भन्न किन डराउँछन ? - त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ । ० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ? - सेक्सी नै ठान्छु, अरुले पनि भन्छन । ० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? - यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो । ० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? - नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु । ० विवाहपूर्वको सेक्स उचित हो ? - हैन जस्तो लाग्छ । ० सेक्सको अनुभव छ कि ? - आइ एम सरी, मलाई अनुभव छैन

Friday 8 June 2012

नियमित यौनसम्बन्धले फाइदा

स्वस्थ रूपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडीका लागि खुसीको खबर हुन सक्छ, हालैको एक अनुसन्धानले देखाएको नतिजा । इटालीका अनुसन्धानकर्ताहरूले गरेको उक्त अनुसन्धानले नियमित रूपमा यौनसम्पर्क गर्ने पुरुषहरूको शरीरमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि गराउने देखाएको हो । नियमित र प्राकृतिक रूपमा गरिने यौनसम्पर्कले महिलाको शरीर पनि स्वस्थ रहने अनुसन्धानले पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार नियमित यौनले शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउनुका साथै मुटुसम्बन्धी रोगसमेत कम गर्छ । प्रायः पुरुषहरू मुटुसम्बन्धी रोगले बढी प्रभावित हुने भएकाले नियमित यौनसंसर्गले महिलाको दाँजोमा उनीहरूलाई तुलनात्मक रूपमा बढी फाइदा पुग्छ । नियमित यौनको सकारात्मक प्रभाव मधुमेहको रोगीमा समेत पर्छ । यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकोले यसका रोगीलाई समेत राहत मिल्ने अनुसन्धानकर्ताल- जनाएका छन् । अनुसन्धानमा संलग्न डा. रोजेलिनका अनुसार नियमित यौनले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर पार्न पनि सक्नेतर्फ उनको चेतावनी छ । विवाहेत्तर सम्बन्ध राख्ने पुरुष तथा एकभन्दा बढी साथीसँग यौनसंसर्ग गर्ने पुरुषलाई भने कम लाभ हुने अध्ययनमा देखिएको छ । एकभन्दा बढी साथीसँग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुने हुँदा त्यसबाट हुने लाभ कम भएको हो । त्यसो त त्यस्ता व्यक्तिमा विभिन्न यौनरोगको खतराको सम्भावना पनि बढी रहन्छ । यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने बि्रटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धानअनुसार बिहानको यौनले व्यक्तिलाई तन्दुरुस्त बनाउनेछ । यसले हृदयाघात, रक्तचाप, वाथ र माइग्रेनलाई नियन्त्रण गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार बिहानको यौनले ३ सय क्यालोरी खर्च हुन्छ, जसले गर्दा मधुमेहको खतरा समाप्त हुन्छ । नियमित यौनसम्बन्धले शुक्रकीटको गुणस्तरमा सुधार हुनुका साथै प्रजनन क्षमतासमेत वृद्घ िहुने अस्ट्रेलियाली वैज्ञानिकद्वारा सन् २००७ मा गरिएको एक अध्ययनले पनि देखाइसकेको थियो । अध्ययनअनुसार धेरैजसो पुरुषमा हुने शुक्रकीटको डीएनएमा हुने क्षतिलाई नियमित स्वस्थ यौनले हटाउने गर्छ । नियमित यौन रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुनुको साथै मोटोपनालाई समेत कम गर्छ । बि्रटेनमा करिब ३ हजार व्यक्तिमा गरिएको हालैको सर्वेक्षणअनुसार १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । आफ्नो यौनजीवन रुखो भएको बताउने उनीहरूले वर्षभर यौनसम्पर्क नगरेको पनि खुलाए ।

