Sunday 7 December 2014

वीर्य आउनुभन्दा पहिले आउने रसले गर्भवती गराउँछ कि गराउँदैन ? थाहा पाईराखौ

तपाईंलाई थाहै छ, उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन
उत्तेजना भएपछि अलिकति रस
लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर
मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई
ग्रन्थि हुन्छन् जसलाई अंग्रेजीमा Cowper's नबिलम
भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट
निस्केको रस केही थोपाका रूपमा नै वीर्य
स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ।
केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने
गरी थोरै हुन्छ भने
केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ।
यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न
नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ पार्छ भन्ने
कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल
पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य
अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय
स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर
वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए सो वीर्य
स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट
यो रसमा आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने
थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ।
तपाईंले किन यो प्रश्न सोध्नुभयो सो त थाहा भएन तर
लिङ्ग झिक्ने विधि प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ।
वीर्य स्खलन हुनुअघि लिङ्ग झिक्ने विधिलाई
अंग्रेजीमा Withdrawal method वा कोइटस इन्टरप्टस्
भनिन्छ। प्राकृतिक गभर् निरोधको यो तरिका निकै
पहिलेदेखि नै सुरु भएको मानिन्छ।
अर्को महत्वपूर्ण कुरा के भने गर्भ रहने सम्भावना कम भए
पनि यो रसमा यौनरोग तथा एचआईभी सर्न भने सक्छन्।
त्यसैले तपाईंको कस्तो व्यक्तिसँग यौनसम्पर्क
भएको थियो वा हुने स्थिति छ त्यसलाई पनि विचार गर्नु
आवश्यक छ। गर्भ तथा यौ नरोग तथा एचआईभी दुवैबाट
बच्न कन्डमको साथसाथै अरु प्रभावकारी गर्भ
निरोधको उपायको प्रयोग पनि आवश्यक छ।
प्रश्नः  VDRL भनेको केहो ? यसअन्तर्गत कुन-कुन रोग पर्छ ?
उत्तरः तपाईंले किन यो प्रश्न सोध्नुभयो थाह भएन। कतै
कुनै व्यक्तिसँग यौनसम्पर्क भएको र सो पनि एक हदसम्म
असुरक्षित, भएको संकेत गर्छ। कण्डमको प्रयोग नभई
भएका यौन सम्पर्कबाट यौन रोग सर्न सक्छ। यौनरोग अनेक
किसिमका हुन्छन्, यस्तै २५ वटा जति संक्रमण
यसमा पर्छन्। तपाईंलाई थाहै होला कि यौन
सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौन रोग भनिन्छ।
केही जीवाणुले गराउँछन् भने केही विषाणु,
ढुसी वा परिजीवीले गराउँछन्। समयमै उपचार गराए
धरैजसो यौ नरोगलाई राम्ररी निको पार्न सकिन्छ र
सम्भावित जटिलताबाट बचाउँछ। कतिपय विषाणुले गराउने
रोगको उपचार गाह्रो भए पनि त्यसमध्ये कतिपयलाई
राम्रै नियन्त्रण गर्न सकिन्छ।
कतिपय संक्रमण कुनै व्यक्तिमा छ वा छैन भनेर थाह पाउन
रोगको इतिहासको विस्तृत अध्ययनका साथै विभिन्न
परीक्षण गर्नुपर्ने हुन्छ। तपाईंले भन्नु भएको VDRL यस्तै
परीक्षण हो।
VDRL को पूर्ण रूप Veneral Diseases Research Laboratory
हो। यो परीक्षण syphilis, जसलाई
नेपालीमा भिरिङ्गी भनेर पनि चिनिन्छ, लागेको छ
वा छैन भनी छुट्टयाउन गरिन्छ। यो यौनरोग
लाग्दा यसको कारक treponema को संक्रमणले
शरीरमा बन्ने प्रतिजैविकी (antibodies)
को मात्रा हेरी सो रोग छ वा छैन भनी छुट्टयाउने गरिन्छ।
VDRL परिक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ।
उपचार पछि विस्तारै यी सामान्य अवस्थामा आउँछन्।
तपाईंको परीक्षणमा लयल चभबअतष्खभ आउनुले
सो संक्रमण नभएको जनाउँछ।
मैले हस्तमैथुन गरेको छु अनि मेरो शरीर पातलो छ, किन
होला ?
