Thursday, 16 October 2014

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन ? थाहा पाईराखौ

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?
युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त
यौनसम्बन्धी कुरा गर्न लजाउने
हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन
जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ।
दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ
वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक
प्रभाव पार्छ।
कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र
यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो।
पुरुषहरूका लागि केही हदमा समाजले
यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक
भावना अलि बढी नै छ। महिनावारी बन्द भए
पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर
वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-
कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर
बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन
क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो।
यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य
सक्षमता दुवैमा देखिन्छ। पक्कै
पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक
जानकारी राखेर आफूलाई तयार राखे
ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके
जीवनयापन गर्न सजिलो हुन्छ।
कतिपय शारीरिक संरचना एवं
अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत
रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं
यौनसम्बन्धी कुरामा शरीर
संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्।
उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन
अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन
हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य
समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न
सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन
केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन
उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने –
चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने
भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। –
महिनावारी बन्द भएपछि योनिका भित्ताहरू
केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने।
केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव
हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष
हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म
यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने
कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने
शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष
त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू
यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न
सक्दैनन् भन्ने सोच मिथ्या हो।
पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय
तथा सुखमय यौन जीवनयापन गर्छन्। १०
हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक
अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले
यौनसम्पर्क राख्ने गरेका बताए।
७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५०
देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष
वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन
आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे
पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने
युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच
हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने
प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई
आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै
आकर्षक सावित हुन सक्छ।
पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू
यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने
कुरामा पनि सत्यता छैन।

No comments:

Post a Comment