महिला यौनसुख


आफ्नो यौनअ·हरु अफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौनव्यवहारलाई नै हस्तमैथुन भन्ने गरिन्छ । महिलाहरूको हस्तमैथुनबारेमा पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीरोक्ति मात्र व्यक्त गरेका छैनन् बरु यसबारे खोजीनीति गर्न थालेका छन् । यो एक सकारात्मक कुरा हो । महिलाको यौनिकताप्रति सकारात्मक धारणा बन्नुको साथै महिलाले गर्ने हस्तमैथुनप्रतिको नकारात्मक धारणा पहिलेको तुलनामा कम भएको छ । महिला यौनअङ्गहरु: शायद महिलाको यौना· विशेष गरेर अलि भित्रतिर हुने भएको हुनाले होला कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौना·हरूलाई राम्ररी नियालेर हेरेका पनि हुँदैनन् । आफ्नै अ·हरूको बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो । महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौना· ठानिए पनि महिलाका अन्य अ·हरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । भगक्षेत्रः पुरुषको तुलनामा महिलाको यौना· बाहिरबाट हर्ेदा त्यति स्पष्ट हुँदैन । झट्ट हेदा छालाको दुइ पत्रहरू एक-अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई समग्रमा भग भनिन्छ र यसैको भित्रतिर नै सबैजसो अन्य अ·हरू हुन्छन् । महिलामा यही भगको माथिपट्ट िबोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अ·हरूलाई सुरक्षा प्रदान गर्दछ । यौना· क्षेत्रको यस भागलाई अंगे्रजीमा मोन्स प्युबिस (Monspubis) भनिन्छ । ठूलो भगोष्ठः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो र दायाँ र बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुइ पत्रहरू हुन्छन् । यी ठूला भगोष्ठहरूलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुइ साना भगोष्ठहरू देखिन्छन् । यही साना भगोष्ठहरूले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्दछ । यी ठूला तथा साना भगोष्ठका छेउहरू माथि र तलपट्ट िएक-अर्कामा जोडिएका हुन्छन् । यी भगोष्ठहरूको आकृति व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ । यी दुवै भगोष्ठहरू यौनसंवेदनशील हुन्छन् र यौन उत्तेजनाको बेलामा सामान्य अवस्थाभन्दा आकार पनि केही ठूलो हुने गर्दछ । भगाड्ढुरः महिला शरीरमा भएको यो नै शायद सबैभन्दा महत्वपुर्ण यौनाङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर स्थित हुन्छ, जहाँनिर भगोष्ठ दुवैतिरबाट एक-आपसमा जोडिन्छ । यसको कार्यको कुरा गर्ने हो भने महिलालाई यौनसुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ । भगाड्ढुरको टुप्पोलाई पनि पुरुषको जस्तै अंग्रेजीमा ग्ल्यान्स (नबिलक) नै भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक हुन सक्छ । प्रायः यसको आकार केराउको दाना जत्रो हुन्छ । यस भगाड्ढुरलाई छालाको एक पत्रले छोपेको हुन्छ । यस भगाड्ढुरको ग्ल्यान्स अति नै यौनसंवेदनशील हुन्छ र र्स्पर्श गर्दा वा यौन उत्तेजनाको बेलामा आकारमा तुलनात्मकरुपमा निकै सानो हुने भए पनि पुरुषको लि·जस्तै उत्तेजित हुने गर्दछ । योनिः योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो करिब ३-४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छद -जymभल) भनिन्छ । यौनउत्तेजनाकोे बेलामा योनिको भित्ताबाट रस निस्कन्छ । यसरी योनिरस आउनुले युवकको लि· उत्थित भएजस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्दछ । यस योनिमार्गको बाहिरी एक तिहाइ भाग यौनसंवेदनशील हुन्छ । स्तनः महिलाका स्तनहरू शारीरिक तथा मानसिक सुखका स्रोत हुन् । प्रायः सबैजसो समाजमा स्तनलाई महिलाको आकर्षाको एक प्रमुख कुरा मान्ने गरिन्छ । यो एक महत्त्वपर्ूण्ा यौना· पनि हो । विशेष गरेर स्तनको मुन्टो निकै संवेदनशील हुन्छ र यौनउत्तेजनाको बेला यो उत्थित -कडा र केही उठ्नेे) हुने हुन्छ । महिलालाई मात्र यौनआनन्द दिने नभई पुरुषहरू पनि यसलाई देख्दा, र्स्पर्श गर्दा वा सुम्सुम्याउँदा विशेष गरी आनन्द प्राप्त गर्दछन् । कतिपय स्थितिमा पुरुष ठूला स्तनप्रति आकषिर्त हुने भए पनि आकार तथा आकृतिको वास्तवमा यौनसम्बन्ध प्रदान गर्नमा कुनै प्रत्यक्ष भूमिका हुँदैन । महिलामा स्तनको आकारबारे निकै चासो हुने गर्दछ र यसलाई बढाउन उनीहरु विभिन्न उपाय गर्न उद्यत् हुन्छन् । हस्तमैथुन: महिलाहरूले विभिन्न यौना·हरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ । हस्तमैथुन गर्दा यौनपरिकल्पना एक महत्वपुर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौनक्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबलरुपमा जोडिएर आनन्द झन् थपिन्छ । भगाड्ढुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने शायद सबैभन्दा महत्वपुर्ण यौनक्रियाकलाप हो । करिब ९० प्रतिशत महिलामा यौनसंवेदनशीलताको केन्द्रको रुपमा यो नै रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । यसलाई