उत्तरः किशोरावस्थादेखि नै युवावस्था अनि वयस्क हुने
क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य
क्षेत्रमा परिवतर् न हुन्छन् र यस
विकासका क्रममा बिस्तारै उनीहरू परिपक्व हुन्छन्।
यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तनहरू एकदमै प्रमुख
हुन्छन् र यौनचाहना तीव्र रूपमा प्रकट हुन्छन्।
यो मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै
स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा,
प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव
जीवनका लागि। यो प्रकुतिले नै दिएको छ।
मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न
प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system
(इन्डो क्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले
सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर
इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली।
यौनेच्छा जाग्ने (विकसित हुने)
वा सोको व्यग्रतामा एन्ड्रोजन (जस्तै टेस्टस्टेरोन) रागरस
अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। अर्कातिर
यौन सन्देशहरू मस्तिष्कसम्म पुर्याउन इन्द्रियहरूले महत्वपूर्ण
भूमिका खेल्छन् र मस्तिष्कले नै त्यसलाई अथ्र्याउँछ।
यस्तो स्थितिमा यौनेच्छा शान्त पार्न
हस्तमैथुनको सहयोग लिनु मनासिव कुरा नै हो र यो एकदमै
स्वाभाविक हो। हस्तमैथुनको तपाईंको तौल वा शरीर
पातलो हुनुसँग प्रत्यक्ष सम्बन्ध छैन।
तपाईंमा यसरी पातलो हुने कारकका रूपमा कुनै रोग
वा खराबी छैन भने तौल बढाउन वा मोटो हुन
पोषणमा ध्यान दिनुहोला।
यसका लागि बढी क्यालोरी भएको भोजनको सेवन
गर्नुहोला अनि यसका साथसाथै व्यायाम गर्न
पनि नबिर्सनु होला, जसले तपाईंको मांसपेशीलाई
गठिलो बनाउँछ।
यौन मनोवैज्ञानिक
म २५ वर्षीय विवाहित युवक हुँ। ममा यौनसम्पर्क गर्ने तीव्र
इच्छा हुन्छ। श्रीमती त्यति बढी शारीरिक सम्पर्क गर्न
नचाहने भएकीले कहिलेकाहीं हस्तमैथुन गर्छु।
यद्यपि कहिलेकाहीं बढी यौनसम्पर्क र हस्तमैथुनले कमजोर
भएको महसुस हुन्छ। यौन तथा छालारोग विशेषज्ञहरूले
यसलाई सामान्य मान्दै आएको मैले पढेको छु। मलाई भने
विश्वास लाग्दैन। मनोविज्ञानका हिसाबले
मेरो समस्या समाधान गरिए आभारी हुने थिएँ।
विक्की
विक्कीजी, हस्तमैथुन एवं अति यौनसम्पर्कका विषयमा धेरै
बहस भएका छन्। साप्ताहिकमा डा. राजेन्द्र भद्राले
पनि यसमा वारम्वार सल्लाह दिई नै रहनुभएको छ।
यति हुँदाहुँदै पनि तपाईंले चिकित्सकीय रूपमा मात्र होइन,
मनोवैज्ञानिक हिसाबले नै यसको उत्तर चाहनुभएकाले सबै
पाठकलाई ध्यानमा राखेर यसको उत्तर दिने प्रयास
गरेकी छु।
वास्तवमा यौनसम्पर्क यस्तो विषय हो, जसलाई
शारीरिकभन्दा मानसिक क्रिया मानिन्छ। मानसिक
रूपमा तयार नभै स्वास्थ्य मानिसले पनि यौनसम्पर्क
राख्न सक्दैन। हस्तमैथुनको प्रक्रिया पनि यही हो।
मानसिक रूपमा जब एउटा व्यक्तिलाई अति यौने
च्छा हुन्छ, तब मात्र ऊ हस्तमैथुनमा प्रवेश गर्छ। शारीरिक
रूपमा कमजोर व्यक्ति, उमेरले बुढयौली भनिने व्यक्ति एवं
लामो समयदेखिको रोगी व्यक्तिले पनि शारीरिक
सम्पर्क राख्न खोज्नुको कारण पनि यही हो। यौन