यसरी नै चलाउनर्ुपर्छ वा र्घष्ाण गरिनर्ुपर्छ भन्ने कुनै एक ठीक तरिका भने छैन । आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउन सकिन्छ । चलाउने वा र्घष्ाण गर्नेदेखिबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्ने गरिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुरामा लिएका छन् । चरमसुख प्राप्त गर्ने कुरामा भगाड्ढुरको महत्वपुर्ण स्थान भए पनि योनिमा केही पसाएर यौनआनन्द अर्को प्रमुख तरिका हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनर्ुपर्दछ र यौनउत्तेजना हुँदा यो स्वाभाविक रुपमा नै हुने गर्दछ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । भगाड्ढुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपुर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकोले नै चाहेअनुरुपका दबाब, गति, तरिका गर्न सकिन्छ, जसले आनन्द थप्छ नै । यीबाहेक शरीरका अन्य अ·हरूको र्स्पर्श, मर्दन वा सुम्सुम्याइ पनि यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन् । तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौनप्रशाधन वा अन्य वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लि· आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्दछन् । अंग्रेजीमा भाइब्रेटर भनिने यौनप्रशाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मकरुपमा यसको प्रयोगले यौनआनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यो कैयौं महिलाले मन पराएका पनि छन् । भगाड्ढुर, योनि, योनिमा हुने भनिएको जी स्पट वा गुदद्वारअनुसार यी वस्तुहरु फरक-फरक हुन सक्छन् । विद्युत् वा ब्याट्रीबाट चल्ने यस्ता यौनप्रशाधनको प्रयोग चरम यौनसुख प्राप्त गर्नलाई गरिन्छ । कसै-कसैलाई त यसको प्रयोग गर्दा पीडा भएको कुरा उल्लेख छ । यसको अत्यधिक प्रयोगले महिलाहरूमा लत नै लाग्न सक्ने सम्भावना हुन्छ । कतिपय महिलाले पुरुषसँग यौनसर्म्पर्क गर्दा त्यही किसिमको अनुभूति नहुने भएकोले खिन्न हुने गरेको पनि पाइएको छ । हस्तमैथुनले हानि गर्छ ? हस्तमैथुन एउटा स्वाभाविक यौनव्यवहार हो । यौनआनन्द पाउने उपायहरुमध्ये सबैजसोको लागि यौना·को र्घष्ाण नै प्रमुख हो । यौनसर्म्पर्क गर्दा यौना·हरुको एक-आपसमा र्घष्ाण हुन्छ । मानिसले आफ्नो यौना·को र्घष्ाण अरु कसैको यौना·मा गराए मात्र यौनआनन्द पाउँछ भन्ने होइन । यौनसर्म्पर्क नगरीकनै भए पनि यौना·को र्घष्ाण गरेर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्ने तरिका हस्तमैथुन हो । सिद्वान्ततः यौनसर्म्पर्क गर्दा र हस्तमैथुन गर्दा यौना·को घर्षणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै नै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने भन्न मिल्दैन । हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ । योनि एक विशेष किसिमले बनेको मांसपेशीको नली आकारको अ· हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरुप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन लि·को प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लि·ले थाहा पाउँछ भन्ने पनि छैन । वैवाहिक जीवनमा असर : हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेष गरी यौना·बारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ । यी कुरा आफैंलाई आनन्द पाउने कार्यमा सहयोगी हुने मात्र होइन, आफूलाई कसरी यौनसुख प्रदान गर्ने भन्ने कुरा आफ्नो यौनजोडीलाई पनि सिकाउन सकिन्छ । लामो समयसम्म छुट्टएिर बसेपछि पुनः सँगै बस्दा दुवैको पारिवारिक तथा यौनसर्म्पर्कसम्बन्धी कुरामा केही तालमेल मिलाउनु जरुरी हुन्छ । श्रीमान्-श्रीमती दुवै जना मिलेर कसरी यौनआनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अवलम्बन गर्न सकिन्छ । यस्ता उपायहरूको निरन्तररुपमा खोजी गरिए वैवाहिक जीवनमा लामो समयसम्म यौनसुखलाई राम्ररी उपभोग गर्न सकिन्छ । श्रीमान्लाई आफूलाई कसरी यौनआनन्द प्राप्त हुन्छ भन्ने कुरा राम्रोसँग थाहा दिए यौनसुख प्राप्त गर्न मद्दत मिल्छ । हस्तमैथुन गरेर आनन्द लिँदैमा हानि हुने केही होइन । हस्तमैथुनको फाइदा : हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने भन्नेजस्ता भ्रमहरु व्याप्त छन् । तर हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । यसलाई मनबाट निकाल्न सकेमा फाइदा नै पुग्छ । र् र्सवप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मकरुपमा सिर्जनशील हुन सक्छ । यसरी यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकोले कतिपय यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरु पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसर्म्पर्क नै नहुने भएकोले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरु लाग्नबाट पनि बचावट हुने भयो ।

महिनावारी कसरी हुन्छ ?

महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितिमा योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनिन्छ, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयबाट निस्कने हार्मोनहरूले यसलाई संचालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा गितभष्लष्शष्लन luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूकै प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई मुख्यतः तीन चरणमा बाँड्न सकिन्छ। पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। यतिबेला सामान्यतः ६० देखि ९० मिलिलिटर मात्र रगत जान्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ जसले FSH सँग मिलेर डिम्ब निष्कासनको तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ। दोस्रो चरण (डिम्ब निष्कासन) माः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ। तेस्रो चरण (Luteal phase) भन्नाले डिम्ब निस्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समय बुझिन्छ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ। महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। यस्ता कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। योनिबाट रगत आउन थालेको पहिलो दिनलाई १ दिन मानिन्छ र साधारणतया ३ देखि ५ दिनसम्म रगत बग्छ। एउटा महत्त्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिन पछि महिनावारी सुरु हुन्छ। शरीरको तौल र महिनावारी तपाईं आफैंले आफू साह्रै दुब्ली भएको कुरा गर्नुभएको छ। तौल बढी होस् वा कम, प्रजनन तथा यौन स्वास्थ्यमा त्यसको असर पर्न सक्छ। महिनावारीमा गडबडी हुने अन्य कारण पनि हुनसक्छन् तर यसरी तौल साह्रै कम हुँदा महिनावारीमा गडबडी देखिनसक्छ। महिनावारी नहुनुले तपाईंको डिम्ब निष्कासन ठीक तरिकाले नभएको संकेत गर्छ। महिनावारी नियमित हुन शरीरमा तौल ठीक हुनुपर्छ भने पर्याप्त मात्रामा बोसो पनि हुनुपर्छ। शरीरमा बोसोको मात्रा यति नै होला भनेर नाप्न सजिलो छैन, तर body mass index (BMI) माध्यमबाट तौल सही भए -नभएको थाहा पाउन सकिन्छ। भनिन्छ, BMI २० देखि २५ को बीचमा भएको व्यक्तिले गर्भधारण गर्ने सम्भावना बढी हुन्छ। शरीरमा बोसो निकै कम भए मस्तिष्क, पिटयुटरी ग्रन्थि अनि सम्बन्धित अन्य अङ्गहरूमा हार्मोनको बहाव जसरी हुनुपथ्र्यो त्यसरी सुचारु रूपमा नहुनसक्छ, जसले गर्दा पिटयुटरी ग्रन्थीको सन्देश डिम्बाशयसम्म राम्रोसँग पुग्दैन र डिम्बको विकास एवं निष्कासन हुँदैन। तौल सामान्यभन्दा कम वा बढी भएको कसरी थाहा पाउने ? हुन त चार्ट वा तौलका टेबल पनि पाउन सकिन्छ, जसले उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न सकिन्छ। BMI कति भनेर हेरेर पनि तौल सामान्यभन्दा कम वा बढी भएको हेरिन्छ। सामान्यतः हामीले वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति 'बोसो' छ भनेर नाप्छौं। यसैलाई हामी Body Mass Index (BMI) भनिन्छ। हुन त यो पद्धतिका पनि आफ्नै सीमितता छन्। यो Index यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल भएको मानिन्छ। यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा 'मोटो' (obese) मानिन्छ। त्यसैगरी १८ दशमलव ५ भन्दा कम BMI भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ। तपाईंले उचाइ र तौल दुवै लेख्नु नभएकाले यसै भन्न सकिएन। मानौं, तपाईंको उचाइ यस्तै ५ फिट २ इन्च र तौल ४० किलोग्राम छ ,त्यसैले तपाईंको BMI यस्तै १६ दशमलव १ हुन्छ। यो सामान्यभन्दा निकै कम तौल हो। समाधान के त ? अस्पतालवाट औषधी दिइनुभन्दा पहिले पक्कै तपाईंलाई के भएको हो पक्का गरिएको होला। त्यस विषयमा लेख्नुभएको भए जवाफ दिन सजिलो हुन्थ्यो। अहिले एक किसिमले हेर्ने हो भने तपाईंको तौल बढाउनु समाधानको महत्त्वपूर्ण पाटो हो। यसका लागि समयमा मात्र होइन, सन्तुलित खाना पर्याप्त मात्रामा खानुपर्छ। पर्याप्त क्यालोरी भएका खानेकुरा आफ्नो खानामा समावेश गर्नुपर्छ। विशेष गरेर पर्याप्त चिल्लो वा बोसो वा तेल युक्त खानेकुरा अन्य खानेकुराका साथ समावेश गर्न सकिन्छ।