मानसिक क्रिया भएकाले बढी यौनसम्पर्क
राख्दा वा धेरै पटक हस्तमैथुन गर्दा शारीरिक हानि हुन्छ
कि हुँदैन, स्वास्थ्यमा कुनै समस्या आउँछ कि आउँदैन, आए
भने कस्ता समस्या आउँछन् भन्ने विषयमा विकसित
देशहरूमा धेरै अध्ययन-अनुसन्धान भएका छन्। ती अध्ययन-
अनुसान्धानका आधारमा तपाईंको प्रश्नको उत्तर
खोज्नुपर्ने हुन्छ।
कुनै पनि कुरा अति हो कि होइन भन्ने कुरा व्यक्तिले आफै
महसुस गर्ने कुरा हो। अति सर्वत्र वर्जयते भन्ने कुरा तपाईंले
सुन्नुभएकै होला। यद्यपि तपाईं के कुरामा ढुक्क हुनुहोस् भने
युरोप-अमेरिकामा गरिएका सयौं अनुसन्धानले
यौनसम्पर्कले मानिसलाई कमजोर पार्दैन भन्ने निष्कर्ष
निकालेका छन्। सबैभन्दा रमाइलो उचित
समयमा बिना तनाव आनन्दपूर्वक गरिएका यौनसम्पर्क एवं
हस्तमैथुनले मानिसलाई हानि होइन, लाभ नै
पुर्याएको देखिन्छ। अनुसन्धानहरूमा सातामा दुई पटक
यौ नसम्बन्ध एवं हस्तमैथुनले मानिस फुर्तिलो, तनावरहित
एवं अनुहार उज्यालो भएको देखिएको छ।
यस्ता व्यक्तिहरूले उनीहरू को क्षमताभन्दा बढी काम गर्ने,
खुसी रहने देखिएको छ। यौन सम्पर्कमा केही शक्ति त खर्च
हुन्छ नै, जुन हामीले केही काम गर्दा पनि खर्च हुन्छ।
हिँड्दा वा दौडँदा पनि हुन्छ। जवान मानिसले केही काम
गर्नु स्वभाविक भएजस्तै यौनसम्पर्क वा हस्तमै थुन गर्नु
पनि स्वाभाविक हो। यति हो, कसैलाई यौनको तीव्र
इच्छा हुन्छ, उसले यौनसम्पर्क गर्न बढी इच्छा गर्छ, कसैलाई
कम इच्छा हुन्छ, उसले कम गर्छ।
मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ?
यौन सम्पर्कबाट तपाईले कत्तिको सन्तुष्टि प्राप्त
गरिरहनुभएको छ ? यो नै महत्वपूर्ण विषय हो।
तपाईको कुरा सुन्दा यौनसम्पर्कबाट तपाईले अत्यधिक
सन्तुष्टि लिइरहनुभएको बुझिन्छ। नत्र तपाई
त्यसको मात्रा बढाउनुहुन्नथ्यो। स्वस्थ र नियमित यौन
सम्पर्कले मानिसलाई अझ जाँगरिलो,
जोसिलो तथा फुर्तिलो राख्छ। यसले
मानिसको उमेरजन्य बूढ्यौली पनि कम गर्छ। मानिसलाई
तन्दुरुस्त राख्छ। हालै मुसाहरूमा गरिएको एक
अध्ययनअनुसार, नियमित यौन सम्पर्कले स्नायु
तन्तुहरूको विकास राम्रो भएको एवं तनावयुक्त हार्मोन
निर्माण कम भएको पाइएको छ। नियमित यौनसम्पर्कले
मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक
तनावको तहलाई घटाउँछ।
सन्तोषजनक र स्वस्थकर यौनसम्पर्कबाट कुनै पनि जोडीले
भोलिपल्ट तनाव घटेको महसुस गर्ने गरेको पाइएको छ।
यौनअघि आपसी कुराकानी, दुःखसुखका कुराकानी एवं
भावना साटासाट गर्नुले सकारात्मक ग्रन्थिहरू सक्रिय
हुन्छन्। त्यसले गर्दा मानिसले हरेक समस्यासँग जुध्ने
क्षमताको विकास गर्छ। यौनसम्पर्कको चरम
आनन्दको उत्कर्षमा बढीभन्दा बढी मात्रामा पुग्ने
मानिसहरू अरूभन्दा आकर्षक र स्वस्थ पनि हुने
गरेको देखिएको छ। त्यसैगरी हस्तमैथुनबाट चरम आनन्द लिने
मानिसको रोग प्रतिरोधात्मक
क्षमता बढेको अध्ययनहरूले देखाएका छन।
बेलायतमा गरिएको अर्को अध्ययनले त यी दुवै आनन्द लिने
बिधिको प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम
रहेको औंल्याएका छन। त्यसैले यसबाट कमजोरी हुन्छ भन्ने
कुरा सत्य होइन, बरु शक्ति प्राप्त हुन्छ।

No comments:

Post a Comment