Monday 4 June 2012

" पन्ना घर फर्कियो " (लघु कथा)


धर्मराज गाँउका धनिमानि ब्यत्ति थिए । उनको ठुलो घर थियो ।उनको घरबाट हिमाल र पहाड देखिन्थ्ये ।उनको घरमा एउटा कुकुर थियो । जसको नाम पन्ना थियो ।पन्ना ईमान्दार थियो । उ खेतिबारी दुबैको रेखदेख गर्थ्यो ।त्यसैले पन्नाले घरमालिक-मालिक्निबाट भरपुर माया पाएको थियो ।एकदिन बुढि रातिगाई र कालो गोरु मिलेर आफनो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिश उठ्यो ।पन्ना दौड्दै गयो र गाईगोरुनिर पुगेर भुक्दै भन्यो ।हैन तिमिहरुले यो धर्मराज साहुको खेत हो ।त्यसको रक्षक म हू भन्ने पनि भुल्यौ कि क्या हो? कि मेरो अपमान गर्न खोजेको हौ ? पन्नाको कुरा सुनेर रातिगाईले रुदै भनि,पन्ना तिमिलाई हेपेर बालि खाएको हैन ।साचो कुरा त यो हो कि धानबालि खाएको देखेर तिमि यहाँ आउछौ अनि मनको दुख पोखौला भनेर मात्र हो । पन्ना अचम्म मान्दै, 'हैन के दुख भो राति? दुब्लाउन पनि तिमि दुबै दुब्लाएछौ। किन हा ? गोरुले लामो सास फेर्दै भन्यो- सन्चो भए किन एक्लाएक्लै हीडथ्यौ ?मेरो खुट्टा भाचिएपछि यो गोरुले खेतबारी जोत्न सक्दैन भनेर घरबाट निकालिए । रातिगाईले कुरा थपि 'हेर पन्ना,मलाई पनि यो बुढि गाई भई दुधभात खान पाईने होइन ।थारो गाईलाई किन घाँस हाल्ने? भन्दै घरमुलिले निकालिदिए।यि गोरुले आफुले सक्दासम्म दिनरात नभनि काम गरे । म दश बेत ब्याए ।कति धेरै दुध दिन्थे ।दुध पाउन्जेल रातिगाई कति लच्छिनकि छे भन्थे । दुध दिन छोडापछि कसैले एकमुठि घाँसपनि दिएनन ।यो मान्छेको जात स्वार्थि रहेछ ।खान र काम पाउन्जेल बास्ता गर्छन । काम पाउन छोडेपछि तिमिलाई हामि जस्तै निकाल्नेछन ।बुझ्यौ? भन्दै गाईगोरु बाटो लागे ।पन्नालाई दुबैको कुरा सुनेर नमजा लाग्यो ।पिर मान्दै थुचुक्क भुईमा बस्योँ । त्यसै बेला एईटा बुढि कुखुरि दौड्दै आएर धानभित्र लुक्यो । पन्नाले कुखुरि तिर हेर्दै भन्यो ।कुखुरि तिमि किन लुकेकि? फेरी आँखामा आशुपनि छ। स्यालको डरले त होइन ।कुखुरिले मसिनो स्वरमा भन्यो ।पन्ना मैले कति फुल पारे चल्ला कोरले तर आज म केहि गर्न सक्दैन भनेर आज मालिकहरु मलाई मारेर कबाफ बनाएर खाने कुरा गर्दै थिए। त्यसैले लुक्न आएको ।हामि पशुपन्छि मालिक भनेर कति माया गर्छौ तर उनिहरु त केबल स्वार्थमा अडेका छन ।बुझ्यौ ? कुखुरिको कुरा सुनेर पन्ना झनै उदास भयो ।के गर्ने कसो गर्ने केहि सोच्नै सकेन । त्यतिकैमा पन्नाको आखाँ पनुःअपरिचित मान्छेसँग हिडेको कालि बाख्रिमा पय्रो।कुकुर दौड्दै कालि बाख्रि नजिक गएर भन्यो ।बाख्रि दिदि! तिमिलाई अन्तै बेचिदिए कि क्या हो ?यो मान्छे त तिम्रो मालिक हैन नि !बाख्रिले पुलुक्क पन्नातिर हेरेर भन्यो पन्ना म एक बेत मा तिन ओटा पाठापाठि पाउथे ।मेरो पाठापाठिबाट घरमुलिलाई ठुलो आर्थिक टेवा पुगेको थियो ।आज म बच्चा पाउदा पाउदै अशत्त भेए ।उनिहरुले मेरा सबै गुण बिर्से ।आज नाथे पाच सय लिएर बगरे(माशु बेच्ने मान्छे)लाई बेचे ।यो मान्छे ले मलाई भोलि काटेर बेच्छ ।हेर तिमिलाई पनि अशत्त भएपछि घरबाट निकाल्छन ।मालिक मालिक्नि भनेर ज्यान नै नदेऊ ठिक्क मात्र गर भन्दै कालि रुदै बगरेको पछि गई ।सबैको कुराले पन्ना साह्रै निराश भयो ।उसलाई पनि आफनो घरमालिक देखि घृणा लाग्यो ।ज्यादै चिन्ताले गर्दा उसलाई ज्वरो आए जस्तो पनि भयो ।मालिकको धान बालिको बास्तै नगरी रुदै लुरुलुरु हिड्यो ।बिच बाटोमा पाङ्ग्रे मिल्यो ।पाङ्ग्रे ले पन्नातिर हेर्दै भन्यो - हैन के भो पन्ना?सन्चो छैन कि क्या हो ? कहाँ हिडेको ? खोला पनि देखैनौ कि क्या हो ? पन्नाले गाईगोरु कुखुरी बाख्रिको सारा कुरा सुनाउदै भन्यो- म त मर्न हिडेको पाङग्रे ।खोलाको पानि पनि कम छ ।कसरी पो मर्ने? पाङग्रेले सम्झाउदै भन्यो- पन्ना तिमि त मुर्ख नै रहेछौ। 'गुनि पनि बैगुनि'दुबै मानिस छन ।यहाँ ल मलाई नै हेर ।म अशत्त भएपछि घरमुलिले निकालेको कुरा तिमिराई थाहै नै छ। म हिड डुल गर्न नसकेर भोकले लखतरान भएर सुर्यकुमारी बजैको घरनिर लडिरहेको थिए ।बजैले मेरो मालिकलाई गालि गर्दै ,आ पाङग्रे मरे मेरै घर मर्लास भनेर घर लैजानु भो ।उपचार गर्नुभो ।हेर अहिले म कति हेस्टपुस्ट छु ।त्यहा सबैले माया गर्छन ।सबैलाई एउटै आखाले हेर्नु हुदैन ।जाउ हिड घर । पन्ना पाङग्रेको कुराको बास्तै नगरी बगरमा बस्यो ।त्यसै बेला धर्मराज साहु हस्याङफस्याङ गर्दै आको देखेर पाङ्ग्रे खुशि भयो ।धर्मराजले पन्नालाई छामछुम गर्दै भने- तैले त हाम्रो सातो नै खाईस।कहाँ कहाँ खोजेन ।कतै पाङग्रेसँग त भगडा परेन? हेर है पाङ्ग्रे तैले पन्नालाई छोईस मात्र भने तेरो खैरियत छैन ।पन्नालाई केहि भयो भने हामि त टुहुरो नै हुन्छौ । मालिकको कुरा सुनेर पन्नाले पुलुक्क पाङ्ग्रेतिर हेय्रो ।पाङ्ग्रेले पन्नाको मालिक को ब्यवहार देखेर खुशि हुदै पुच्छर हल्लायो । त्यस्तै पन्नाले पनि खुसि हुदै पुच्छर हल्लायो । समाप्त

Sunday 3 June 2012

एटिएम प्रोमो हटाईयो/ निर्माताले माफी मागे


समग्र फिल्म उद्योगकै बेईज्जत गराउने प्रकृतिको प्रोमो सार्वजनिक गरेका कारण समाजबाट बहिस्कृत हुने अवस्था आएपछी निर्माता दिनेश थापाले आधिकारिक अकाउण्टबाट सो फिल्मको प्रोमो हटाएका छन् । तीन दिनमै प्रोमो भिजिटर संख्या साढे दुई लाख पुगेको थियो । अन्य निजि एकाउन्टमा भने सो फिल्मको प्रोमो अझै भेटिएको छ । ब्लु फिल्म सरह निर्माण भएको सो फिल्मलाई प्रतिबन्ध लगाउन चौतर्फी दवाव बढेपछी थापाले प्रोमो हटाएका हुन् । यस्तै थापाले भद्धा प्रोमोको बिषयमा शनिबार न्यूज २४ मा अर्न्तवार्ता दिने क्रममा माफी पनि मागेका छन् । उनले फिल्मीखबरसंगको सम्बादमा पनि मागी मागे । अश्लिल फिल्म बनाएकाले उनलाई केही निर्देशक स्वयम निर्माता संघ लगायतका सरोकारवाला निकायले कारबाही गर्नुपर्ने आवाज उठाएका थिए जस अनुरुप चौतर्फी दबाव झेल्न नसकेपछी उनी लच्किदै प्रोमो हटाउन बाध्य भएका हुन् । यसैगरी अर्न्तराष्ट्रिय स्तरमा रहेका नेपालीहरुले एटिएम प्रोमोका कारण नेपाली फिल्म उद्योगको बेईज्जती भएको भन्दै लिखित रुपमै चलचित्र बिकास बोर्डमा उजुरी दिएकाले पनि बोर्ड एटिएम कारबाहीको बिषयमा थप अग्रसर भएको छ । जस अनुरुप सेन्सर बोर्डले आफ्नो कारबाही प्रक्रिया यो फिल्म माथि कसरी अघि बढाउछ भन्दै बोर्ड कारबाहीको नतिजामा छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार भोली आईतबार अपरान्ह सम्म सेन्सर बोर्डले यो बिषयमा आफ्नो आधिकारिक धारणा तय गर्ने छ । बुझिएको खबर अनुसार आईतबार बस्ने सेन्सर बोर्डको बैठकले आचारसंहिताको विषयमा नयाँ नियम अघि सार्दैछ । सम्भवत: समग्र फिल्मको सेन्सर नभई सामाजिक संजाल र संचारमाध्यमबाट पहिले नै प्रोमो सार्वजनिक गर्न नपाईने कडा नियम सेन्सर बोर्डले ल्याउने तयारी गरेको बताईएको छ । यता सो फिल्मका मुख्य पात्र भएर खेलेका दिनेश थापाले आफूलाई चर्को दवाव आएकाले प्रोमो हटाएको बताएका छन् । फिल्मीखबरलाई उनले यो ईश्युलाई नचर्काउन आग्रह गर्दै सेन्सरले चालेको कदम अनुरुप फिल्म चलाउने लचकता देखाएका छन् । फिल्मीखबरसंग कुरा गर्दै दिनेशले भने, 'हिजो अस्ति सम्म सेन्सरले कति सम्मको दृश्य र सम्बाद सेन्सर गरेको थियो सोही अनुरुप मेरो फिल्मको पनि सेन्सर गरेर रिलिज गर्न म तयार छु । तर थापाले यसो भने पनि सम्भवत: उनको फिल्मको सेन्सर नहुने अवस्था छ । किनकि प्रोमोको बिषयमा यति ठूलो कन्ट्रोभर्सी नेपाली फिल्मी ईतिहासमा कहिलै भएको थिएन तसर्थ सो फिल्मको सेन्सर गराउने भन्दा पनि प्रतिबन्ध लगाईन चौतर्फी माग बढेकाले सेन्सर बोर्डले जनताको मत सुन्न सक्ने प्रबल सम्भावना रहेको बुझिएको छ । यसैगरी थापाले निर्माता संघले दिएको ४८ घण्टे अल्टिमेटमको १२ घण्टा पुग्न नपाई शनिबार लिखित जवाफ पनि दिएका छन् । उनले लिखित जवाफमा डविङ बिनाको प्रोमो साथीको हातबाट सार्वजनिक भएको भनी तर्क दिएका छन् । सेन्सर पश्चात यो फिल्म चलाउन दिनुपर्छ वा फिल्मलाई सेन्सर नै नगरी रिलिजमा प्रतिबन्ध लगाउनु पर्छ । कमेन्ट बक्समा गई मत ब्यक्त गर्नु होला ।

Saturday 2 June 2012

एटीएम फिल्म होईन, विकृतिको पराकाष्ठ ?


नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्र कपडा खोल्छ र चुम्वन गर्दछ । यसलाई आम दर्शकले प्राय कि त सी ग्रेडका हिन्दी फिल्ममा देखेका छन् या त ‘टु एक्स’ भनिने पोर्न फिल्ममा देखेका छन् । तर, यदि सेन्सर वोर्डले आँखा चिम्लीयो भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ । ए.टि.एम सिनेमा चलचित्र क्षेत्रमा सेक्स विक्न थाल्यो भनेर वनाईएको एउटा विकृतिको पराकाष्ठ हो । जहाँ, नायक तथा नायिकाले अभिनय भन्दा पनि आफ्ना अंग देखाउन र जर्वजस्ती सेक्स विकाउने कोशिश गरेका छन् । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा । यि तीन नायिका नेपाली सिनेमालाई अगाडि वढाउनलाई यो क्षेत्रमा आएका नै होईनन्, ए.टि.एम को प्रोमो मात्र पनि हेरिसकेपछि तपाई पनि यही भन्नु हुनेछ । यि तिनको अभिनयमा न कुनै वास्तविबता छ, न त यिनीहरुलाई अभिनयको कुनै ज्ञान नै रहेको देखिन्छ । मात्र यि तीन नायिका सिनेमामा आफ्नो सस्तो जवानी वेचेर केही दिन टिक्ने कोशिश गरिरहेका छन् । निर्माता समेत रहेका दिनेश थापाले ए.टि.एम सिनेमा क्षेत्रमा केही योगदान पुर्‍याउ भनेर वनाएका भन्दा पनि तीन नायिकासंग पर्दामै भएपनि मोज गरौ भनेर वनाएको स्पष्ट झल्कन्छ । चलचित्रको कुन कथाले माग्छ, कि नायकले नायिकको स्तनमा मज्जैले समात्नु पर्छ जुन वन्द कोठाभित्र एक श्रीमान र श्रीमतिवीचमा हुने गर्दछ या कुनै व्लु फिल्ममा मात्र देख्न पाईन्छ । सिनेमाको निर्माण पैसा कमाउनका लागि त अवश्य पनि गरिन्छ, तर पैसा कमाउने नाममा समाजमा विकृति निम्त्याउनु अपराध हो । यो सिनेमालाई चलचित्र सेन्सर वोर्डले कडा कदम चाल्नु आवश्यक छ । किनकी, चलचित्र वनाउनेले त जे पनि वनाईदिन सक्छन् तर यसलाई नियन्त्रण गर्ने सेन्सर वोर्डले पनि आँखा चिम्लीयो भने यस्ता सिनेमा वनाउनेका लागि त्यो प्रशय दिने माध्यम वन्दछ । सिनेमा भन्दा पनि विकृतिको पराकाष्ठको रुपमा रहेको ए.टि.एमको यो प्रोमो हेर्नुहोस् र तपाई आफै भन्नुहुनेछ, साच्चै यो सिनेमा नै होईन ।